विकासन्युज

रामप्रसाद थारुले जिते हिरोको १ लाख रुपैयाँ

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीको “दशै तिहार बन्ने छ हिरोमाञ्चक” योजनाको दोश्रो भाग्यशाली विजेता रामप्रसाद थारुले एक लाख रुपैयाँ जितेका छन् । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७५को उपलक्ष्यमा ल्याएको यस योजना अन्तर्गत पाक्षिक लक्की ड्रमा कुपन नं EZC95Hका थारुले सो मात्राको नगद जितेका हुन् । यस योजनाअन्र्तगत हिरो मोटर साइकल किन्ने ग्राहकले ६ हजार रुपैयाँ तथा स्कुटर किन्ने ग्राहकले ८ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्नेछन् । साथै, हरेक १५ दिनमा बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् ।

त्रि.वी दिक्षान्तको अनलाईन आवेदन फर्म भर्ने भोली अन्तिम दिन

काठमाडौं। त्रि.वी को चवालिसौं दिक्षान्त समारोहमा सहभागीताको लागि अनलाईन आवेदन फर्म भर्ने मिती २०७५ साल कात्तिक ७ गते सम्म कायम गरिएकोमा विजय दशमीको लामो बिदाको कारणले गर्दा उक्त अवधी २०७५ साल कात्तिक १५ गते सम्म बढाएको छ। उपत्यका बाहिरका विद्यार्थीको सहजताको लागि त्रि.वी ले यस बर्ष देखी अनलाईन फार्म शुरु गरेको हो।

देशभरि नै पर्याप्त नुन छ : साल्ट ट्रेडिङ

काठमाडौं। देशभरका २५ वटै दुर्गम जिल्लामा पर्याप्त नूनको मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । कर्पाेरेशनका वरिष्ठ सूचना अधिकारी ब्रजेशकुमार झाले आव २०७५÷७६ मा नेपालको सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम, जुल्मा, डोल्पा, कालीकोट, मुगुलगायतका ती जिल्ला कूल ३१ हजार ४५१.३१ क्विन्टल मौज्दात रहेको जानकारी दिए। उहाँका अनुसार नेपालमा वार्षिक एक लाख ९२ हजार मेट्रिक टन नून खपत हुन्छ । यस वर्ष नेपालमा तिब्बतबाट एक हजार ४०० क्विन्टल नून आयात भएको छ । यसरी आयात भएको नून कर्पोरेशनले हुम्लाको हिल्सा नाकामा आयोडिन मिसाएर बजारमा पठाउने गर्दै आएको छ । साल्ट टे«डिङ कर्पोरेशनले अधिराज्यको १७ जिल्लाका ५३ स्थानमा सहुलियत दरमा नूनको ढुवानी गर्दै आएको छ । साल्ट टे«डिङ आफैँले नूनको प्रत्येक पुडियामा रु छ अनुदान दिँदै बिक्री गर्दै आएको छ । त्यसका लागि आवश्यक पर्ने ढुवानी खर्च अनुदानको रुपमा नेपाल सरकारले ब्यहोर्दै आएको झाले जानकारी दिए। उहाँले साल्ट ट्रेडिङ कर्पोरेशनले जहिले पनि छ महीनाका लागि आवश्यक नूनको मौज्दात राख्ने गरेको बताउँदै त्यस कारण देशभरि नै नूनको समस्या नभएको उल्लेख गरे। साल्ट ट्रेडिङले आयोनून, शक्ति नून, तेज नून, भानु नूनको बिक्री वितरण गर्दै आएको छ । शहरी क्षेत्रमा आयो नून तथा तराईमा शक्ति र तेज नून तथा दुर्गम क्षेत्रमा भानु नून पठाउने गरिन्छ । रासस

सानिमा जनरल इन्स्योरेन्स विराटनगरमा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नयाँ शाखा विराटनगरमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक खेमराज लामिछानेले गरेका हुन् । यस कम्पनीले आ.व. २०७५/०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ ।कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत सेवा/सुविधा पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको हो ।

