व्यवसायी राकेश अग्रवाल पक्राउप्रति नेउवा महासंघको ध्यानाकर्षण
काठमाडौं । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । बक्यौता रकम तिर्न लगाउने राज्यसँग अनेक विधि, प्रक्रिया र कानून हुँदाहुँदै पनि सरकाले सो माध्यम नअपनाएकोमा महासंघको ध्यानाकर्षण भएको हो । साथै, यस्तो विषयमा गम्भीर भएर सोच्न महासंघ नेपालले सरकार समक्ष आग्रह गरेको छ । लगानीको वातावरण निर्माण सहित लगानी आकर्षणका लागि सरकार तथा निजी क्षेत्रबाट बारम्बार राष्ट्रिय तथा अन्तराष्ट्रिय मंचमा समेत पहल भैरहेको छ । वर्तमान परिस्थितिमा यस्ता घटना तथा कार्यले लगानीको वातावरणमा सहयोग नपुर्याउने हुँदा मुलुकले अवलम्वन गरेको विधि, प्रक्रिया र कानून अनुसार नै सरकार अगाडी बढ्नुपर्नेमा महासंघले जोड दिएको छ ।
मंसिरपछि लोकसेवा आयोगले नयाँ भर्ना खुलाउने
काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन् । उनले भने,‘लाखौ युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन् । मंसिरपछि भर्ना विज्ञापन खोल्छौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष मैनालीले ईतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयकासाथ विज्ञापनलाई दुई महिना पर (मंसिर) सम्म सारिएको स्पष्ट पारे । उनले भने,‘अब अर्कोपटक सार्दैनौं ।’ साक्षात्कारमा अध्यक्ष मैनालीले आयोगसँग लिनुपर्ने परामर्शलाई सरकारले गम्भिर रुपमा लिनुपर्ने धारणा राखेका छन् । उनले भने,‘हामीले एक÷दुई वटा विषयमा सरकारलाई सुझाव दिएको छौं, सरकारले त्यसलाई परामर्शको रुपमा लिनुपर्छ, हामीले नचाहँदा नचाहँदैपनि सरकारको असहजतालाई ध्यानमा राखेर दुईमहिनाको लागि विज्ञानपन रोकेका हौं, यो हाम्रो बाध्यता हो, सरकारप्रति सदासयता देखाएका हौं, भूकम्पको बेलामा पनि नरोकिएको विज्ञापन यतिखेर रोकिएको अवस्था छ ।’ उनले अघि थपे,‘सरकारले आवश्यक कर्मचारीको संख्या र आवश्यक ऐन ल्याई लोकसेवाको तयारीमा बसेका १० लाख बढि यूवाहरुको भविष्यलाई ध्यानमा राखेर काम गर्नुपर्छ, उमेरको कुरा हुन्छ, समयको कुरा हुन्छ, पारिवारिक अवस्थाको कुरा हुन्छ, यस्ता संवेदनशिलतामा सरकार गम्भिर बन्नुपर्छ, त्यसको लागि आयोगले भन्न मिल्ने र स्वयम् म आँफै पनि जान मिल्ने ठाउँमा गएर सुझाव दिईरहेको छु, तर एक महिना बाँकी छ, सरकारले यो काम गर्नेमा हामीलाई शंका छ । यसतर्फ सरकारको गम्भिर ध्यान जान जरुरी छ।’ मैनालीले सरकार यूवाहरुको भविष्यप्रति गम्भिर बन्नुपर्ने धारणासमेत राखे । ‘हामीकहाँ स्वास्थ्य, संसद, महालेखा, परराष्ट्रलगायतले रिक्त दरबन्दी पठाईसकेको छ’–उनले भने,‘केहीले नपठाएका कारण भोलिका दिनमा समान पदमा सिनियर र जुनियरको झमेला हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर आयोगले आफ्नो ईतिहाँस भत्काएको हो ।’ संघीय सरकार र प्रदेश सरकारबीच समन्वय गरी संविधानको व्यबस्थाअनुसार कर्मचारी भर्नाको लागि सहमति जुटाउनुपर्ने बताउँदै अध्यक्ष मैनालीले भने,‘ऐन नबनेको खण्डमा प्रदेश सरकारलाई चाहिने कर्मचारीहरु संघीय सरकारले उपलब्ध गराउने व्यबस्था छ, त्यही बाटो भएर यूवाहरुको चिन्ता गर्नुपर्छ, राजनीतिक परिवर्तन भएपनि कर्मचारीतन्त्र परिवर्तन हुन नसकेको स्थिति छ, राजनीतिक लिडरमात्रै राम्रो भएर हुँदैन, कर्मचारी पनि राम्रो हुनुपर्छ, कर्मचारी मात्रैपनि राम्रो भएर हुँदैन, कर्मचारीले आफ्नो धर्म पालना गर्नुपर्छ, सरकार चलाउने नेताहरुले शासन होईन राज गर्नुपर्छ, जनताको भावना बुझ्नुपर्छ, सेवा गर्नुपर्छ ।’ अध्यक्ष मैनालीले लोकसेवा आयोगलाई निश्पक्ष र विश्वसनीय बनाईराख्नको लागि प्रदेश लोकसेवा आयोगलाई शक्तिशाली बनाउनुपर्ने धारणा राखेको छन् । उनले भने,‘आस र त्रासभन्दा बाहिर रहेर मुलुक र जनताको सेवा गर्नु कर्मचारीको धर्म हो, कर्म हो, त्यो गर्नुपर्छ । हामीले त परीक्षा लिने हो, राम्रो र योग्य व्यक्ति छान्ने हो, भर्ना गर्ने काम सरकारको हो, राणा शासनमा चाकडी र राजतन्त्रको बेला थर र घरको आधारमा बाँड्ने जागिरलाई २००७ सालको परिवर्तनपछि २००८ असाढ ८ गते स्थापना गरिएको आयोगको एउटै उद्देश्य भनेको योग्यताका आधारमा जनताको सेवा गर्नुपर्छ, त्यस्तो मानिसलाई राज्यको निकायमा पुर्याउनुपर्छ भन्ने नै हो ।’ ‘पेपर र पेन्सिल’को आधारमामात्रै लिईने योग्यताको परीक्षणलाई नयाँ विधिअनुसार लिने तयारी थालेको जानकारी दिँदै अध्यक्ष मैनालीले भने,‘व्यक्तिको योग्यता नाप्ने यन्त्र पेपर र पेन्सिलमात्रै होईन, अरु ज्ञानको पनि खाँचो हुन्छ, त्यसैले आयोग यसतर्फ सचेत छ, योग्यता परीक्षणका नयाँ विधिहरु अघि सार्ने योजना बनाउँदैछ, घरमै बसेर फर्म भर्न सकिने व्यवस्थामा प्रवेश गरिसकेको छ, आयोग ईतिहासदेखि आजको दिनसम्म कुनैपनि आक्षेप र विवादमा नमुछिएर काम गर्न सफल छ, सुरक्षा निकायको परीक्षासमेत आयोगले लिने अधिकार पाएको छ, आयोगले प्राप्त गरेका अधिकारहरुलाई पूर्ण रुपमा पालना गरेको छ, आगामी दिनमा पनि यसको ईतिहास र गरिमालाई कायम राख्नेछ । सरकारले गर्नुपर्ने कामहरु तत्काल गर्नुपर्छ भन्ने आयोगको माग हो ।’ फरक प्रसँगमा उनले प्रदेश सरकारले हामीलाई यति कर्मचारी चाहियो भनेर लिखित रुपमा दिए आयोगले ६ महिनाभित्रै कर्मचारी पदपुर्ति गरिदिने विश्वास दिलाए । उनले भने,‘कर्मचारी समायोजना ऐन–२०७४ अनुसार नै हामी आवश्यक कर्मचारी पदपुर्ति गरिदिन्छौं ।’
एलजीको ७५ इन्चको युएचडि टिभी नेपाली बजारमा, मूल्य साढे ९ लाख रुपैयाँ
