काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार बैशाखको पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप घटेर ४३ खर्ब ७७ अर्ब रुपैयाँमा सीमित भएको हो ।
चैत मसान्तसम्म बैंकहरुले कुल ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । यस्तै, बैंकहरुको कर्जा लगानी पनि चैच मसान्तको तुलनामा घटेको छ ।
चैत मसान्तसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुको बैशाख पहिलो सातामा २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९५ अर्ब रुपैयाँ सीमित भएको हो ।
बैंकहरुको सीडी रेसियो भने ९०.७० प्रतिशत छ । सीडी रेसियो भने अघिल्लो महिनाको तुलनामा घटेको छ ।