हरिभक्त शर्माले कतारमा सुनाएः समृद्धिको भावी योजना

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले कतारका उद्यमी व्यवसयीलाई नेपालको समृद्धिको भावी योजना सुनाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अलथानीको निमन्त्रणामा कतार भ्रमणका गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा शर्माले कतारका उद्यमी व्यवसायीलाई नेपालको समृद्धिको सम्भावित रोडम्याप सुनाएका हुन् । नयाँ संविधान प्राप्त गरेको, स्थिर सरकार रहेको कारण आर्थिक वृद्धिको प्रचुर सम्भावना रहेको औँल्याउँदै यसबाट सबै क्षेत्रमा आम्दानीमा वृद्धि भई शिक्षाको स्तर वृद्धि हुने, विप्रेषणको रकममा उल्लेख्य वृद्धि हुने, समष्टीगत आर्थिक स्थायित्व उच्च रही बढी नाफाको सम्भावना रहेको उनको निष्कर्ष थियो । नेपालको पूँजीबजारमा सूचीकरण गरिएको केही उद्योगहरुको उदाहरण प्रस्तुत गर्दै स्टाडर्ड चाटर्ड बैँकको बजार पूँजीकरण २ अर्ब १६ करोड डलर बराबर भइ ५५ प्रतिशत लाभांस वितरण गरेको, नेपाल लिभरको बजार पूँजीकरण २ अर्ब ८० करोड भई ७०० प्रतिशत लाभांस वितरण गरेको उदाहरण प्रस्तुत गर्दै विदेशी कम्पनीहरुलाई नेपालमा नाफाको सुनिश्चितता रहेको पनि बताए । उनले नेपालमा कृषिजन्य उद्योगमा वैदेशिक लगानीको लागि खाद्य प्रशोधन, औद्योगिक वस्तुहरुमा गृह सामग्री, औषधी र वायोटेक प्रमुख रहेको बताउँदै पूर्वाधारमा पनि ठूलो सम्भावना रहेको जानकारी गराएका थिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, हेटौँडा–काठमाडौं सुरुङमार्ग, रेलमार्गमा लगानी गर्न कतारका उद्यमी व्यवसायीलाई आग्रह गरे ।

उखुको भुक्तानी नतिरेपछी उद्योगी राकेश अग्रवाल पक्राउ

काठमाडौं। उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट आज उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ। अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक हुन्। इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले रु आठ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले रु ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा मङ्गलबार मात्रै गृह मन्त्रालयले पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि उद्योगी अग्रवाललाई आज पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए। रासस