काठमाडौं । एलजीले ७५ इन्चको युएचडि टिभी नेपाली बजारमा ल्याएको छ । बजारमा यसको मूल्य ९ लाख ४० हजार ९९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यस टि.भी.मा क्वाड कोर प्रोसेसर, वेभओएस, अपरेटिङ सिस्टम, म्याजिक मोसन रिमोट कन्ट्रोल, फोके यूएचडी डिस्प्ले, फोके एक्टिभ एचडीएर, आईपीएस प्यानेल, थिनक्यिू एएल जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । एएल थिनक्यिू इनेबल्ड टिभीले प्रयोगकर्ताहरुलाई दैनिक कार्यहरु व्यवस्थापन गर्न अनुमति दिन्छ । माइक्रो बटन थिच्न र सूचनाको लागि सोध्न, जस्तै मौसमको पूर्वानुमान, अन्तिम स्पोर्ट् अंकहरु गुगल असिस्टेन्टको मद्दतले आफ्नो आवाजले टिभी.लाई नियन्त्रण गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले तिहार तथा छठ को अवसरमा हालको मूल्यमा भारि छुट र एलजीको एसजे४ स्पिकर उपहार स्वरुप कम्पनीले प्रदान गरको छ ।
माछापुच्छ्रे बैंकका ग्राहकलाई ओममा ७ र नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशतसम्म छुट
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. मा ७ प्रतिशत छुट पाउने भएका छन् । साथै, बैंकका ग्राहकले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा ५ प्रतिशतदेखि १० प्रतिशतको छुट पाउन सक्नेछन् । बुधबार बैंक र ओम हस्पिटल र नेपाल क्यान्सर हस्पिटलबीच कम्पनीका ग्राहकलाई उपचार सेवामा विशेष छुट दिने सम्बन्धि छुट्टा छुट्टै सम्झौता भएको थियो । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक बाबुकाजी कार्की र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलले उपचार गराउन आउँने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सि. टि. स्क्यान/एक्सरे, म्यामोग्राफि, इ.सि.जि., इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज रल्याब एण्ड रेडियोलोजी सेवामा ७ प्रतिशत छुट दिने भएको छ । त्यसैगरी, अर्का सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धीउपचार गराउन आउँने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ्ग प्याकेजमा १० प्रतिशत छुट दिने भएको छ । साथै, अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकहरूले ५ प्रतिशत छुट पाउने भएका छन् ।
मकालु एडभेन्चरको ‘बाघ संरक्षणसँगै पर्यटन प्रवद्र्धन’ गर्ने अभियान
काठमाडौं । मकालु एडभेन्चर प्रालिले बाँघ संरक्षणसँगै पर्यटन प्रवद्र्धन अभियान सुरुवात गरेको छ । कम्पनीले ‘ट्रेक फर बिग क्याट्स’ नाराका साथ सांकेतिक रुपमा एउटा सिंह र दुईवटा बाघमार्फत सो अभियान अघि बढाएको हो । अभियानका अभियन्ताहरु दक्षिण अफ्रिकन नागरिक गार्थ जेन्स लेग र टे«सी ब्रटन तथा चेक रिपब्लिकन नागरिक लुकास सोभडा बुधबार ठमेल इको रिसोर्टमा आयोजित पत्रकार सम्मेलनबीच सिंह र बाँघको भेषमा सार्वजनिक भएका थिए । गार्थ र टे«सी सफारी गाइड हुन् भने लुकास फोटोग्राफर हुन् । उनीहरु नेपालको पर्यटन प्रवद्र्धनका लागि सोही सिंह र बाँघको भेषमा लुक्दादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरसम्म पुग्ने जानकारी दिए । युकेबाट खास मगाएको सो भेष