काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ४ कम्पनीको लाइसेन्स इजाजत खारेज गर्ने भएको छ । अर्बाैँ बक्यौता नतिर्ने र सम्झौता अनुसार सेवा दिन नसकेपछि कम्पनीहरुको लाइसेन्स खारेज प्रक्रिया अघि बढेको हो ।
कम्पनीहरुले विभिन्न शीर्षकमा अर्बौ बक्यौता नतिरेपछि प्राधिकरणले लाइसेन्स खारेजीको प्रक्रिया शुरु गरेको हो । प्राधिकरणले स्मार्ट टेलिकम प्राली, नेपाल स्याटलाईट टेलिकम प्राली, सीजी नेपाल दूरासञ्चार प्राधिकरणले ७ कम्पनीको इजाजत खारेज गर्ने भएको छ । अर्बाैँ बक्यौता नतिर्ने विभिन्न कम्पनीहरुको लाइसेन्स खारेज गर्ने प्राधिकरणले तयारी गरेको हो ।
कम्पनीहरुले विभिन्न शीर्षकमा अर्बाैँ बक्यौता नतिरेपछि प्राधिकरणले लाइसेन्स खारेजीको प्रक्रिया शुरु गरेको हो । प्राधिकरणले स्मार्ट टेलिकम प्राली, युनाइटेड टेकिम लिमिटेड, नेपाल स्याटलाईट टेलिकम प्राली, सीजी टेलिकम प्राली लगायत कम्पनीको इजाजत खारेज गर्ने तयारी गरेको हो ।
संसदको विकास तथा प्रविधि समितीमा भएको बैठकमा सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले लाइसेन्स् खारेजी प्रक्रिया अघि बढेको बताएका हुन् ।
प्राधिकरणले ऐनको दफा २८ बमोजिम अनुमतिपत्र खारेज गर्न सकिने अन्तर्गत अनुमति प्राप्त व्यक्तिले अनुमति पत्रमा तोकिए बमोजिमको अवधिभित्र दूरसञ्चार सेवा सञ्चालन नगरेमा प्राधिकरणले त्यस्ता अनुमति पत्र खारेज गर्न सकिनेछ भनी उल्लेख गरिएको छ ।