सरकारसँग गभर्नरको कुरा मिलेन अनि हटाएको : प्रचण्ड

<p>काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाहमा गभर्नरलाई हटाइएको बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री र अर्थमन्त्रीबीच सल्लाहमा नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको दाबी गरेका हुन । उनले अहिलेको सरकार र गभर्नरबीच सुरूदेखि नै समस्या देखिँदै [&hellip;]</p>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाहमा गभर्नरलाई हटाइएको बताएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री र अर्थमन्त्रीबीच सल्लाहमा नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको दाबी गरेका हुन ।

उनले अहिलेको सरकार र गभर्नरबीच सुरूदेखि नै समस्या देखिँदै आएपछि बाध्य भएर निलम्बन गर्नुपरेको बताए ।

‘सरकार र गभर्नरका बीचमा समस्या देखिएको थियो, अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै निलम्बनको निर्णय गरेका हुन, १३ गते सर्वाेच्च अदालतले दुबै पक्षलाई बोलाएको छ, त्यसपछि मात्र बाँकी कुरा भनौँला,’ उनले भने ।

गत चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि काममा फर्किएका छन् ।

Share News