हातले आफैं बुनेर बनाएको उनीहरुले बताए । उनीहरुले लोपोन्मुख जनावरहरुको संरक्षण तथा वातावरणीय अवस्थाबारे विभिन्न विद्यालयका विद्यार्थीहरु माझ प्रत्यक्ष जनचेतना मूलक कार्यक्रम गर्नेछन् । बासबाट निर्मित टुटब्रस पनि विद्यार्थीहरुलाई वितरण गर्ने योजना उनीहरुको छ । यस्तो खालको कार्यक्रम नेपालमा पहिलो पटक गर्न लागिएको हो । अभियन्ता गार्थले भने “नेपालजस्तो विभिन्न जातका जनावरहरु पाइने ठाउँमा पछिल्लो समय लोप हुँदै जानु एकदमै दुःखद भएको भन्दै त्यहि कुरालाई उजागर गर्नका लागि आफुहरुले अभियान सञ्चालन गरेको बताए ।” उनले नेपालमा मात्रै नभएर अन्य मुलुकमा समेत यो अभियान सञ्चालन गर्ने योजना रहेको सुनाए । यस अभियानको व्यवस्थापन गर्ने कम्पनी मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले नेपालमा बाँघ जन्य जनावरहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै समग्र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि यो अभियान कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले यस अभियानले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा नयाँ आयम थप्ने दाबीसमेत गरे ।
माथिल्लो तामाकोसीको सेयर बाँडफाँड, स्थानीयले न्युनतम ३० देखि १०२ कित्तासम्म पाए
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थानीयबासिन्दालाई निष्कासन गरिएको सेयर बाँडफाँड गरिएको भएको छ । आयोजना प्रभावित स्थानीयबासिन्दाले न्युनतम ३० देखि अधिकतम १०२ कित्तासम्म पाएका छन् । आयोजनाबाट अतिप्रभावित स्थानियबासिन्दाले क वर्गले १०२, प्रभावित ख वर्गले ४८ र कम प्रभावित ग वर्गले ३४ कित्तासम्म सेयर पाएका हुन् । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयबासिन्दालाई १०० रुपैयाँ अंकित दरको १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार किता साधारण सेयर निष्कासन गरेको थियो । आयोजना अति प्रभावित “क” वर्गमा कूल ५ हजार ५० जना आवेदक मार्फत १३ लाख ८८ हजार ३०० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो । यस्तै आयोजना प्रभावित “ख” वर्गमा ८१ हजार २४२ जना आवेदकहरु मार्फत १ करोड २७ लाख ८१ हजार २९० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो । दोलखा जिल्लाका अन्य बासिन्दाहरु “ग” वर्गमा १ लाख ८९ हजार ९२३ जना आवेदकहरु मार्फत २ करोड ३५ लाख ४२ हजार ३७० कित्ता सेयरका लागि आवेदन परेको थियो । कुल २ लाख ७६ हजार २१५ स्थानिय बासिन्दाहरुबाट ३ करोड ७७ लाख ११ हजार ९६० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।
समुन्द्री सिल्क रोड एक्स्पोमा पाटा नेपाल सहभागी, नेपालको विभिन्न क्षेत्रमा लागानी गर्न चीनलार्इ आग्रह
