माछापुच्छ्रे बैंकका २० ठूला सेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकमा २० जना सेयरधनीकाे सबैभन्दा बढी सेयर स्वामित्व देखिएकाे छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार २० जना सेयरधनीहरुको बैंकमा ५३.३३ प्रतिशत सेयर स्वामित्व छ । ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका २० सेयरधनीहरुको बैंकमा ५३.३३ प्रतिशत अर्थात् ५ अर्ब ४६ करोड ९८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । बैंकमा सबैभन्दा धेरै सेयर सुरेन्द्र महतोको रहेको छ । महतोको सेयर स्वामित्व १०.९५ प्रतिशत अर्थात् १ अर्ब १२ करोड ३२ लाख ४९ हजार रुपैयाँको सेयर स्वामित्व रहेको छ । त्यसैगरी, दोस्रोमा उपेन्द्र महतोको ९.१४ प्रतिशत अर्थात् ९३ करोड ७१ लाख ८८ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । त्यस्तै, प्रेम कुमारी के.सीको ८.६८ प्रतिशत अर्थात् ८९ करोड १ लाख ५ हजार रुपैयाँ, पिकेआर इन्भेष्टमेन्ट कम्पनीको ६.३५ प्रतिशत अर्थात् ६५ करोड १३ लाख ६० हजार रुपैयाँ, राम आशिष साहू सुदीको ४.२४ प्रतिशत अर्थात् ४३ करोड ४४ लाख २ हजार रुपैयाँ, कृष्ण गोपाल श्रेष्ठको २.०६ प्रतिशत अर्थात् २१ करोड १६ लाख ६९ हजार रुपैयाँ र डा. धर्म राज श्रेष्ठको १.५६ प्रतिशत अर्थात् १५ करोड ९५ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ । यस्तै, किरण केसीको १.४६ प्रतिशत अर्थात् १४ करोड ९३ लाख १८ हजार रुपैयाँ, प्रकाश केसीको १.२९ प्रतिशत अर्थात् १३ करोड २६ लाख ४२ हजार रुपैयाँ, रोशन केसीको १.१४ प्रतिशत अर्थात् ११ करोड ६६ लाख ३ हजार रुपैयाँ, करण मोटर कम्पनी प्रा.लि.को १.१२ प्रतिशत अर्थात् ११ करोड ५२ लाख ५७ हजार रुपैयाँ, राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सम्लायर्स प्रा.लि.को ०.९९ प्रतिशत अर्थात् १० करोड १८ लाख ६२ हजार रुपैयाँ र एशोसियटेड अटोमोबाइल्स प्रा.लि.को ०.८३ प्रतिशत अर्थात् ८ करोड ४६ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व बैंकमा रहेको छ । त्यस्तै, गणेश बहादुर श्रेष्ठको ०.७३ प्रतिशत अर्थात् ७ करोड ५० लाख ७ जार रुपैयाँ, श्री हिमालयन इन्टरप्राइजेज प्रा.लि.को ०.६१ प्रतिशत अर्थात् ६ करोड २९ लाख २४ हजार रुपैयाँ, बिरेन्द्रप्रसाद महतोको ०.६० प्रतिशत अर्थात् ६ करोड १७ लाख २४ हजार रुपैयाँ, प्रनेश्वर पोखरेलको ०.५५ प्रतिशत अर्थात् ५ करोड ६७ लाख ६९ हजार रुपैयाँ, राजन लाल श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ५ करोड ३३ लाख ४४ हजार रुपैयाँ, दिनेश लाल श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ५ करोड २१ लख ७० हजार रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ ।

