काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले विभिन्न होटल तथा पान्क बाइकबाट सेवा र सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंकले रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक प्रालिसँग छुट उपलब्ध गराउनेसम्बन्धी समझदारी गरेको हो ।
बिहीबार असोज २९ गते भएको समझदारीअनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले सम्बन्धित संस्थाबाट तोकिएको छुट पाउनेछन् ।
समझदारीअनुसार रामाडा एन्कोर काठमाडौंमा खाना, पेय पदार्थ तथा स्पा सुविधामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ । होटल हिमालयन होराइजनमा डेबिट कार्डवाहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र क्रेडिट कार्डवाहकले १५ प्रतिशत छुट पाउनेछन् । त्यस्तै, पान्क बाइक प्रालिबाट विद्युतीय तथा सामान्य साइकल खरिद गर्दा १० प्रतिशत छुट पाइनेछ ।
बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन तथा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्ता ग्राहककेन्द्रित सुविधा सञ्चालन गर्दै आएको जनाएको छ । यस सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रवृत्ति बढ्ने विश्वास बैंकले लिएको छ ।
छुटसम्बन्धी विस्तृत जानकारी सिटिजन्स बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।