लक्ष्मी बैंकको १४३औं शाखा बागलुङको गल्कोटमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४३औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएको छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएकाे छ । यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।  

एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानामा

काठमाडौं । एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानमा सरेको छ । पहिला बिर्तामोड नगरपालिका वडा नं। ५ शनिश्चरे रोडमा रहेको शाखा उक्त स्थानबाट करिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै सरेको हो । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा करिब १२ लाख ग्राहकहरु रहेका छन् । बैंकले देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

केएस डिजिटल विकका दुई विजेताले पाए स्मार्टफोन

काठमाडौं । कामना सेवा विकास बैंकले संचालन गरेको केएस डिजिटल विकको विजेता घोषणा गरेको छ । बैंकले डिजिटल कारोबार प्रवर्धन गर्ने उद्देश्यका साथ भदौ १९ गतेदेखि २४ गतेसम्म केएस डिजिटल विक संचालनमा ल्याएको थियो । विभिन्न अफर मध्ये एफवानसफ्ट सँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो केएस मोबाइल एप मार्फत कुनैपनि तीन वटा फरक कारोबार गरेका दुई जनालाई स्मार्टफोनको व्यवस्था गरेको थियो । लक्की ड्र गरी हेटौंडाका अजित बिडारी र वीरगंजका पर्फेक्ट सलुसन सेन्टरले उक्त स्मार्टफोन जितेको छ । उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखले उनीहरुलाई स्मार्टफोन हस्तान्तरण गरेका थिए ।