एनआईसी एशिया बैंकको ३०.५२ प्रतिशत लाभांश आज पारित हुँदै
काठमाडौं । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आज असोज २८ गते हुँदै छ । बैंकको साधारण सभा बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्दै छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद गरी कूल ३०.५२६३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, सहायक कम्पनी एनआईसी लघुवित्त र क्यापिटलको गत वर्षको वित्तीय विवरण पनि पारित गर्ने । साथै, पूँजी वृद्धि गरी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याउने छ । यस्तै, बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र कुनै फेरबदल गर्नु पर्ने भए सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनआईसी एशियाले असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
सिद्धार्थ बैंकका २ संस्थापक बाहिरिँदै, साढे ५ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको साढे ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदिप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार ५६३ कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को ९५ हजार १० कित्ता गरी कूल ५ लाख ४९ हजार ५७३ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर खरिद गर्न इच्छुकले विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
गरिमा विकास बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत छुट पाइने
काठमाडौं । दशैंका गरिमा विकास बैंकको कार्ड प्रयोग गर्ने प्रयोगकर्ताले २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले दशैंलाई लक्षित गरि बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत वा २ सय रुपैयाँ नगद फिर्ताको योजना सार्वजनिक गरेको हो । बैंकले आइतबारदेखि टिकाको दिनसम्मका लागि उक्त योजना सार्वजनिक गरिएको जनाएको छ । हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।