विकासन्युज

नेपालमा एयरबसकाे २७ हेलिकोप्टर, बजार हिस्सा ६३ प्रतिशत

काठमाडौं । एयरबस हेलिकोप्टर्स र युरोपियन नागरिक उड्डयन सुरक्षा एजेन्सी (इएएसए)ले काठमाडौंमा हवाई सुरक्षा सम्बन्धी २ दिवसीय गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठी उडानका क्रममा बजारमा चुनौतीका रुपमा देखा परेका विश्वको उत्कृष्ट अभ्यासहरु र जोखिम न्यूनीकरणमा विषयमा व्यापक छलफल गरिएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरण (सिएएएन) को संयोजकत्व रहेको सो गोष्ठी विशेष गरेर हेलिकोप्टर उडानमा केन्द्रित रह्यो । जसमा एयरबस हेलिकोप्टर्स र इएएसएका विज्ञहरु, ग्राहकहरु र हवाई उद्योगका विशेषज्ञहरुबीच नेपालमा हवाई सुरक्षालाई अझ बढी सशक्त बनाउने उपायका सन्दर्भमा विचार विमर्श भएका थिए । सिएएएनका महा निर्देशक सञ्जिभ गौतमलका अनुसार उच्च भौगोलिक अवस्था, असुविधाजनक भूभाग र कठिन मौसमी अवस्थाहरुको कारण नेपालको हेलिकोप्टर उडान सम्भवत विश्वको अप्ठ्यारा उडानहरु मध्येकै एकमा रहेको बताए । एयरबस हेलिकोप्टर्स र इएएसएले आयोजना गरेको उक्त प्रयासको आगामी दिनहरुमा पनि यस्तै सुरक्षा विषयक कार्यशालाहरु संचालन हुने अपेक्षा गरेको जानकारी दिएका छन् । एयरबसले नेपालको हेलिकोप्टर बजारको ६३ प्रतिशत हिस्सा ओगटेको छ । हाल, देशमा २७ वटा एयरबस एक्यूरियुल हेलिकोप्टरहरुले उडान भरिरहेका छन् । आफ्ना सबै उडानहरुमा सुरक्षा प्रबन्धलाई विशेष चासो दिने ध्यानमा राखेर एयरबस हेलिकोप्टर्सले विश्वभर नै सुरक्षा सडक प्रदर्शनीहरु संचालन गर्दै आइरहेको छ । सन् २०१६ पछि नेपालमा एयरबसले आयोजना गरेको यो दोस्रो सुरक्षा गोष्ठी हो । विज्ञहरुले सुरक्षा मानसिकता अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्वका उत्कृष्ट अभ्यासहरु, परिज्ञानहरु र उनीहरुका अनुभवहरु, जुन सुरक्षित र सहज उडानका लागि अत्यावश्यक छन्, त्यसलाई प्रस्तुत गरेका छन् ।

स्थायी लेखा नम्बरको नकरात्मक हल्लाको पछि नलाग्नुस्, ढुक्कले लगानी गर्नुस्- बोर्ड

काठमाडौं । हालका दिनमा बजार तथा विभिन्न संचार माध्यममा स्थायी लेखा नम्बरको विषयलाई लिएर भईरहेको नकारात्मक टिकाटिप्पणीहरु प्रति नेपाल धितोपत्र बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । बोर्डले आइतबार एक विज्ञप्ति जारी गरी यस विषयमा भइरहेका नकारात्मक हल्लाको पछि नलागी बुझेर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको हाे । यसैबीच विभिन्न लगानीकर्ताहरुका संस्थाहरुले स्थायी लेखा नम्बरको कार्यान्वयन सम्बन्धमा आइतबार(माघ १३ गते) मात्रै बोर्डमा ज्ञापनपत्र बुझाएका छन् । नेपाल सरकारको चालु आ.व. २०७५।०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा उल्लेखित दोस्रो बजारमार्फत सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था लागू गर्न नेपाल सरकार, अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन प्राप्त भएकोमा यसको संवेदनशीलतालाई दृष्टिगत गरी प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गलाई लेखी पठाएको बोर्डले जनाकारी दिएको छ । स्थायी लेखा नम्बर सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षहरुलाई समेत छलफल गराई पूर्वाधारको तयारीको आधारमा यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बोर्डको भनाई छ । बोर्डले बजारको पूर्वाधार, लगानीकर्ताहरुको वित्तीय साक्षरताको अवस्था आदिलाई दृष्टिगत गरी लगानीकर्ताहरुबाट उठाइएका विषयलाई स्थायी लेखा नम्बर लागू गर्ने छ । यस विषयमा नेपाल सरकार, आन्तरिक राजस्व विभाग समक्ष यथार्थ स्थितिको जानकारी गराइने बोर्डले बताएको छ ।