काठमाडौं । चीनको ग्वाङ्गजाओमा अक्टोवर २४ देखि २६ सम्म आयोजित २१औँ सताब्दी समुन्द्री सिल्क रोड एक्स्पो २०१८ मा नेपालले सहभागिता जनाएको छ । विश्वभरीका ४६ मुलुकहरुबाट ८०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको उक्त एक्स्पोमा नेपाल डेलिगेशनको अगुवाई पूर्व उपप्रधान मन्त्री नारायण काजी श्रेष्ठले गरेका थिए । सो एक्स्पोमा नेपाली टोली अन्तर्गत पाटा नेपालका पदाधिकारीहरु अध्यक्ष शुनिल शाक्य, निवर्तमान अध्यक्ष सुमन पाण्डे, वैकल्पिक सदस्य लीलाधर भण्डारी सहित कर्णाली प्रदेशका सरकारी पदाधिकारीहरु सहित १९ जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल शाक्यले नेपालको हारित वाणिज्य, पर्यटन, साँस्कृतिक तथा प्राविधिक उद्योगहरुको अन्तर्राष्ट्रिय संयोजन सम्बन्धित महत्वपुर्ण विषयहरुमा छलफल गरेका थिए । उनले नेपालमा विशेष गरी पर्यटन क्षेत्र तथा विविध अन्य क्षेत्रहरुमा लगानीको अवसर बारे प्रकाश पारेका थिए । बर्तमान परिपेक्षमा नेपाली पर्यटनको विकासका लागि पूर्वाधारमा लगानी अपरिहार्य रहेको बताइएको छ । साथै, कार्यक्रममा सरकारी, सरकारी–निजि वा निजि तहका विविध क्षेत्रमा चिनियाँ लगानीकर्ताहरुका लागि प्रयाप्त अवसरहरु रहेको बताएका छन् । त्यस्तै, नेपालले पर्यटन सम्बन्धित एअरपोर्ट, एअरफिल्ड, कार्गो टर्भिनल, एअर कोरिडोर, हाइवे, डिलक्स होटेल, रिसोर्ट, क्यासिनो, सपिङ्ग मल, थिम पार्क, लक्जरी तथा विद्युतीय लगायत थुप्रै क्षेत्रमा लगानी गर्न चीनलाई आग्रह गरेको छ । साथै, चिनियाँ सरकारद्धारा प्रस्तावित “द बेल्ट एण्ड रोड” को पहलमा साझेदारी, सहकार्य र सहभागिताले नेपालमा हवाई सेवा सवलीकरण तथा माईस टुरिजम वृद्धि र विकासमा समेत ठुलो सहयोग पुग्ने पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले बताएका छन् ।
स्याफ्रुबेसी–रसुवागढी सडकको काम अघि बढ्यो, ३ बर्ष ३ महिनामा सम्पन्न हुने
काठमाडौं । स्याफ्रुबेसी-रसुवागढी सडकको काम अघि बढेको छ । चीन सरकारको सहयोगमा निर्माण हुने १५.७ किलोमिटर लामो स्याफ्रुबेसी-रसुवागढी सडकमा कालोपत्रे गर्ने सम्बन्धी काम अघि बढेको हो । २ लेनको सडक निर्माणका लागि चीन सरकारले ५ अर्ब ५७ करोड नेपाली रुपैँया खर्च गर्नेछ । नेपाल सरकारले सडक विस्तारका लागि आवश्यक पर्ने जमिन उपलब्ध गराउनेछ । सो सडकलाई दुई लेनमा स्तरोन्नति गरेर कालोपत्रे गर्ने सम्बन्धी सम्झौता सन २०१७ को मे १३ तारिखमै भएको थियो । आयोजना कार्यान्वयन सम्बन्धी सम्झौता भने २९ अक्टोबरका दिन भएको हो । सन २०१९ को मे १ तारिखदेखि चिनियाँ कम्पनीले सडक स्तरोन्नतिको काम थाल्नेछ । निर्माण कार्य आरम्भ भएको ३ बर्ष ३ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सडक निर्माणमा चीन सरकारले उपलब्ध गराउने रकम अनुदानको हो । ७ मिटर चौँडाईको सडकमा ०.७५ मिटरको पर्खाल, आकाशे पानी व्यवस्थापन, सडक सुरक्षा, पहिरो नियन्त्रण, नदि नियन्त्रण लगायतका संरचना निर्माण गरिनेछ ।