नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले गरिन् धेरै त्रुटी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा धेरै ठाउँमा अशुद्ध वाचन गरेकी छिन् । उनले पटक पटक शब्द र शब्द समूहहरुको अशुद्ध उच्चारण गरिन् र दोहोर्याएर वाचन गरिन् । विश्लेषण, मध्यस्तकर्ता, उत्पादकत्व वृद्धि, भेन्चर क्यापिटल, सिक्कल सेल अनमिया जस्ता शब्द उच्चारण अशुद्ध रुपमा गरिन् । उनले ‘बहुदलीय प्रतिस्पर्धात्मक’ शब्द उच्चारणमा पनि गल्ती गरिन् र दोहोर्याएर शुद्ध वाचन गरिन गरिन् । त्यस्तै, ‘स्थायीत्व तथा सुशासन’ भन्नु पर्नेमा ‘स्थायीत्व तथा अनुगमन’ पढेकी थिइन् । उनले दोहोर्याएर शुद्ध वाचन गरिन् । उनले ‘मेरो सरकारले …. गरिने छ’ जस्तो व्याकरणीय त्रुटीपूर्ण वाचन गरेकी थिइन् । चोभारमा निर्माणधित प्रदर्शनी स्थल तथा सुख्खा बन्दरगाहाको निर्माण ‘तीन वर्ष भित्र’ भन्नु पर्ने ठाउँमा ‘तीन वर्ष अघि’ भनेर पढिन् र पुनः सच्चाईन् । उनले १ घण्टा ४७ मिनेट लगाएर सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा लिने नीति तथा कार्यक्रम वाचन गरेकी थिइन् । नीति तथा कार्यक्रम गर्दा उनलाई केही कठिन भएको उनको स्वास प्रस्वासको गतिबाट सजिलै अनुमान गर्न सकिन्थ्यो । उनले बेलाबेलामा लामो स्वास लिँदा तथा लामो स्वास फेर्दा माइकबाट त्यसको आजाव सुन्न सकिन्थ्यो । राष्ट्रपति भण्डारीले पटक पटक ‘मेरो सरकार’ भनिन् । राजतन्त्रातमक व्यवस्थामा राजाले सम्बोधन गरेझै राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेर बारम्बार भन्दा सुन्नेहरुको निधार खुम्चिएको थियो । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तथ्याङ्क पनि गलत पढिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले ६ दशमलव ८१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेको छ । तर राष्ट्रपति भण्डारीले ८ प्रतिशत आर्थिक वृद्धि हुने दावी गरेकी छिन् ।
‘वाईवाई ग्लोकल टिन हिरो’को पाँचौ संस्करणका लागि आवेदन खुला, १८ वर्ष मुनिकाले भर्न पाउने
काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’को पाँचौ संस्करणका लागि आवेदनको आह्वान गरिएको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यस कार्यक्रमको आयोजना गरिएको हो । यस मन्चमार्फत किशोर÷किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर/किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ । समर्पित र रचनात्मक किशोर/किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो पाँचौ वर्ष हो । यस कार्यक्रम १३ देखी १८ वर्ष मुनिकाले भाग लिन पाउने छन् । यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उद्देश्यले काठमाडौं उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, हेटौँडा भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न ४० सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो जाने भएको छ । ‘हामी नेपालको ७०० वटा स्कूलहरुमा पुग्ने छौ र ८ देखि १२ कक्षाका ८०००० विद्यार्थीहरुलाई मौका र मन्च प्रदान गर्ने छ’ ग्लोकल प्रा.ली. कार्यक्रारी आशिष ठाकुरले बताए । पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्क्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिनेछ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०१९ को बिजेता घोषणा गरिनेछ । ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर÷किशोरीहरुसँग पनि विभिन्न क्षमता छ । उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन नभएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए । ग्लोकल टिन हिरो २०१९ को पुरस्कार समारोह सेप्तेम्बेर १,२०१९ मा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो । यस वर्ष ग्लोकल टिन हिरोको आवेदन ४ मे,२०१९ बाट खुल्ने छ र अनलाइन आवेदन निशुल्क भर्न सकिन्छ । यो सम्मेलन किशोरकिशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा र जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्न अवसर हो । यस सम्मेलनले विभिन्न राष्ट्र जस्तै भारत, बंगलादेश, नेपाल, जमैका, मलावी, भिएतनाम, घानाआदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफलमार्फत प्रदर्शन गरिनेछ ।
