काठमाडौं । अब ओमन जान
चाहने नेपाली कामदार पनि शुन्य लागतमै जान पाउने भएका छन् । नेपाल सरकार र ओमन सरकारका प्रतिनिधीबिच शुन्य लागतमा कामदार लैजाने सहमति भएको हो । ‘श्रम सम्झौतालाई सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेकै दिन ओमानसँगको श्रम समझदारीको मस्यौदामा सहमती जुटेको छ । योसँगै नेपाल र ओमान बिच पहिलो पटक श्रम समझदारी (एमओयु) हुने भएको छ ।’, श्रम मन्त्री गोकर्ण विष्टले भने ।
उनले बिहिबार र शुक्रबार काठमाडौमा भएको द्धिपक्षिय छलफलपछि नेपाल र ओमानका अधिकारीहरुले सम्भावित समझदारीको मस्यौदालाई अन्तिमरुप दिएका हुन् । शून्य लागत सहित श्रमिकका हक अधिकार सुनिश्चित हुनेगरी सहमती जुटेको पनि उनले जानकारी दिए । मस्यौदाको सहमतीमा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन ।