एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानामा

<p>काठमाडौं । एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानमा सरेको छ । पहिला बिर्तामोड नगरपालिका वडा नं। ५ शनिश्चरे रोडमा रहेको शाखा उक्त स्थानबाट करिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै सरेको हो । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा करिब १२ लाख ग्राहकहरु रहेका छन् । बैंकले देशैभरी छरिएर रहेको [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानमा सरेको छ । पहिला बिर्तामोड नगरपालिका वडा नं। ५ शनिश्चरे रोडमा रहेको शाखा उक्त स्थानबाट करिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै सरेको हो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा करिब १२ लाख ग्राहकहरु रहेका छन् ।

बैंकले देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

Share News