एनआईसी एशियाकाे माेबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने याेजना ल्याएकाे छ । बैंकले दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वलाई लक्षित गर्दै यस्ताे याेजना ल्याएकाे हाे । बैंकले भदाै १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकहरूले एनआइसी मोबैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआइसी एसिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनआइसी एशिया मोबैंकभित्र रहेको आइरेमिट आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्नेछन् । यसरी दैनिक अधिकतम २५ हजार रुपैयाँसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिने बैंकले जानकारी दिएकाे छ । एनआइसी एसिया बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।

कुमारी बैंकका ग्राहकलाई रुपन्देहीको श्री कृष्ण पोलीक्लिनिकमा विशेष छुट

काठमाडाैं । कुमारी बैंक र रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रालिबीच सम्झाैता भएकाे छ । बैंक र पोलीक्लिनिकबीच बैंकका ग्राहकलाई श्री कृष्ण पोलीक्लिनिककाे सेवाहरुमा विशेष छुट दिने सम्झाैता भएकाे हाे । यस सम्झौता अनुसार बैंकका ग्राहकले श्री कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडि शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया/ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कहरूमा ३ देखि ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

कामना सेवा डिजिटल विक : क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत बोनस पाइने

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहककाे लागि केएस डिजिटल विक अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न भदाै १९ गतेदेखि भदाै २४ गतेसम्मकाे लागि डिजिटल विक अफर सार्वजनिक गरेको हाे । यस केएस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० वा १५ प्रतिशत बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले आइएमई पे तथा खल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिंक गरी १०० रुपैयाँसम्मको क्यासब्याक लगायत अन्य थुप्रै डिस्काउन्ट र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स फोनपे, एफवानसफ्ट, एनसिएचएल, भिसा, आइएमई पे र खल्ती डिनिटल वालेटसँगको संयुक्त साझेदारीमा ल्याएको हो ।