देशभरि नै पर्याप्त नुन छ : साल्ट ट्रेडिङ

<p>काठमाडौं। देशभरका २५ वटै दुर्गम जिल्लामा पर्याप्त नूनको मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । कर्पाेरेशनका वरिष्ठ सूचना अधिकारी ब्रजेशकुमार झाले आव २०७५÷७६ मा नेपालको सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम, जुल्मा, डोल्पा, कालीकोट, मुगुलगायतका ती जिल्ला कूल ३१ हजार ४५१.३१ क्विन्टल मौज्दात रहेको जानकारी दिए। उहाँका अनुसार नेपालमा वार्षिक एक लाख ९२ हजार मेट्रिक टन [&hellip;]</p>

काठमाडौं। देशभरका २५ वटै दुर्गम जिल्लामा पर्याप्त नूनको मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।

कर्पाेरेशनका वरिष्ठ सूचना अधिकारी ब्रजेशकुमार झाले आव २०७५÷७६ मा नेपालको सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम, जुल्मा, डोल्पा, कालीकोट, मुगुलगायतका ती जिल्ला कूल ३१ हजार ४५१.३१ क्विन्टल मौज्दात रहेको जानकारी दिए।

उहाँका अनुसार नेपालमा वार्षिक एक लाख ९२ हजार मेट्रिक टन नून खपत हुन्छ । यस वर्ष नेपालमा तिब्बतबाट एक हजार ४०० क्विन्टल नून आयात भएको छ । यसरी आयात भएको नून कर्पोरेशनले हुम्लाको हिल्सा नाकामा आयोडिन मिसाएर बजारमा पठाउने गर्दै आएको छ ।

साल्ट टे«डिङ कर्पोरेशनले अधिराज्यको १७ जिल्लाका ५३ स्थानमा सहुलियत दरमा नूनको ढुवानी गर्दै आएको छ । साल्ट टे«डिङ आफैँले नूनको प्रत्येक पुडियामा रु छ अनुदान दिँदै बिक्री गर्दै आएको छ । त्यसका लागि आवश्यक पर्ने ढुवानी खर्च अनुदानको रुपमा नेपाल सरकारले ब्यहोर्दै आएको झाले जानकारी दिए।

उहाँले साल्ट ट्रेडिङ कर्पोरेशनले जहिले पनि छ महीनाका लागि आवश्यक नूनको मौज्दात राख्ने गरेको बताउँदै त्यस कारण देशभरि नै नूनको समस्या नभएको उल्लेख गरे।

साल्ट ट्रेडिङले आयोनून, शक्ति नून, तेज नून, भानु नूनको बिक्री वितरण गर्दै आएको छ । शहरी क्षेत्रमा आयो नून तथा तराईमा शक्ति र तेज नून तथा दुर्गम क्षेत्रमा भानु नून पठाउने गरिन्छ । रासस

Share News