राष्ट्रिय वाणिज्य बैंकले ५ वटा शाखा कार्यालय सञ्चालन गर्दै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ५ वटा शाखा कार्यालय सञ्चालनका लागि घर भाडामा लिने भएको छ । बैंकले फिदिम, हिले, झापा बजार, सिजुबजार र भुटाहा शाखा कार्यालयका लागि घरभाडामा लिने भएको हो । बैंकको मुख्य बजार क्षेत्रभित्र पानी, बत्ती बिजुली, टेलिफोन, पार्किङ सुविधा, घरको भुई तल्लामा एटिएम मेसिन जडान गर्ने सुविधा, जेनेरेटर, सौर्य ऊर्जा उपकरण राख्ने सुविधा, सुरक्षा एवं बैंकिङ व्यवस्था सञ्चालन गर्न उपयुक्त व्यापारिक क्षेत्रमा कम्तीमा २ वटा ट्वाइलेट भएको सुविधा सम्पन्न पक्की घर भाडामा लिने भएको हो । इच्छुक घरधनीहरूले आफूले मासिक भाडामा दिन चाहेको रकम उल्लेख गरी घरको चार किल्ला प्रमाणपत्र, जग्गा धनीको प्रमाण पुर्जा, नेपाली नागरिकताको प्रतिलिपि, घरको नक्सा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोलपत्र पेस गर्न आग्रह गरेको छ ।

बिक्री भएन केदार शर्माको सम्पत्ति, एसबिआई बैंकले फेरी राख्यो लिलामीमा

काठमाडौं । शिव शिखर सहकारीको अर्बाैं रकम ठगी गर्ने केदारनाथ शर्मा न्यौपाने र गिता शर्माको सम्पत्ति बिक्री नभएपछि नेपाल एसबिआई बैंकले पुनः लिलामीमा राखेको छ । शर्मा दम्पत्तिले बैंकबाट कर्जा लिएर समयमा चुक्ता नगरेपछि धितो वापतको सम्पत्ति लिलामीमा राखेको थियो । बैंकले यसअघि गत भदौ २९ गते ३५ दिने सूचना प्रकाशन गर्दै धितो लिलामीमा राखेको थियो । सो समयमा उक्त सम्पत्ति बिक्री नभएपछि बैंकले पुनः १५ दिने सूचना जारी गर्दै लिलामीमा राखेको हो । बैंकले केदारनाथ शर्मा र गिता शर्माले सञ्चालन गरेका शिखर अर्गनाइजेशन लिमिटेड, शिखर स्पाइस एण्ड फुड फ्रुट इण्डष्ट्रिज प्रा.लि., शिव शिखर खाद्य उद्योग प्रा.लि. र नटराज फुड ईण्डष्ट्रिज प्रा.लि.का सम्पत्ति लिलामीमा राखेको हो । यी कम्पनीको नामबाट एसबिआई बैंकबाट करिब २ अर्ब रुपैयाँ बराबरको कर्जा लिएको बुझिएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने बैंकले बताएको छ । केदार शर्माले ऋण नतिरेपछि नेपाल एसबिआई बैंकले लिलामीमा राख्यो ४ कम्पनी

ग्लोबल आइएमई बैंकले यी ५ शाखाबाट मात्रै दशैंका लागि नयाँ नोट साट्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकका अनुसार आज असोज २९ गतेदेखि उपत्यकाका लागि विभिन्न ५ शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने छ । काठमाडौंको कान्तिपथ, कमलादी, धापासी शाखा, ललितपुरको पुल्चोक (जावलाखेल) र भक्तपुरका लागि सुर्यविनायक शाखाबाट मात्रै नयाँ नोट सटही सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । साथै, उक्त शाखाबाट बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार बिहान १ बजेसम्म मात्रै नोट सटही सेवा दिने बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध हुने छन् ।