लक्ष्मी सनराइजको नाफा ४२० प्रतिशत बढ्यो, डेढ अर्ब पुग्यो वितरणयोग्य नाफा

<p>काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा ४२०.५२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले सो नाफा बढेको देखाएको हो । तीन महिनाको अवधिमा बैंकले कुल ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १० करोड ३० लाख [&hellip;]</p>

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा ४२०.५२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले सो नाफा बढेको देखाएको हो । तीन महिनाको अवधिमा बैंकले कुल ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद शुल्क तथा कमिशन बढेको छ भने सञ्चालन नाफा पनि बढेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ भने प्रतिसेयर आम्दानी ९.२५ रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १८०.९५ रुपैयाँ छ ।

यो अवधिमा बैंकको जगेडा कोष, निक्षेप र कर्जा पनि बढेको छ भने खराब कर्जा अनुपात
५.४४ प्रतिशत कायम भएको छ ।

Share News