एनआईएमबिको ८ लाख कित्ता सेयर बेचेर बाहिरिँदै एक संस्थापक

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबि) का एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ८ लाख ७ हजार ६०९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकले उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिँदै ३५ दिनको समय दिएको छ ।

बैंकका अनुसार एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृति माग्दै निवेदन दिएका छन् । सोही निवेदनका आधारमा बैंकले विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिदको अवसर प्रदान गरेको हो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा वा सबै सेयर बिक्री हुन नसकेमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Share News