सिन्धु विकास बैंकको पाँचखाल शाखामा रक्तदान कार्यक्रम सम्पन्न

<p>काठमाडौं । सिन्धु विकास बैंकको पाँचखाल शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले सामाजिक उत्तरदायित्व बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त खुला रक्तदान कार्यक्रममा पाँचखाल नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न संघ संस्थाका प्रतिनीधिहरु समेत गरी करिब १०६ जनाले रक्तदान गरेका थिए । सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले [&hellip;]</p>

काठमाडौं । सिन्धु विकास बैंकको पाँचखाल शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले सामाजिक उत्तरदायित्व बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त खुला रक्तदान कार्यक्रममा पाँचखाल नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न संघ संस्थाका प्रतिनीधिहरु समेत गरी करिब १०६ जनाले रक्तदान गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

 

Share News