यी हुन् सिटिजन्स बैंकका ठूला लगानीकर्ता, सीआईटी सबैभन्दा ठूलो मालिक

काठमाडौं । सिटिजन्स बैंकमा २६ व्यक्ति तथा कम्पनीको ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व रहेको छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार २६ लगानीकर्ताको २७.२३ प्रतिशत अर्थात् ३ अर्ब ८६ करोड ६३ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । बैंकमा सबैभन्दा धेरै नागरिक लगानी कोषको ३.३५ प्रतिशत अर्थात् ४७ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । उर्मिला पाण्डेको ३.३० प्रतिशत अर्थात् ४६ करोड ९२ लाख ६८ हजार रुपैयाँ, तारा विष्टको १.६५ प्रतिशत अर्थात् २३ करोड ४३ लाख ५१ हजार रुपैयाँ, बिजेन्द्र जोशीको १.५९ प्रतिशत अर्थात् २२ करोड ५३ लाख ६५ हजार रुपैयाँ, मनोहर दास मूलको १.३७ प्रतिशत अर्थात् १९ करोड ४६ लाख ७७ हजार रुपैयाँ र दिग्विजय बिष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४६ लाख ८६ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, पवित्र कुमार कार्कीको १.२८ प्रतिशत अर्थात् १८ करोड १९ लाख ५४ हजार रुपैयाँ, रविन्द्र मान सिंह प्रधानको १.२८ प्रतिशत अर्थात् १८ करोड १३ लाख ७६ हजार रुपैयाँ, सावित्री शर्माको १.१८ प्रतिशत अर्थात् १६ करोड ८१ लाख २१ हजार रुपैयाँ, रमेश शर्माको १.०१ प्रतिशत अर्थात् १४ करोड ३९ लाख ८८ हजार रुपैयाँ, सोनी जोशीको ०.९४ प्रतिशत अर्थात् १३ करोड ३२ लाख २९ हजार रुपैयाँ, अर्जुन प्रसाद शर्माको ०.८४ प्रतिशत अर्थात् ११ करोड ९९ लाख २९ हजार रुपैयाँ, जगन्नाथ ज्ञवाली ०.७३ प्रतिशत अर्थात १० करोड ३९ करोड २४ हजार रुपैयाँ र डा.शंकर प्रसाद शर्माको ०.७३ प्रतिशत अर्थात् १० करोड २९ लाख ७८ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, सुलोचन राजभण्डारीको ०.६८ प्रतिशत अर्थात् ९ करोड ६७ लाख ३४ हजार रुपैयाँ, नरेन्द्र कुमार देव भट्टको ०.५९ प्रतिशत अर्थात् ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ, प्रमिला नेपालको ०.५६ प्रतिशत अर्थात् ७ करोड ८८ लाख ६३ हजार रुपैयाँ, रमिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६८ लाख ७९ हजार रुपैयाँ र मनिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६७ लाख ३७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । प्रताप जंग पाण्डेको ०.५२ प्रतिशत अर्थात् ७ करोड ४३ लाख ३१ हजार रुपैयाँ, राजेश खड्काको ०.५१ प्रतिशत अर्थात् ७ करोड २५ लाख ५१ हजार रुपैयाँ, राम प्रसाद श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ७ करोड २३ लाख २७ हजार रुपैयाँ, प्रेम बहादुर श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ७ करोड १८ लाख २५ हजार रुपैयाँ, एस्.आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को ०.५० प्रतिशत अर्थात् ७ करोड १५ लाख ८३ हजार रुपैयाँ र अनिल कुमार ढुङ्गेलको ०.५० प्रतिशत अर्थात् ७ करोड १० लाख ७७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

प्रभु बैंकको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान

काठमाडौं । प्रभु बैंकले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीले भुक्तानी गर्दा एसएमएस वा इमेल अलर्ट आउने गरेकोमा अब त्यसको अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुने वित्तिकै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ । डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको बैंकले जनाएको छ । यस नवीनतम् प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलता पूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । प्रभु बैंकले फोनपे पेमेन्ट सर्भिसेस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । फोनपे नेटवर्कमा पहिलो पटक उपलब्ध यस सुविधा नेपाल क्लियरिङ हाउस लिमिटेडको नेपाल पे नेटवर्कमा आवद्ध क्यूआरमा भने यस अघिदेखि नै व्यवस्था मिलाइ सकिएको बैंकले जनाएको छ । क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय सावित हुने बैंकले विश्वास लिएको छ ।