प्राइम कमर्सियलको वितरणयोग्य नाफा पौने २ अर्ब, ईपीएस २५.५५ रुपैयाँ

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा ११ प्रतिशत बढीले बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७३ करोड रुपैयाँ छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको ईपीएस २५.५५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६६.११ रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात पनि बढेको छ । यो अवधिमा बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत छ । तीन महिनाको अवधिमा बैंकको जगेडा कोषसँगै निक्षेप र कर्जामा पनि वृद्धि भएको छ ।

हिमालयन बैंकको नाफा ७२ करोड ६४ लाख, ईपीएस कति ?

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले तीन महिनाको अवधिमा सो नाफा गरेकाके हो । बैंकको तीन महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको ३१ प्रतिशनत बढी नाफा घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको हो । बैंकको ब्याज आम्दानी घटेको र खर्च बढेका कारण नाफा कम हुन गएको उल्लेख छ । तीन महिनाको अवधिमा बैंककोे वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ ऋणात्मक छ । नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी १३.४२ रुपैयाँ कायम भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७९.६८ पैसा रहेको छ । यो अवधिमा बैंकको जगेडा कोष र निक्षेप संकलन बढेको छ भने कर्जा लगानी केही घटेको छ । बैंकको रिटेन्ड अर्निङ पनि ऋणात्मक छ । यस्तै, बैंकको खराब कर्जा अनुपात बढेर ४.९८ प्रतिशत पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा १ अर्ब ४६ करोड, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाmा गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा सो नाफा गरेको हो । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही कम हो । गत आवको सोही अवधिमा बैंकले कुल १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी –ईपीएस) पनि घटेको छ । हाल बैंकको ईपीएस १७.१६ रुपैयाँ छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८४.३३ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको जगेडा कोष, निक्षेप र कर्जा पनि बढेको छ । बैंकको वितरणयोग्य नाफा पनि नकारात्मक छ ।