नेपाल टेलिकम डुबाउने खेलमा मन्त्री बाँस्कोटा, दिगम्बरलाई काखा टेलिकमलाई पाखा

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद साउन २९ देखि खाली छ । कार्य सम्पादनमा चिक्त नबुझेपछि सरकारले तत्कालिन प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई बर्खास्त गरेपछि टेलिकम नेतृत्व बिहिन छ । दुरसञ्चार सेवाको ५० प्रतिशत बजार हिस्सा र १५ अर्ब भन्दा बढि मुनाफा गर्दै आईरहेको सरकारी स्वामित्वको टेलिकममा नेतृत्व चयनको प्रक्रिया समेत आरम्भ गरिएको छैन् । नेपाल दुरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई नियुक्त गर्न हतार हतार प्रक्रिया अघि बढाएका मन्त्री बास्कोटाले टेलिकममा भने अझै चासो देखाएका छैनन् । सरकारले बर्खास्त गरेका झाले अदालतबाट अन्तरिम आदेश ल्याएका थिए तर उनले राजीनामा गरे । मन्त्रालयले तुरुन्तै नियुक्तीको प्रक्रिया अघि बढायो र झाले पनि आवेदन दिए । अन्ततः झा ३ जनामा सिफारिस भए र मन्त्रीपरिषदले उनलाई नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः नियुक्त गर्यो । तर साउन २९ गतेदेखि रिक्त रहेको टेलिकममा प्रबन्ध निर्देशक नियुक्त गर्ने तर्फ भने बास्कोटाले कुनै चासो देखाएका छैनन् । संसदको विकास तथा प्रबिधि समितिले असोज १८ गते टेलिकममा प्रबन्ध निर्देशकको नियुक्ती खुला प्रतिष्पर्धाबाट गर्न निर्देशन दिन लाग्दा मन्त्री बास्कोटाले आपत्ति जनाएका थिए ।  उनले खुला प्रतिष्पर्धाबाटै नियुक्त गर्ने कानुनी व्यवस्था रहेको र सोही अनुसार चाँडै नियुक्ती प्रक्रिया अघि बढाउने बताएका थिए । नेपाल दुरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई नियुक्ती गर्न हतारिएका सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा पुरै उदासिनता देखाईरहेका छन् । टेलिकमको सेवामा नागरिकहरुबाट गुनासाहरु आईरहेका छन् । फोरजीको विस्तारमा पनि टेलिकमले ढिलाई गरिरहेको छ । अप्टिकल फाइबर बिछ्याउने गरि टेलिकमले लिएको जिम्मेवारीको कामले पनि गति लिएको छैन । यस्तो अवस्थामा पनि टेलिकममा प्रबन्ध निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाउन बास्कोटाले चासो देखाएका छैनन् । बैठकमा एनसेलको कर प्रकरणबारे प्रश्न उठ्यो तर मन्त्री बास्कोटाले कुनै जवाफ दिएनन् । नेपाल टेलिकमको सेवाको गुणस्तरबारे सांसदहरुले प्रश्न गरे तर मन्त्रीले उल्टै ‘कति टेलिकमको मात्रै कुरा गरेको अरु कम्पनीले पनि सेवा दिईरहेका छन् । तिनका बारेमा पनि बोल्नुस‘ भन्ने जवाफ दिएका थिए । मन्त्री बास्कोटाले दुरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तीमा जस्तै तदारुकता देखाएका थिए भने यतिबेला नेपाल टेलिकममा पनि प्रबन्ध निर्देशकले आफ्नो बिजनेश योजना अनुसार धमाधम काम गरिरहेका हुन्थे । टेलिकममा नेतृत्व चयनबारे चासो नदेखाएका मन्त्री बास्कोटामाथी टेलिकम डुबाउने खेलमा सामेल भएको आरोप लागेको छ । त्यसो त बास्कोटाले प्राधिकरणको नेतृत्व सुम्पिएका झाले पनि टेलिकम प्रति नकारात्मक सोँच राख्दै आएका छन् । लामो समयसम्म टेलिकमलाई नेतृत्व बिहिन बनाएर एनसेल, स्मार्ट सेल लगायतका कम्पनीहरुको बजार प्रवद्र्धनमा सघाउने षडयन्त्र भैरहेको आरोप पनि लागेको छ ।‘टेलिकममा नयाँ नेतृत्व नआउँदा बजार विस्तार, गुणस्तर सुधार, नयाँ प्रडक्ट ल्याउने काम रोकिन्छ, त्यतिञ्जेल प्रतिष्पर्धी कम्पनी धेरै अघि बढिसकेको हुन्छ, यस्तै षडयन्त्रमा नेपाल टेलिकम फसेको अनुभूति गरेका छौं’, श्रोतले भन्यो । नेपाल दुर सञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तीबारे प्रश्न उठ्यो तर उनले झाको पनि नाम उच्चारण गरेनन् । बरु नियुक्ती कानुन सम्बत भएको प्रष्टिकरण दिए । समितिले प्राधिकरणमा झालाई नियुक्त गर्नुको कारण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । तर मन्त्रालयले अझै समितिलाई कारण सहितको जवाफ दिएको छैन् ।

एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत हकप्रद निष्कासन गर्दै, बुक क्लोज कहिले ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत अर्थात १ः१.०५ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहलाई सो मात्रा अर्थात १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सो प्रयोजनको लागि कम्पनीले आगामी कात्तिक २७ गते संस्थाको बुक क्लोज गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख रुपैयाँ रहेको छ । १०५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २७ करोड ३९ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई गत वैशाख १ गते बसेको इन्स्योरेन्सको २३औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।