दशैं तिहार नजिकिएसँगै बढ्न थाल्यो रेमिट्यान्स, अर्थतन्त्रमा सुधारको संकेत
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै रेमिट्यान्समा सुधार देखिएको छ । नयाँ आर्थिक वर्ष साउन र भदौको महिनामा रेमिट्यान्स आप्रवाहमा सुधार देखिएको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना महामारीका कारण केही शिथिल बनेको रेमिट्यान्स चालु आर्थिक वर्षको साउन र भदौ महिनामा भने सुधार आएको रेमिट्यान्स व्यवसायीहरु बताउँछन् । गत आर्थिक वर्षको मध्येसम्म घटेको रेमिट्यान्स आप्रवाह असार मसान्तसम्म भने बढेको थियो । गत आर्थिक वर्ष २०७८÷०७९ मा रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतवृद्धि भएर १००७ अर्ब ३१ करोड पुगेको थियो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको रेमिट्यान्सले अर्थतन्त्र सुधारको दिशामा रहेको जानकारहरु बताउँछन् । आयातमुखी अर्थतन्त्र र रेमिट्यान्समा आएको गिरावटले अर्थतन्त्र संकटमा पर्न सक्ने आँकलन गरिएकोमा असार मसान्त र साउनको तथ्याङ्कले विस्तारै सुधार भएको जानकारहरुले बताएका छन् । रेमिट्यान्स घट्दा अर्थतन्त्रमा विभिन्न समस्या देखिने जोखिम बढेको भन्दै सबैले चिन्ता व्यक्त गरेका थिए । रेमिट्यान्स घटेपछि अर्थतन्त्रमा समस्या पर्न सक्ने भन्दै सरकार समेत अडराएको थियो । अर्थविदहरुले पनि रेमिट्यान्स आप्रवाह घट्दाको असर समग्र अर्थतन्त्रमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । नेपाली मुद्रा विप्रेषक संघको सचिवालय प्रमुख श्याम पौडेलले साउन लागेपछि रेमिट्यान्स बढिरहेको बताए । कोरोना महामारीको प्रभाव कम परेको र चाडपर्वमा घरपरिवारका लागि खर्च पठाउने भएकोले रेमिट्यान्स बढेको उनको भनाइ छ । रेमिट्यान्स बढ्दै गएपछि अर्थतन्त्रमा समेत सुधारको संकेत देखिएको उनले बताए । ‘विदेश जानेहरुको संख्या बढ्दो छ, कोरोना महामारीको प्रभाव कम हुँदै गएको छ, गैर–कानुनी च्यानल घटेर कानुनी च्यानलबाट रेमिट्यान्स आउन थाल्यो, चाडपर्वमा रेमिट्यान्स बढ्छ,’ उनले भने, ‘रेमिट्यान्स बढ्दै गएपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ, रेमिट्यान्स आप्रवाह बढ्दै गएपछि अर्थतन्त्रमा समस्यामा पर्ने अवस्था हुँदैन् ।’ रेमिट्यान्स बढाउनका लागि राष्ट्र बैंक र सरकारले चनाखो भएर काम गरेपछि रेमिट्यान्स बढेको उनको भनाइ छ । बाह्य रेमिट्यान्स बढेपनि आन्तरिक रेमिट्यान्स कारोबार भने घटेको व्यवसायी पौडेलले बताए । राष्ट्र बैंकले गरेको कडाइका कारण आन्तरिक रेमिट्यान्स कारोबार घटेर घाटा भएको उनी बताउँछन् । ‘रेमिट्यान्स वृद्धि गराउनका लागि सरकार र राष्ट्र बैंक पनि चनाखो भएको छ, यहि कारणले पनि अर्थतन्त्र बिग्रिने अवस्था हुँदैन,’ उनले भने, ‘आन्तरिक रेमिट्यान्स भने कम भएको छ, आन्तरिक रेमिट्यान्स कारोबार २५ हजार मात्रै गर्न पाइन्छ, बैंकहरुको पहुँच पनि गाउँगाउँ पुगेकाले बैंक ट्रान्सफर्मर बढी हुने भएकाले आन्तरिक कारोबार कम भएको हो ।’ राष्ट्र बैंकले २५ हजार रुपैयाँ मात्रै कारोबार गर्न दिँदा ठूलो प्रभाव परेको देखिन्छ । ठूलो मात्रामा रकम पठाउँदा बैंकिङ्ग च्यानलबाट मात्रै पठाउन थालेका कारण रेमिट्यान्स बढेको देखिएको हो । नेपाली मुद्रा विप्रेषक संघका उपाध्यक्ष रितेश मित्तलले चाडपर्वको समयमा रेमिट्यान्सको आप्रवाह बढ्ने बताए । प्रत्येक वर्ष दशैंको एक महिना अघिबाट रेमिट्यान्स बढ्ने गरेको उनको भनाइ छ । विदेश जानेको संख्या पनि बढेकोले रेमिट्यान्स बढ्ने अपेक्षा उनले गरेका छन् । ‘सबैतिरबाट विदेश गइरहेका छन्, कोरोना महामारीको असर पनि अन्तर्राष्ट्रिय स्तरमा कम हुँदै गएकाले रेमिट्यान्स बढेको हो, चैत बैशाखदेखि रेमिट्यान्स आउने चाप बढेको छ,’ ‘विगतमा दशैं तिहारको समयमा अन्य महिनामा भन्दा ३०÷४० प्रतिशत बढेको देखिन्छ, यसपटक कस्तो प्रभाव पर्छ हेर्नैपर्छ ।’ नेपालको अर्थतन्त्र रेमिट्यान्सले नै थेगिएको उनको भनाइ छ । राष्ट्र बैंकका नीति नियम नयाँ–नयाँ आउने भएकाले भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने ठ्याक्कै भन्न नसकिने उनले बताए । कर्जा सम्बन्धी नयाँ नियमले अर्थतन्त्रलाई टाइट पार्ने देखिएको उनको बुझाइ छ । संघका सचिव दिपेन्द्र खनालले रेमिट्यान्स आप्रवाह एकानस नहुने गरेको बताए । रेमिट्यान्सको आप्रवामा कुन विषयले हिट गरेको हुन्छ भनेर थाहा नपाइने उनको भनाइ छ । रेमिट्यान्सको आप्रवाहमा उतार चढाव आएपनि दशैं तिहारमा बढ्ने अपेक्षा उनल गरेका छन् । ‘पहिलो डकडाउनमा बढेको रेमिट्यान्स दोस्रो डकडाउनमा ह्वात्तै घटेको थियो, डलरको मूल्य बढेको बेलामा रेमिट्यान्स घटेको हुन्छ भने कहिले डलरको मूल्य घटेको बेलामा रेमिट्यान्स बढेको हुन्छ, रेमिट्यान्समा कुन कुराले हिट गरेको हुन्छ थाहा नै हुँदैन, यो दशैं तिहारमा बढ्नु पर्छ,’ उनले भने । यस्तै, नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायाण पोखरेलले श्रम गन्तव्यमा पुगेका नेपाली श्रमिकले पठाउने रकम बढेकाले रेमिट्यान्स बढेको बताए । बैदेशिक रोजगारीमा कति गए भन्ने कुराले पनि महत्व राख्ने गरेको उनको भनाइ छ । साथै उनले रेमिट्यान्समा सिजनल प्रभाव पर्ने गरेको उनी बताउँछन् । ‘असार मसान्तमा जेठको तुलनामा बढेको छ, जसले गर्दा १ हजार प्लसको रेमिट्यान्स आयो, यसले विदेशमा जाने श्रमिकहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिएको हुन सक्ने बुझिन्छ, ऋणको साँवाब्याजको भुक्तानी असार मसान्तसम्म बुझाउनै पर्ने भएकाले विदेशबाट रेमिट्यान्स पठाएको हुन सक्छ,’ उनले भने । विदेशी मुद्राको घटबढका कारण रेमिट्यान्समा प्रभाव पारेको उनको बुझाइ छ । रेमिट्यान्स बढेका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको उनको भनाइ छ । तर, अन्य विषयहरुले पनि यसमा सकारात्मक भूमिका निर्वाह गरेको उनले बताए । ‘रेमिट्यान्स बढ्नुमा नेपाली मुद्रा विदेशी मुद्राको तुलनामा अवमूल्यन हुँदापनि हो, एक्सचेञ्जको रेटका कारण रेमिट्यान्स बढेको हुन्छ, विदेशमा जाने नेपालीको संख्या बढेको हुँदा धेरैले रेमिट्यान्स पठाउँदा बढेको हो, रेमिट्यान्सले धेरै हदसम्म रिजर्भका लागि काम गरेको देखिन्छ,’ सह–प्रवक्ता पोखरेलले भने । अर्थतन्त्रमा स्थिरता