बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी एकता २३ गते
काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबिच २३ गतेर एकता हुने भएको छ । नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराई र फोरमका अध्यक्ष यादवबीच २३ गते पार्टी एकिकरण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । २३ गते प्रज्ञा प्रतिष्ठानमा भेला गरेर दुबै पार्टीले एक भएको घोषणा गर्नेछन् । एकिकृत पार्टीको नाम समाजवादी पार्टी, नेपाल राखिनेछ । राजनीतिक क्रान्ति सम्पन्न भएकाले आर्थिक क्रान्तिका लागि नयाँ पार्टीको आवश्यकता पर्ने डा. भट्टराईले बताउँदै आएका थिए । संघीय समाजवादी फोरमले समेत आफुलाई मधेशी मात्रै नभएर समग्र देशको पार्टीका रुपमा स्थापित गराउने प्रयास गर्दै आएको थियो । हाल फोरम सरकारमा सामेल भएको छ भने डा. भट्टराईको पार्टी विपक्षमा छन् । पार्टी एकिकरणपछि भने सरकारमा सहभागीताबारे अन्यौल सिर्जना भएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा रोजगारदाताले गर्नु पर्ने
काठमाडौ । सरकारले वैदेशिक रोजरागीका लागि जाने नेपाली कामदारको बीमामा चासो देखाएको छ । आगामी आर्थिक वर्षबाट वैदेशिक रोजगारमा जाने श्रमिकको बीमा रोजगारदाताले नै गर्नु पर्ने नीति कार्यक्रममा उल्लेख भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको पेश गरेको नीति कार्यक्रममा बैदेशिक रोजगारीमा जानेको बीमा अपरिहार्य रहने कुरामा विषेश जोड दिएकी हुन् । रोजगारीको खोजीमा परदेशी जीवन बिताउन बाध्य नेपालीको जोखिमलाई अन्त्य गर्न श्रमिककै पक्षमा सम्बोधन गरेको हो । बीमा कम्पनीहरुको नियामकको रुपमा रहेको बीमा समितिलेपनि वैदेशीक रोजगारमा जाने श्रमिकको पक्षमा विभिन्न निर्देशिका तथा कार्यक्रमको तर्जुमा गर्दै आएको पाईन्छ । विदेश जाने कामदारको मर्मलाई मध्यनजर गर्दै बीमा समितिले वैदेशिक रोजगारमा जाने कामदारको बीमा पुल मार्फत हुने सुविधा उपलब्ध गराउँदै आएको छ । वैदेशिक रोजगारमा ‘बीमा पुल’ बीमा समितिले वैदेशिक रोजगारीमा हुने जोखिम बहन गर्न सहजता होस् भन्ने ध्येयले बीमा पुलको सञ्चालन गरेको हो । पुलमा तोकिएका कम्पनीले अन्य कम्पनीको कार्यक्रमलाई सहज बनाउन सहयोगी भुमिका निभाउँदै आएको पाईन्छ ।
सिद्धार्थ बैंकले ल्यायो २६ लाखको बीमा सुविधा सहित ‘जीवन सुरक्षा बचत खाता’
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ । अधिकतम ब्याजदरमा बचत सँगसँगै बीमा सुविधाको पनि फाइदा ग्राहकहरुलाई प्रदान गर्न बैंकले यो योजना सार्वजनिक गरेको हो । घरबाटै अनलाइनपनि खोल्न सकिने ‘जीवन सुरक्षा बचत खाता’ मा २६ लाख सम्मको बीमा योजना, नेपाल तथा भारतमा गरिने उपचार खर्च बीमा योजना, पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमा योजना, १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा योजना र नेपालभर रहेका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने विशेषता रहेका छन् ।
औँशीको दिन किनमेल गर्दा एनआईसी एसियाबाट नगद १ हजारसम्म पाइने
