प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, यस्तो छ १२ वर्षको लाभांश इतिहास

काठमाडौैं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बिहान बसेको बैंकको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने भएकाे हाे । बैंकको १२ वर्षको लाभांश इतिहास : १. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले सेयरधनीहरूलाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सो आर्थिक वर्षमा बोनस सेयर वितरण भएको थिएन । २. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस र ७.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । ३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । ४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले सेयरधनीहरूलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । ५. आर्थिक वर्ष २०७१/७२ : यस आर्थिक वर्षमा बैंकले सेयरधनीहरूलाई १८ प्रतिशत बोनस र ०.९५ प्रतिशत नगद गरी कुल १८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । ६. आर्थिक वर्ष २०७२/७३ : यस आर्थिक वर्षमा बैंकले सेयरधनीहरूलाई १७.२५ प्रतिशत बोनस र १.२१ प्रतिशत नगद गरी कुल १८.४६ प्रतिशत लाभांश वितरण गरेको थियो । ७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले सेयरधनीहरूलाई २७ प्रतिशत बोनस वितरण गरेको थियो । ८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो । ९. आर्थिक वर्ष २०७५/७६ : यस आवमा बैंकले सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो । १०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस वितरण गरेको थियो । ११. आर्थिक वर्ष २०७७/७८ : यस आवमा बैंकले सेयरधनीका लागि १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो । सो आवमा बैंकले १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । १२. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा बैंकले ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । सो आवमा ४ प्रतिशत बोनस र ४.९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण गरेकामे थिएन ।

ग्लोबल आइएमई बैंकले पायो वर्ल्ड बेष्ट बैंक अवार्ड २०२४

काठमाडौं । ग्लोबल आइएमई बैंकले वर्ल्ड बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ । उक्त अवार्ड ग्लोबल फाइनान्स म्यागजिनले प्रदान गरेको हो । उक्त अवार्ड बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शनिवार अमेरिकामा ग्रहण गरे । ग्लोबल फाइनान्सले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न विधामा अवार्ड दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘ग्लोबल फाइनान्स म्यागेजिनले विश्वका उत्कृष्ट बैंकहरूमध्येबाट प्रदान गर्ने वर्ल्ड बेष्ट बैंक अगार्ड-२०२४ बाट ग्लोबल आइएमई बैंकलाई विभूषित गरेकोमा निकै खुसी लागेको छ । ग्लोबल आइएमई बैंकका लागि यो धेरै ठूलो र ‘ग्लोबल’ पहिचान हो । यो अवार्डले ग्लोबल आइएमई बैंक मात्र नभएर नेपालको बैंकिङ तथा समग्र वित्तीय क्षेत्रलाई अझ उच्चस्तरीय सेवा प्रदान गर्न थप प्रोत्साहित गरेको छ, ’ अवार्ड प्राप्त गरेपछि बैंकका अध्यक्ष ढकालले भने । ‘यो उपलब्धि हामी सबैको लागि प्रेरणा हो । यसले हामीलाई अझ रचनात्मक र उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गर्नेछ,’ उनले थपे, ‘आगामी दिनहरूमा पनि अझै जिम्मेवार भई उच्चस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ ।’ बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, तथा ग्राहक केन्द्रित सेवाहरुको निरन्तर विकासले यो उपलब्धि प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ ।

वितरणयोग्य नाफा, ईपीएस र खराब कर्जाको आधारमा २० वाणिज्य बैंकको तुलना, को केमा अगाडि ?

काठमाडाैं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिला त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकहरूले सार्वजनिक गरेको रिपोर्टअनुसार वितरणयोग्य नाफामा नबिल बैंक अगाडि रहेको छ । यसैगरी, प्रतिसेयर आम्दानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अगाडि रहेको छ भने खराब कर्जा कम हुनेमा एभरेष्ट बैंक अगाडि छ । वितरण योग्य नाफा नबिलको ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । वितरण योग्य नाफाका आधारमा कृषि विकास बैंक दोस्रो नम्बरमा रहेको छ । कृषि विकासको २ अर्ब ७९ करोड ३१ लाख रपैयाँ वितरण योग्य नाफा रहेको छ भने प्राइम कमर्सियल बैंकको २ अर्ब ७३ करोड ९ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब २ करोड ५ लाख, ग्लोबल आईएमई बैंकको १ अर्ब ९१ करोड ६१ लाख, नेपाल एसबीआई बैंकको १ अर्ब ८६ करोड ९० लाख, सानिमा बैंकको १ अर्ब ७१ करोड ३५ लाख, एभरेष्ट बैंकको १ अर्ब ६३ करोड ९ लाख, एनएमबी बैंकको १ अर्ब ६ करोड ६७ लाख र माछापुच्छ्रे बैंकको १ अर्ब ६ करोड ५६ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । प्रतिसेयर आम्दानी (ईपीएस) प्रतिसेयर आम्दानी (ईपीएस)का आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अगाडि रहेको छ । स्ट्याण्डर्डको ईपीएस ३६.५७ रुपैयाँ रहेको छ भने नेपाल एसबीआई बैंकको ३१.०३ रुपैयाँ रहेको छ । यसैगरी, नबिल बैंकको २९.८३ रुपैयाँ प्राइम कमर्सियल बैंकको ईपीएस २६.५३ रुपैयाँ, एनएमबी बैंकको २४.९५ रुपैयाँ र प्रभु बैंकको १७.६४ रुपैयाँ ईपीएस रहेको छ । ईपीएस कम हुनेमा एनआईसी एशिया बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको छ । खराब कर्जा सबैभन्दा धेरै खराब कर्जा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रहेको छ । नेपाल इन्भेष्टमेण्ट मेगाको जम्मा कर्जाको ५.८४ प्रतिशत खराब कर्जा रहेको छ भने लक्ष्मी सनराइज बैंकको ५.४४ र सिटिजन्स बैंकको ५.४१ प्रतिशत खराब कर्जा रहेको छ । यसैगरी, हिमालयन बैंकको ४.९८ प्रतिशत, कुमारी बैंकको ४ं९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्सियलको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ र ग्लोबल आइएमई बैंकको ४.६७ प्रतिशत खराब कर्जा रहेको छ ।