विकास समितिको निर्देशनः सर्त अनुसार सेवा नदिने कम्पनीको लाइसेन्स खारेज गर्नु

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले अनुमति पत्रका सर्त अनुसार सेवा प्रवाह नगर्ने कम्पनीहरुको लाइसेन्स खारेज गर्न निर्देशन दिएको छ । आइतबार बसेको समिति बैठकले अनमुतिपत्रका सर्त अनुसार सेवा प्रवाह नगर्ने दुर सञ्चार सेवा प्रदायक कम्पनीहरुको लाइसेन्स खारेजीको प्रक्रिया अघि बढाउन नेपाल दुर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो । समितिले दुर सञ्चार सेवा प्रदायक कम्पनीहरुबाट असुल उपर गर्न बाँकी रहेको सबै बक्यौता रकम यथासिघ्र असुल्न पनि निर्देशन दिएको छ । समिति बैठकको निर्णयमा भनिएको छः दुर सञ्चार सेवा प्रदायक संस्थाहरुबाट नेपाल सरकार, दुर सञ्चार प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता रकम असुलि तर्फ यथासिघ्र कारवाही प्रक्रिया अघि बढाउन, अनुमति पत्र अनुसार सेवा सञ्चालन नगरेका कम्पनीहरुलाई यथासिघ्र सेवा प्रारम्भ गराउन वा अनुमति पत्र खारेजीको प्रक्रिया अघि बढाउन समिति निर्देश गर्दछ । समितिको निर्देशनपछि युनाइटेड टेलिकम लिमिटेड(युटिएल), नेपाल स्याटेलाईट टेलिकम, सिजी कम्युनिकेसन्स र स्मार्ट टेलिकमको लाइसेन्स धरापमा परेको छ ।  यी कम्पनीहरुलाई सरकारलाई अरबौं बक्यौता तिर्न बाँकी छ भने अनुमति पत्र अनुसार सेवा समेत सञ्चालन गरिरहेका छैनन् । नेपाल दुर सञ्चार प्राधिकरणले नै नेपाल टेलिकम र एनसेल बाहेक अन्य कम्पनीको ग्राहक आधार अत्यन्तै न्युन रहेको बताएको छ । युटिएलको ग्राहक आधार शुन्य छ भने नेपाल स्याटेलाईटले सञ्चालन गरेको हेल्लो नेपालको अवस्था पनि नाजुक रहेको छ । फोरजी सेवा समेत सञ्चालन गरिरहेको स्मार्ट टेलिकमको पनि बजार सन्तोषजनक देखिएको छैन् । यी कम्पनीहरुले सरकारलाई बुझाउनुपर्ने बक्यौता अरबौं पुगीसकेको छ । यस्ताे छ  निर्देशन      यस्ता छन् सेवा सुचारू र बक्याैता नतिर्ने कम्पनीहरू

बजार १० अंकले घट्दा २१ कम्पनीका लगानीकर्ताले कमाए, १४३ ले गुमाए

काठमाडौं । आइतबारको बजार १०.६८ अंकले घटेर ११६२.०९ अंकमा झरेको छ । दोहोरो अंकले घटेको सो दिनको बजारमा २१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । पछिल्लो कारोबार अर्थात बिहीबारको तुलनामा आइतबार कारोबारमा आएका मध्ये २१ कम्पनीको सेयर मूल्यमा सामान्य सुधार देखिएको छ । सबैभन्दा बढी समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.७८ प्रतिशत कमाएका छन् । त्यस्तै, कन्काई विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ३.२५ र २.८८ प्रतिशतले बढेको छ । त्यसैगरी, सामुदायिक लघुवित्त वित्तीय संस्था, युनाईटेड फाइनान्स, आरएसडीसी लघुवित्त वित्तीय संस्था, प्राइम कमर्शियल बैंकको प्रमोटर सेयर र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा कम र शून्य प्रतिशतभन्दा बढीले उकालो लागेको छ । त्यस्तै, अन्य बाँकी १३ कम्पनीको सेयर मूल्य सामान्य अंकले बढेको छ । आइतबारको बजारमा कुल १६४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये २१ कम्पनीको मूल्यमा सामान्य सुधार देखिएको छ भने बाँकी १४३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी छ्याङ्दी हाइड्रोपावरका लागानीकर्ताले ६.५४ प्रतिशत गुमाएका छन् । त्यस्तै, जनता बैंक नेपालको प्रमोटर सेयर मूल्य ६.४२ प्रतिशतले घटेको छ भने अन्य बाँकी कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा कम अर्थात सामान्य अंकले ओरालो लागेको छ । आइतबार कमाउने १० कम्पनीका साथै कारोबारमा आएका १० समूह दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका १० वटै समूह राताम्मे भएका छन् । सो मध्ये निर्जीवन बीमा समूह ९३ अंकले ओरालो लागेको छ । आइतबारको बजारमा कुल ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २६७ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंक, जनता बैंक नेपालको प्रमोटर सेयर, नागरिक लगानीकोष, एनआईसी एशिया बैंक र एनएमबी बैंकको करिब एक करोडको सेयर कारोबार भएको छ ।

