काठमाडौं । दुर्घटनामा परेर असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपालले बीमा बापतको रकम प्रदान गरेको छ ।
मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
विराटनगरमा एक कार्यक्रमकाबीच उक्त रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ ।
मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका थिए । २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । मेगा बैकले तलबी खातामा बीमा सुबिधा प्रदान गर्दै आएको बैकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए ।
न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको छ । ्