आउनुमा रेमिट्यान्स मात्रै नभएर अन्य कारण पनि छन् । गत वर्ष ५० प्रतिशत रिजर्भ घटिरहेको थियो । तर, विस्तारै असार मसान्तसम्म पुग्दा २०÷२२ प्रतिशतमा मात्रै सीमित भएको छ । गत वर्षको पुष मसान्त पछाडि मौद्रिक नीतिले बैदेशिक ब्यापारमा एक किसिमको अंकुश वा ब्रेक लगाएको हुँदा त्यसले पनि अर्थ राख्छ । रेमिट्यान्स बढेको छ । निर्यात भोलुम सानो भएपनि ग्रोथ बढी छ । यी कारणले पनि रिजर्भमा सहजता गरेको देखिन्छ । यस्तै, रेमिट्यान्सको मात्रै योगदान नभएर राष्ट्र बैंकका पोलीसीले सकारात्मक प्रभाव पारेको पोखरेलको बुझाइ छ । चाडपर्वको खर्चका लागि रेमिट्यान्स पठाउने भएकाले दशैं तिहारमा रेमिट्यान्स बढ्ने अनुमान गरिएको उनले बताए । दशैंतिहारमा आप्रवाह हुने रेमिट्यान्स सिजनल प्रभाव भएपनि बढ्ने अपेक्षा गरेको उनको छ । साथै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढेका कारण पनि रेमिट्यान्स बढ्न सक्ने उनले बताए । ‘रेमिट्यान्स पठाउँदा मोटिभेसन के हुन्छ, कुन मोटिभेसनले रेमिट्यान्स पठाउनेहुन्छ, भविष्यवाणी गर्न सकिदैन तर विदेश जानेको संख्या बढेको, दशैं तिहारमा घर परिवारका लागि खर्च पठाउने, बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजदर बढेको, रेमिट्यान्स पठाउँदा थप ब्याजदर प्रदान गर्ने व्यवस्थाल रेमिट्यान्स पठाउन सकारात्मक भूमिका खेल्छ, गत वर्षको तुलनामा बढ्न सक्ने अपेक्षा हामीले गरेका छौं,’ उनले भने ।
नेपाल राष्ट्र बैंकमा अधिकृत तृतीयदेखि सहायक द्वितीय सम्मको पदमा जागिर खुल्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा जागिर खुलाएको छ । बैंकले भदौ १७ गतेदेखि अनलाइन फारम भर्न आह्वान गर्दै आवेदन खुलाएको हो । विज्ञापनमा दरखास्त दिने म्याद २०७९ असोज ६ गतेसम्म रहेको सूचनामा उल्लेख गरिएको छ । दरखास्त आह्वान गरिएका पदहरुमा सहायक निर्देशक प्रशासनतर्फ १८ जना, सहायक निर्देशक प्राविधिकतर्फ १ जना, सहायक द्वितीय प्रशासनतर्फ २४ जना रहेका छन् । हेर्नुहोस् सूचना :
सनराइज बैंकले पायो ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ अवार्ड
काठमाडौं । सनराइज बैंक ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले नयाँ र ग्राहक उपयोगी, सेवा र सुविधा प्रदान गर्दै आएको बैंकलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम ढुंगानाको उपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो । बैंकले सहकारी सदस्यहरुलाई भिसा नेटवर्कभित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको हो । नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तीको पैसा तिर्ने सुविधा समेत बैंकले दिँदै आएको छ । यसका साथै समय साप्रेक्षरुपमा प्रविधियुक्त विभिन्न सेवा सुविधाहरु समेत दिदै आएको छ जस्मा कार्डलेस विथड्र, ट्याप एण्ड पे, आफ्नै फोटो राख्ने डेबिट कार्ड, मिस्डकल रिचार्ज, अनलाइन खाता खाल्ने आदि हुन् । हाल बैंकले आफ्ना ग्राहकहरूलाई ३ लाख भन्दा बढी भिसा कार्डहरू जारी गरेको छ । बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।