
मोरङ । कामना सेवा विकास बैंक लिमिटेडले मोरङको शनिश्चरे नगरपालिका-९ को आरके मोवायल सर्भिस सेन्टर र लेटाङ-९ मदनचोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
पथरी शनिश्चरे नगरपालिकाका मेयरदिलिप कुमार राईले आरके मोवाइल सर्भिस सेन्टरमा र लेटाङ-९ का वडाध्यक्ष्य कृष्ण लुइँटेल ज्यूले मदनचोकको उद्घाटन गरी सेवा सुरु भएको हो ।
शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बील भुक्तानीलगायत सुविधाहरु प्रदान गरिनेछ ।