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले मातातीर्थ औंशीको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक योजनाहरु सार्वजनिक गरेको छ । औंशीको दिन किनमेल गर्दा १ हजार रुपैयाँसम्म नगद पाइने योजना ल्याएको हो । उक्त योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैकिङ्ग तथा मोबाइल बैकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एकहजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्नेछन् । अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा तथा बैंकको क्यूआर पेमेन्ट सिस्टकबाट भुक्तानीगर्दा कारोबार रकमको १० प्रतिशत वा उच्चतम १ हजार रुपैयाँसम्म नगद फिर्ता दिने बैंकले जनाएको छ । त्यस्तै पीओएसबाट भुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम ५ सय रुपैयाँ सम्म नगद फिर्ताको योजना योजना ल्याएको छ । बैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गते मात्र यो योजना लागू हुनेछ ।
३४ हजार ७ सय बढी सहकारी दर्ता, ५१ प्रतिशत महिला समावेश
काठमाडौं । नेपालमा २०७५/ ७६ को फागुनसम्म ३४ हजार ७ सय ३७ सहकारी संस्था दर्ता भएका छन् । नेपाल सहकारी पत्रकार समाजको आयोजना भएको सहकारीको वित्तिय छलफलमा अनुसार उक्त संख्यामा सहकारी संस्थाहरु दर्ता भएकाे तथ्याङ्क सार्वजनिक भएको छ । गाँउ गाँउमा सहकारीको पहुँच बढ्दै गर्दा महिलाको सहभागिता ५१ प्रतिशत रहेको सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेले बताए । पछिल्लो समयमा सहकारीको विस्तार भएसँगै यसले पारेको असरले प्रष्ट पर्दै विभागका रजिष्ट्रार पाण्डेले समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्नका लागि काम अगाडी बढाईरहेका जानकारी दिए । आयोजक तथा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाल मन्तव्य राख्दै सहकारी पत्रकार समाजले सहकारी सम्बन्धीका विभिन्न विषया वस्तुलाई नजिकबाट निर्याल्दै सहकारी संस्थाका हरेका कुरालाई सबै सामु प्रष्ट पुराउनु पर्ने बताए । त्यस्तै कार्यपत्र लेखापरिक्षक उपहार घिमिरेले लेखापरिक्षण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै लेखापरिक्षण गर्दा त्यसको प्रभाव संघसंस्थाहरुमा कस्तो रहेको छ, र नेपालमा गुणात्मक र संख्यात्मक विषयलाई ध्यान दिनु पर्ने बताए । छलफल कार्यक्रममा बल्दै विभागका रजिष्ट्रार पाण्डेले सहकारीको बढ्दो स्थापनासँगै यसमा चुनौती थपिएको र अगामी दिनमा यसलाई सुधार्ने काम भईरहेको बताए। प्रदेश स्तरमा स्थानीय निकायको आर्थिक अवस्था अनुसार सहकारीका कार्यक्रमलाई जोड दिने रजिष्ट्रार पाण्डेले भने । त्यस्तै राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा सुब्बाले सहकारीमा भईरहेको गतिविधिलाई नजिकैबाट नियाल्ने हो भने सहकारीको अस्तित्व पछिल्लो समयमा जस्तो रहन पर्ने हो त्यो अवस्थामा नरहन सक्ने कुरा बताईन । हकारी सम्बन्धी भईरहेका विभिन्न क्रियाकलाप एवं अभियानमा राष्ट्रिय सहकारी बैंक सधै तयार रहेको बताउँदै सहकारी विभागले आफ्ना क्रियाकलापलाई पारदर्शी ढंगले प्रस्तुत गर्नु पर्ने बैंक संचालक सरिता भट्टराईले बताईन । केन्द्र, प्रदेश, स्थानिय तहमा सहकारी संस्थाको संरचनालाई सभ्य एवं सहज विश्वासिलो बनाउनका लागि आगामी दिनमा सहकारी विभागले सहकारी सम्बन्धीका नियमलाई कडाईका साथ लाग्दै विभागमा हुने गरेका सहकारी संस्थाको अवस्था, एवं समस्यालाई प्रष्ट रुपमा जानकारी राख्नु पर्ने उक्त सहकारी वित्तिय विवरण सम्बन्धी छलफल निष्कर्ष निस्किएको छ ।