नेको इन्स्योरेन्सका सञ्चालक कृति कुमारीको राजीनामा स्वीकृत

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक सञ्चालक कृति कुमारी महतोकाे राजीनामालाई स्वीकृत गरेको छ । इन्स्योरेन्सको हालै सम्पन्न ३६३औँ संचालक समितिको बैठकले सञ्चालक महतोको राजीनामालाई स्वीकृत गरेको हो । कम्पनीले गत माघ ११ गतदेखि लागू हुने गरी श्री वि.के विनायक प्रा.लिको तर्फबाट प्रतिनिधित्व गरेकी संस्थापक संचालक महतोको राजीनामालाई स्वीकृत गरेको हो ।

पश्चिम नवलपरासीमा पर्यटकीयस्थल कञ्चनगढी उत्खनन गर्न स्थानीयवासीकाे माग

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ स्थित पर्यटकीयस्थल कञ्चनगढी उत्खनन गर्न स्थानीयवासीले माग गरेका छन् । पर्यटनको प्रचुर सम्भावना रहेको यो स्थल उत्खनन, उचित प्रचारप्रसार तथा संरक्षण नहुँदा ओझेलमा परेको हो । यस स्थललाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न सक्रियता देखाएको छ । स्थानीयवासी उत्खनन हुन नसक्दा महत्व र ऐतिहासिक वस्तुस्थितिबारे प्रचार गर्न नसकिएको स्थानीयवासीको भनाई रहेको छ । खजुराटोलबाट करीब ७०० मिटर उत्तरतर्फ जङ्गलको काखमा अवस्थित कञ्चनगढी खजुरा खोलाको किनारमा अवस्थित हुनाका साथै त्यहाँ हरियाली वातावरण पनि छ । मनोरम वातावरणले भरिपूर्ण ऐतिहासिकस्थलमा अहिले आन्तरिक पर्यटकको आवागमन बढेको छ । तीन तलाजस्तै रहेको उक्त क्षेत्रको माथिल्लो खण्डमा युद्ध सामग्री राख्न तथा मन्दिर निर्माण गर्न मिल्ने, दोस्रो खण्डमा समथर जमीन र रुख बिरुवाले भरिपूर्ण फूलबारी बनाउन मिल्ने र पहिलो खण्डमा वनभोज स्थलको रुपमा विकास गर्न सकिने देखिन्छ । डेढ बिघा क्षेत्रमा फैलिएको उक्त क्षेत्र उत्खननका क्रममा भेटिएका प्राचीन कलाकृतिका ढुङ्गा, वनभोजका लागि दुई वटा ट्रष्ट र आँप, कटहर, अम्बालगायत फलफूलको बगैँचा पनि बनाइएको छ । विसं २०४७ मा मात्रै पत्ता लागेको उक्त स्थानमा शिवरात्रिका बेला त्यहाँ मेला लाग्नाका साथै साउन महीनामा जल चढाउनेको पनि घुइँचो लाग्छ । अठ्ठाइस वर्षअघि स्थानीय परमेश्वर थारूले सपनामा सो स्थानमा शिवलिङ्ग गाडिएको देखेपछि उत्खनन गर्दा त्यहाँ शिवलिङ्ग लगायत बुद्ध र अन्य भगवान् आकृतिका मूर्ति भेटिएको थियो । पर्यटकीय दृष्टिले निकै सम्भावना बोकेको ठाउँ भएर पनि प्रचारप्रसार र विकास हुन नसक्दा अहिलेसम्म यो क्षेत्र ओझेलमा छ, अब नगरपालिकाले गुरुयोजना बनाएर धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने स्थानीयको माग रहेको छ । वडा कार्यालयको पहलमा एक लाख १७ हजार बजेट विनियोजन गरे पनि स्थानीय गाउँलेको सहयोगसमेत गरी रु पाँच लाखमा एक हजार २०० मिटर बाटो निर्माण गरिएको वडाध्यक्ष रेश्मीराज भट्टराई बताएका छन् कञ्चनगढीको विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिँदै नगरप्रमुख धीरज शर्मा बस्याल भन्छन् यहाँको वातावरण र भौगोलिक बनावट हेर्दा इतिहासको कुनै कालखण्डमा युद्ध भएको हुनसक्ने देखिएकाले यसलाई हामी उत्खनन गरेर मनोरमस्थलको रुपमा विकास गर्ने योजनाका साथ अघि बढेका छौँ । खजुरा खोलामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा यसैवर्ष झोलुङ्गे पुल निर्माण हुँदैछ भने सिँचाइ विभागको सहयोगमा सोही खोलामा डेढ करोडको लागतमा बाँध निर्माण गरिँदै छ । केही वर्षभित्रै त्यहाँ पर्यटकलाई आकर्षित गर्न झोलुङ्गे पुल, कृत्रिम तलाउ, फूलबारी लगायत संरचना बन्ने जानकारी दिएका छन् ।रासस

