कलङ्कीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू, जथाभावी यात्रु चढाउन र ओराल्न नपाइने
काठमाडौँ । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागू गरिएको जानकारी दिए । “पिक एण्ड ड्रप व्यवस्था लागूसँगै कलङ्की क्षेत्रमा हुने सवारी जाम कम हुने विश्वास हामीले लिएका छौँ,”–उनले भने । महाशाखाले यसअघि रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो । महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महीने कार्ययोजना बनाएर कामसमेत शुरु गरिसकेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा चैत २१ देखि शुरु भएको तीन महीने कार्ययोजनाअन्तर्गत उपत्यकाका करिडोर, जेब्राक्रसिङ र आकाशे पुल निर्माण गर्नाका साथै सवारी साधनको प्रदूषण जाँचलगायत काम ट्राफिक प्रहरीले गर्दै आएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । रासस कलंकीमा अब गाडी रोक्न पाइदैन, कुन रुटका गाडी कहाँ रोक्ने ? (सूची सहित)
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ, ‘मेरो सरकार होइन, नेपाल सरकार लेखौँ’
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गरेकी थिइन् । छलफलमा भाग लिँदै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीले जनता ठगिएको आरोप लगाए । उनले सरकारको कार्यशैलीले लगानी निरुत्साहित भएको तथा सामाजिक–आर्थिक सुधार हुन नसकेको र नेपाली जनताले सुखशान्ति अनुभव गर्न नपाएको बताए । सभापति देउवाले प्रस्तुत नीति तथा कार्यक्रम तयारीबिना बनाइएको जस्तो आफूलाई लागेको उल्लेख गर्दै त्यसले ठोस परिणाम दिने सम्भावना ज्यादै कम रहेको बताए । आगामी एक वर्षको कार्यक्रममा बहुवर्षे कार्यक्रम र परियोजना नीति तथा कार्यक्रममा समावेश गरिएको उनले बताए । बढ्दो व्यापार घाटा कम गर्ने प्रयास हुन नसकेको, सार्थक आर्थिक विकासको प्रयास हुन नसकेको, राष्ट्र निर्माणको गति सुस्त भएको, दोहोरो आर्थिक वृद्धिका लागि विश्वसनीय आधार तयार गर्न नसकिएको, स्वदेशमा पर्याप्त रोजगारीका अवसर नहुँदा धेरैभन्दा धेरै युवा विदेशिनु परेको यथार्थलाई नीति तथा कार्यक्रममा समावेश नगरिएको बताउँदै सभापति देउवाले त्यसलाई रोक्ने प्रयास नभएको धारणा व्यक्त गरे । त्यसअघि सदनको प्रारम्भमा राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्णले मधेश र थरूहट आन्दोलनमा लागेकाहरूविरुद्धका मुद्दा फिर्ता नभएकामा आपत्ति जनाउँदै गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । पार्टीका माग सम्बोधन गर्न सभामुखबाट भएको निर्देशनको अवज्ञा भएकाले त्यसलाई सम्बोधन गर्न उहाँले सभामुखसँग पुनः माग गरे । त्यसपछि सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न यसअघि आफूले सरकारलाई दिएको निर्देशन कायम नै रहेको बताए । नीति तथा कार्यक्रममाथि संशोधन पेश यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गरेका छन् । नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रममा नेपालको संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्ने माग गरे । “नेपालको संविधानको प्रस्तावनामा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने स्पष्ट रुपमा लेखिएको छ”, उनले भने, “यो ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गर्न गरेको संविधानका धाराहरु विपरीत भएकाले ‘मेरो सरकार’का ठाउँँमा ‘नेपाल सरकार’ भन्न संशोधन पेश गर्नुपरेको छ ।” सांसद रिजालले प्रस्तुत नीति तथा कार्यक्रममा विद्यमान परिस्थितिमा आवश्यक नीतिगत प्रस्टतासहित सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न नसक्ने बताउँदै समग्रतामा नै नीति तथा कार्यक्रम संशोधन गर्नु अपरिहार्य हुने तर्क गरे । राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, चन्द्रकान्त चौधरीले नीति तथा कार्यक्रमको बुँदा नं ७ ८, २०, ७९ र ३८ मा संसोधन हुनुपर्ने माग गरे । रासस
युवा उद्यमी मञ्चद्वारा व्यवसायिक योजना सम्बन्धी कार्यशाला आयोजना
काठमाडौं । नेपाली यूवा उद्यमी मञ्चले लिडर परियोजना संगको सहकार्यमा पाँचौ पटक व्यवसायिक योजना विकास सम्बन्धी कार्याशाला आयोजना गरेको छ । वेष्टर्न युनिर्भसिटी अन्तरगत आइभी विजनेश स्कुलका विद्यार्थीहरुद्वारा व्यवसायिक तालिम मार्फत आर्थिक विकासलाई बढावा दिने उद्देश्यका साथ विद्यार्थीहरु कै नेतृत्व र सकृयतामा कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा ४० जना युवाहरुको सहभागिता रहेको थियो । विश्वको उत्कृष्ट व्यवसायिक संस्था आइभीद्वारा विकास गरिएको पाठ्यक्रम तथा केश विधिमा आधारित प्रशिक्षण शैलीसंग खारिएका प्रशिक्षकहरुद्वारा कार्याशालामा सहजिकरण गरिएको थियो । दुई सातासम्म संचालित कार्याशालाको अन्तिम दिन सहभागीहरुले आ–आफ्नो व्यवसायिक योजना नेपालमा खारिएका दक्ष व्यवसायीहरु तथा उद्योग व्यवसाय सम्बन्धी विभिन्न संस्थाका प्रतिनिधिहरु माझ प्रस्तुत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा सन २००३, सेप्टेम्बर २६ मा यो संस्थाको औपचारिक रुपमा शुरुवात गरिएको हो । कार्यक्रमको उद्देश्यलाई आत्मसाथ गर्दै यो कार्यशालाको आयोजना माछापुच्छ्रे वैक, सिइसीआई र मिडभ्याली कलेज रहेका छन् ।
स्पर्श लघुवित्तको आईपीओ सूचिकृत
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको आइतबार साधारण सेयर(आईपीओ) सूचिकृत भएको छ । संस्थाको कूल ८ लाख २९ हजार ६३० कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।
नबिल बैंकबाट नेपाल इन्स्योरेन्सको बीमा सेवा पाइने
काठमाडौँ । नबिल बैंक लि. र नेपाल इन्स्योरेन्स कम्पनी लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुुसार नबिल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुवाट बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्नेछन् । सम्झौतामा नविल बैंकका तर्फवाट रेटेल हेड नीरज शर्मा र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।
पाँचथर पावरको सेयर कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको आज(आईतबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८६.६२ देखि २५९.८६ रुपैयाँसम्म मूल्य तोकेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर ९६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजना बनाउन २ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ६४ लाख रुपैयाँ रहेको छ । लगानी फिर्ता ८.९ वर्ष रहेको छ ।
लब्ली प्रोफेसनल युनिभर्सिटीको नेपालमै भर्ना कक्ष, २ नेपाली विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं। भारतको ठुलो विश्वोविद्यालयमा गनिने लब्ली प्रोफेसनल युनिभर्सिटीले नेपालमा आफ्नो अधिकारिक भर्ना कक्ष सुरु गरेको छ। एलपियुले बागबजार स्थित रोहनी ईन्टरनेसनल एजुकेसन सर्भिसेशमा आफ्नो कार्यलय संचालनमा ल्याएको हो। विश्वोविद्यालयले रोहिनीलाई आफ्नो अधिकारिक भर्ना एजेन्सीको रुपमा पनि तोकेको छ। ११ बर्ष देखी रोहिनिले नेपाली विद्यार्थीलाई बाहिर अध्ययनमा जान सहयोग पुर्याउँदै आएको छ। उद्घाटनमा ईक्यानका अध्यक्ष बिष्णु हरी पाण्डे, काठमाडौं विश्वोविद्यालयका डिन डा. बिपिन अधिकारी, एलपीयुका निर्दशक अमन मित्त्तल र श्याम भण्डारी व्य्वस्थापन को उपस्तिथी रहेको थियो। बर्षनी हजारौंको संख्यामा नेपालबाट भारतमा अध्ययनको लागि भारतमा जाने गरेका छन्। कार्यक्रममा ईक्यानका अध्यक्ष रहेका बिष्णु हरी पाण्डेले नेपाली विद्यार्थीहरुलाई भारतको उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न अझै सजिलो वातवारण स्रिजना गरिदिएकोमा धन्यवाद ज्ञापन गरे। शिक्षाको लागि राम्रो काउन्सिलिङको एकदमै आवश्यक भएको र त्यसैले सबैलाई विद्यार्थीहरुलाई उच्च काउन्सिलिङ दिन आग्रह गरे। सन् २००१ बाट संचालनमा आएको लब्ली प्रोफेसनल युनिभर्सिटीले सानो कलेजको रुपमा २४० विद्यार्थी र २२ जना कर्मचारीबाट सुरु गरेको हो। हाल युनिभर्सिटी ३० हजार भन्दा बढी विद्यार्थी र ४००० हजर बढी कर्मचारी रहेका छन्। विश्वविद्यालयले २०० भन्दा बढी संकायहरुमा पूर्ण रुपमा भौतिक पुर्वधार शाहीत आफ्नो सेवा दिईरहेको छ। भारतको पन्जाबको जालान्धरमा करिब ६०० एकड क्षेत्रफलमा फैलिएको यस विश्वोविद्यालयमा डिप्लोमा देखी पिएचडी सम्म अध्यापन गराईन्छ। विश्वोविद्यालयमा संसारका ७० भन्दा बढी देशका विद्यार्थीहरु अध्ययन गरिरहेका छन्। विश्वोविद्यालयको आफ्नै अस्पताल र सपिङ मल पनि रहेको छ। यस्तै विश्वविद्यालय क्षेत्र भित्र बैंकिङ सेवाका साथै सुविधासम्पन्न लाईब्रेरी रहेको छ। आफ्नो भर्ना कार्यलय खोलेको अवसरमा विश्वोविद्यालयका डिरेकटर अमन मित्तलले नेपालबाट आउने एक छात्रा र एक छात्रलाई पहिलो बर्षको ट्युसन फि मा शतप्रतिसत छात्रवृत्ति दिने घोषणा गरेका छन्। यसको साथै विश्वोविद्यालय अध्ययनको निम्ती जाने हरेक नेपाली विद्यार्थीलाई योग्यताको आधारमा पचास प्रतिसत सम्म छात्रवृत्तिदिने बताएका छन्। एलपीयुका किन भन्ने प्रश्नको जवाफ दिंदै मित्तलले संसारका उत्कृष्ट कम्पनीहरुमा एलपियुको उत्पादनहरु रहेको दाबी गरे। त्यस्तै नेपालका उत्कृष्ट कम्पनीहरुमा पनि एलपियुका उत्पादन रहेको उनले बताए। विश्वोविद्यालयमा हाल ८०० बढी नेपाली विद्यार्थीहरु अध्यन गरिरहेका छन्।
एनएलजी इन्स्योरेन्सले जेठ १४ गते बोलायो विशेष साधारणसभा, यस्तो छ एजेन्डा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी जेठ १४ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको बैठकले उक्त प्रयोजनको लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न १० बराबर ६ अनुपात अर्थात ६० प्रतिशत हकप्रद सेयर जारी गर्न उक्त दिन विशेष साधारणसभा बोलाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि एक अर्ब रुपैयाँ नाघ्ने छ ।