राष्ट्रपति भण्डारीद्वारा संघीय संसदमा नीति कार्यक्रम प्रस्तुत(पूर्णपाठ सहित)
काठमाडाै। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पेश गरेकी छिन् । नीति तथा कार्यक्रममा राष्ट्र सेवक कर्मचारीको तलब बृद्धि गर्ने, बृद्ध भक्ता वृद्धि गर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सरकारले निःशुल्क गरिदिन, पानी जहाज, रेलमार्ग अन्तर्राष्ट्रिय विमानस्थल, सडक, पुल जस्ता भौतिक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहने नीति कार्यक्रममा उल्लेख छ । राष्ट्रपति भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्णपाठका लागि क्लिक गर्नुहोस् ।
अब ओमन पनि शुन्य लागतमा जान पाईने, भयो सहमति
काठमाडौं । अब ओमन जान चाहने नेपाली कामदार पनि शुन्य लागतमै जान पाउने भएका छन् । नेपाल सरकार र ओमन सरकारका प्रतिनिधीबिच शुन्य लागतमा कामदार लैजाने सहमति भएको हो । ‘श्रम सम्झौतालाई सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेकै दिन ओमानसँगको श्रम समझदारीको मस्यौदामा सहमती जुटेको छ । योसँगै नेपाल र ओमान बिच पहिलो पटक श्रम समझदारी (एमओयु) हुने भएको छ ।’, श्रम मन्त्री गोकर्ण विष्टले भने । उनले बिहिबार र शुक्रबार काठमाडौमा भएको द्धिपक्षिय छलफलपछि नेपाल र ओमानका अधिकारीहरुले सम्भावित समझदारीको मस्यौदालाई अन्तिमरुप दिएका हुन् । शून्य लागत सहित श्रमिकका हक अधिकार सुनिश्चित हुनेगरी सहमती जुटेको पनि उनले जानकारी दिए । मस्यौदाको सहमतीमा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन ।
राष्ट्रपतिकाे राजमाेह : पोहोर सभामुखलाई अपमान, अहिले ‘मेरो सरकार’
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनी सम्बोधन गरेकी छन् । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा भण्डारीले नेपाल सरकारलाई त्यसरी सम्बोधन गरेकी हुन् । उनको यो सम्बोधनबारे सामाजिक सञ्जालहरुमा टिप्पणी सुरु भएको छ । खासगरी राजा महाराजाहरुले प्रचलन गर्नेखालको शब्दलाई चयन गरेपछि त्यस्तो टिप्पणी गरेकी हुन् । अघिल्लो वर्ष प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई अपमानपूर्ण सम्बोधन गरेकी भण्डारी यो वर्ष पनि विवादरहित भइनन् । उनले अघिल्लो वर्ष ‘प्रतिविधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष’ भनेर सम्बोधन गरेकोमा यो वर्ष ‘सम्माननीय’ शब्द थपेकी छन् तर महोदय शब्द भने उनले उच्चारण गरिनन् । राष्ट्रपतिले ल्याएको नीति तथा कार्यक्रममा अधिकांश कार्यक्रमहरु मदन भण्डारीको स्मरणमा राखिएका कार्यक्रमहरु मात्रै छन् । अघिल्लो वर्ष नै ल्याइएको मदन भण्डारी राजमार्गबाहेक मदन भण्डारी प्राविधिक विश्वविद्यालय र मदन भण्डारी औद्योगिक विश्वविद्यालय गरी थप २ ओटा कार्यक्रम आए पनि अन्य नेताहरुको नाममा कुनै कार्यक्रम आएन । उनको सम्बोधनभरी नै पुष्पलाल लोकमार्गको नाममा ‘पुष्पलाल’ आउनुबाहेक आफ्नै नेता मनमोहन अधिकारीको नाममा एउटा पनि कार्यक्रम घोषणा गरिएन ।