इकोनोमिक मिडिया सोसाईटीमा नयाँ नेतृत्व निर्वाचित

काठमाडौं । आर्थिक समाचारहरुलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले विकासन्यूज तथा देशविकास साप्ताहिकका रामकृष्ण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । इम्सनको उपाध्यक्षमा आर्थिकन्यूजका इन्द्रबहादुर बानियाँ, महासचिवमा कर्पोरेट नेपालका सीताराम विलासी, सचिवमा मेरोलगानीका परमेश्वर अधिकारी, कोषाध्यक्षमा अर्थबजारका डिल्लीप्रसाद सापकोटा निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा बिजशालाका सोमनाथ बास्तोला, मेरोअटो तथा चाणक्य मासिका रामकृष्ण गजुरेल, बिजखबरका रामराज श्रेष्ठ र विजपाटीका मोहम्मद अज्मात अली निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष पौडेलले देशको आर्थिक विकासमा आर्थिक सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण रहेको र यस्तो भूमिका थप प्रभावकारी बनाउन इकोनोमिक मिडियाहरुको संगठित संस्था स्थापना भएको बताए । उनले पछिल्लो समय आर्थिक सञ्चार माध्यमहरुको संख्यात्मक वृद्धिसँगै उनीहरुको प्रभाव पनि बढ्दै गएको बताए । इकोनोमिक मिडिया सोसाईटी आर्थिक सञ्चार माध्यमहरुको संस्थागत प्रतिनिधिमूलक रहेको पहिलो संस्था हो । गत भदौमा विधिवत रुपमा स्थापना भएको यस संस्थाको पहिलो साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

युटिएल, सीजी, स्मार्ट र नेपाल स्याटलाइट कम्पनीको लाइसेन्स खारेज प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ४ कम्पनीको लाइसेन्स इजाजत खारेज गर्ने भएको छ । अर्बाैँ बक्यौता नतिर्ने र सम्झौता अनुसार सेवा दिन नसकेपछि कम्पनीहरुको लाइसेन्स खारेज प्रक्रिया अघि बढेको हो । कम्पनीहरुले विभिन्न शीर्षकमा अर्बौ बक्यौता नतिरेपछि प्राधिकरणले लाइसेन्स खारेजीको प्रक्रिया शुरु गरेको हो । प्राधिकरणले स्मार्ट टेलिकम प्राली, नेपाल स्याटलाईट टेलिकम प्राली, सीजी नेपाल दूरासञ्चार प्राधिकरणले ७ कम्पनीको इजाजत खारेज गर्ने भएको छ । अर्बाैँ बक्यौता नतिर्ने विभिन्न कम्पनीहरुको लाइसेन्स खारेज गर्ने प्राधिकरणले तयारी गरेको हो । कम्पनीहरुले विभिन्न शीर्षकमा अर्बाैँ बक्यौता नतिरेपछि प्राधिकरणले लाइसेन्स खारेजीको प्रक्रिया शुरु गरेको हो । प्राधिकरणले स्मार्ट टेलिकम प्राली, युनाइटेड टेकिम लिमिटेड, नेपाल स्याटलाईट टेलिकम प्राली, सीजी टेलिकम प्राली लगायत कम्पनीको इजाजत खारेज गर्ने तयारी गरेको हो । संसदको विकास तथा प्रविधि समितीमा भएको बैठकमा सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले लाइसेन्स् खारेजी प्रक्रिया अघि बढेको बताएका हुन् । प्राधिकरणले ऐनको दफा २८ बमोजिम अनुमतिपत्र खारेज गर्न सकिने अन्तर्गत अनुमति प्राप्त व्यक्तिले अनुमति पत्रमा तोकिए बमोजिमको अवधिभित्र दूरसञ्चार सेवा सञ्चालन नगरेमा प्राधिकरणले त्यस्ता अनुमति पत्र खारेज गर्न सकिनेछ भनी उल्लेख गरिएको छ ।