जनता आधारभूत विद्यालयलाई लुम्बिनी विकास बैंकको सहयोग

सर्लाही । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता आधारभूत विद्यालयलाई सहयोग गरेको छ । लालबन्दि-११ सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग स्वरुप५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । जनता आधारभुत विद्यालयमा सुबिधा सम्पन्न शौचालय निर्माणमा सहयोग गरिएको जानकारी दिए । विद्यालयमा हाल २५३ विद्यार्थी छन् । हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ र यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

धनगढीको राजपुरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

कैलाली । माछापुच्छ्रे बैंकले धनगढी उपमहानगरपालिका-१३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमकाबीच गरे । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो । नयाँ शाखासगैँ कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ । माछापुच्छ्रे बैंकले हाल १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याएको हो । न्यूनतम एक हजार रुपैयाँमै खोल्न सकिने र खातामा क्रमिकरुपमा थप रकम जम्मा गर्न सकिनेछ । सेञ्चुरी रिकरिङ मुद्धतीमा खाता खोल्दाकै बखतको व्याजदर प्रदान गरिने छ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको व्याज प्रदान गरिने छ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखामार्फत खाता खोल्न सकिनेछ । सेञ्चुरी कमर्सियल बैंकले हाल १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।