केएस डिजिटल विकका दुई विजेताले पाए स्मार्टफोन

<p>काठमाडौं । कामना सेवा विकास बैंकले संचालन गरेको केएस डिजिटल विकको विजेता घोषणा गरेको छ । बैंकले डिजिटल कारोबार प्रवर्धन गर्ने उद्देश्यका साथ भदौ १९ गतेदेखि २४ गतेसम्म केएस डिजिटल विक संचालनमा ल्याएको थियो । विभिन्न अफर मध्ये एफवानसफ्ट सँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो केएस मोबाइल एप मार्फत कुनैपनि तीन वटा फरक [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले संचालन गरेको केएस डिजिटल विकको विजेता घोषणा गरेको छ । बैंकले डिजिटल कारोबार प्रवर्धन गर्ने उद्देश्यका साथ भदौ १९ गतेदेखि २४ गतेसम्म केएस डिजिटल विक संचालनमा ल्याएको थियो ।

विभिन्न अफर मध्ये एफवानसफ्ट सँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो केएस मोबाइल एप मार्फत कुनैपनि तीन वटा फरक कारोबार गरेका दुई जनालाई स्मार्टफोनको व्यवस्था गरेको थियो ।

लक्की ड्र गरी हेटौंडाका अजित बिडारी र वीरगंजका पर्फेक्ट सलुसन सेन्टरले उक्त स्मार्टफोन जितेको छ । उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो ।

बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखले उनीहरुलाई स्मार्टफोन हस्तान्तरण गरेका थिए ।

Share News