एनसीसी बैंकका ग्राहकलाई चितवनको सिड मेडिकल ल्याबमा विशेष छुट

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता भएको छ । बैंक र ल्याबबीच बैंकका ग्राहकहरुलाई सिड मेडिकल ल्याबरोटरिजमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता मार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा।ली मा बैंकको भिषा [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता भएको छ । बैंक र ल्याबबीच बैंकका ग्राहकहरुलाई सिड मेडिकल ल्याबरोटरिजमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यस सम्झौता मार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा।ली मा बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Share News