
कैलाली । माछापुच्छ्रे बैंकले धनगढी उपमहानगरपालिका-१३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमकाबीच गरे ।
उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो । नयाँ शाखासगैँ कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ ।
माछापुच्छ्रे बैंकले हाल १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।