स्ट्याण्डर्ड चार्डर्डको नाफा बढ्यो, वितरणयोग्य ईपीएस ५७.५६ रुपैयाँ

<p>काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय विवरणअनुसार सो नाफा गरेको हो । बैंकले गत आवको सोही अवधिमा ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ७९.८५ प्रतिशत र सञ्चालन नाफा ३.५८ प्रतिशत [&hellip;]</p>

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय विवरणअनुसार सो नाफा गरेको हो । बैंकले गत आवको सोही अवधिमा ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ७९.८५ प्रतिशत र सञ्चालन नाफा ३.५८ प्रतिशत बढेको छ ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३६.५७ रुपैयाँ छ । बैंकको वितरणयोग्य ईपीएस भने ५७.५६ रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको जगेडा कोष, निक्षेप र कर्जा लगानी बढेको छ । बैंकको खराब कर्जा १.९५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खराक कर्जा अनुपात १.१० प्रतिशत थियो ।

Share News