काठमाडौं । एयरबस हेलिकोप्टर्स र युरोपियन नागरिक उड्डयन सुरक्षा एजेन्सी (इएएसए)ले काठमाडौंमा हवाई सुरक्षा सम्बन्धी २ दिवसीय गोष्ठीको आयोजना गरेको छ ।
उक्त गोष्ठी उडानका क्रममा बजारमा चुनौतीका रुपमा देखा परेका विश्वको उत्कृष्ट अभ्यासहरु र जोखिम न्यूनीकरणमा विषयमा व्यापक छलफल गरिएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरण (सिएएएन) को संयोजकत्व रहेको सो गोष्ठी विशेष गरेर हेलिकोप्टर उडानमा केन्द्रित रह्यो । जसमा एयरबस हेलिकोप्टर्स र इएएसएका विज्ञहरु, ग्राहकहरु र हवाई उद्योगका विशेषज्ञहरुबीच नेपालमा हवाई सुरक्षालाई अझ बढी सशक्त बनाउने उपायका सन्दर्भमा विचार विमर्श भएका थिए ।
सिएएएनका महा निर्देशक सञ्जिभ गौतमलका अनुसार उच्च भौगोलिक अवस्था, असुविधाजनक भूभाग र कठिन मौसमी अवस्थाहरुको कारण नेपालको हेलिकोप्टर उडान सम्भवत विश्वको अप्ठ्यारा उडानहरु मध्येकै एकमा रहेको बताए । एयरबस हेलिकोप्टर्स र इएएसएले आयोजना गरेको उक्त प्रयासको आगामी दिनहरुमा पनि यस्तै सुरक्षा विषयक कार्यशालाहरु संचालन हुने अपेक्षा गरेको जानकारी दिएका छन् ।
एयरबसले नेपालको हेलिकोप्टर बजारको ६३ प्रतिशत हिस्सा ओगटेको छ । हाल, देशमा २७ वटा एयरबस एक्यूरियुल हेलिकोप्टरहरुले उडान भरिरहेका छन् । आफ्ना सबै उडानहरुमा सुरक्षा प्रबन्धलाई विशेष चासो दिने ध्यानमा राखेर एयरबस हेलिकोप्टर्सले विश्वभर नै सुरक्षा सडक प्रदर्शनीहरु संचालन गर्दै आइरहेको छ ।
सन् २०१६ पछि नेपालमा एयरबसले आयोजना गरेको यो दोस्रो सुरक्षा गोष्ठी हो । विज्ञहरुले सुरक्षा मानसिकता अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्वका उत्कृष्ट अभ्यासहरु, परिज्ञानहरु र उनीहरुका अनुभवहरु, जुन सुरक्षित र सहज उडानका लागि अत्यावश्यक छन्, त्यसलाई प्रस्तुत गरेका छन् ।