नारायणी डेभलपमेन्ट बैंकको २ लाख कित्ता सेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको करिब २ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ । बैंकका अनुसार संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ८८ हजार ९९९ कित्ता सयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा संस्थापक सेयरधनीलाई प्राथमिकता राखेर बिक्री गरिएकोमा कसैको पनि दाबी नपरेपछि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन पेश गर्न आग्रह बैंकले गरेको छ ।
सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार असोज १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न असोज २६ गते अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । यस्तै, बैंकको सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
‘कसिलो मौद्रिक नीतिले ब्याज बढायो, सेयर र घरजग्गा किनबेच अस्वभाविक भयो’
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढेको बताएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले कसिलो मौद्रिक नीतिका कारण बैंकको ब्याजदर बढेको बताएका हुन् । सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएकोले सुधार हुन जरुरी रहेको उनको भनाइ छ । ‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिँदैछ, पहिला खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो, त्यसपछि कसिलो मौद्रिक नीति आयो, जसले बैंक व्याजदर बढायो,’ उनले भने, ‘यसलाई विस्तारै सुरक्षित अवतरण गर्नुपर्छ, सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ, सेयर बजारमा पनि सुधार आउँछ ।’ उनका अनुसार विदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ । राजनीतिक दलहरुबीच द्वन्द्व, बहस चुनावमा हार जीत हुनु.स्वभाविक रहेको उनको भनाइ छ । राज्यले गर्नुपर्ने विकास खर्च धेरै नरहेको उनले बताए । उनका अनुसार सकरात्मक बहस चलाएर आत्मविश्वास बढाउनु पर्छ । ‘हाम्रा चालू खर्च बढी छ, ऋणको दायित्व बढी छ, खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ, अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्,’ मन्त्री डा. महतले भने, ‘खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन, लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन, आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन, अर्थतन्त्र यसरी नै चल्ने हो ।’ उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा.महतले आग्रह गरे । ‘रेमिटेन्स यति धेरै आइरहेको छ, त्यो पैसा घुम्नुपर्ने हो, त्यसको प्रयोग भइरहेको छैन, नकरात्मक बहस चलाइएकाले त्यसको प्रयोग नभएको हो,’ उनले भने ।