नेपाली सिने क्षेत्रमा आफ्नो भबिष्य कोर्दै इण्डियन मोडल गीता बर्मा
काठमाडौं । इण्डियाको सिमला स्थायी बासिन्दा भएकी मोडल गीता बर्मा अहिले काठमाडौं कर्मथलो बनाउदै मोडलिङमा आफ्नो भबिष्य खोज्दै छिन् । धेरै नेपालीहरु कलाकारिता तथा मोडलिङको लागि बलिउड धाउदै गरेको समयमा गीता बर्मा भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नको लागि अहिले नेपालमा मेहनत र परिश्रम गर्दै आएकी छिन् । भक्तपुरको सिर्जनानगरमा आफ्नो दाजु भाउजुसंग बस्दै नृत्य तथा अभिनयको ट्रेनीङ समेत लिदै आएकी उनले २ वटा नेपाली म्युजिक भिडियो र केहि सर्ट मुभीमा समेत अभिनय गरिसकेकी छिन । इन्डियामा समेत आफ्नो कलाकारिता प्रस्तुत गर्दै केहि म्युजिक भिडियोमा कुशल अभिनय गरिसकेकी गीता भविष्यमा चर्चित नायिका बन्ने सोच लिएर अगाडि बढिरहेकी छिन । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ित्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन गीता बर्मा अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । अभिनय तथा नृत्यमा पोख्त मोडल गीता बर्मा सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो िउनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । मोडेल गीता भन्छिन यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनको भनाई रहेको छ । सानै उमेर देखि नेपाली मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने गीता अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत गीताले भनिन्, नेपाली चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउने जानकारी दिएकी छन् ।
अब राजमार्गहरुमै ठूला विमानहरु अवतरण गर्नसक्ने बनाइने
काठमाडौं । सरकारले ठूला राजमार्गहरुलाई नै हवाईजहाजको धावनमार्गको रुपमा विकास गर्ने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरुको आपतकालिन अवतरणका लागि सरकारले राष्ट्रिय राजमार्गहरुलाई उपयोग गर्नेगरी राजमार्गको विस्तार गर्न उपयुक्त स्थानहरुको खोजी गर्ने भएको हो । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यस्तो बताएकी हुन् । नेपालमा एक मात्रै अन्तराष्ट्रिय विमानस्थल भएको अवस्थामा यो विमानस्थलमा एयरट्राफिक बढी भएको बेला वा विमानमा प्राविधिक समस्या आउँदा आपतकालिन अवतरणका लागि भारत वा चीनका विमानस्थलमा भर पर्नुपर्ने अवस्था थियो । त्यस्तै सरकारले दुइ वर्षभित्र निजगढ विमानस्थलकाे निर्माण थाल्ने, पाेखरा विमानस्थल निर्माण सक्ने र आगामी वर्ष गाैतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकाे छ ।
कर्मचारीको पनि तलब बढ्ने, सामाजिक सुरक्षा भत्ता पनि बढाइने
काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारीको तलब बढाउने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र सेवक कर्मचारीको सेवा सुविधामा पुनरावलोकन गर्ने स्पष्ट पारेकी हुन् । विगत ३ देखि कर्मचारीको तबल वृद्धि भएको थिएन् । सरकारले चालु आर्थिक बर्षमा कर्मचारीलाई मासिक २ हजार रुपैंयाँ महंगी भत्ता दिँदै आएको छ । त्यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि बढाउने भएकाे छ । सरकारले आगामी आर्थिक वर्षमा वृद्ध भत्ता बढाउने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको निती तथा कार्यक्रम मार्फत सरकारले वृद्ध भत्ता बढाउने घोषणा गरेको हो । हाल ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र एक हजार स्वास्थ्य उपचार शुल्क वापत कुल २ हजार पाउँदै आएका छन् । हाल दलित ज्येष्ठ नागरिकले ६० वर्षदेखि नै मासिक २ हजार रुपैंयाँ पाउँदै आएका छन् भने विधवा तथा एकल महिला, अपांग, लोपोन्मुख जातिले पनि त्यस्तो भत्ता पाउँदै आएका छन् । नेपालमा समाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेका छन् । राष्ट्रपति भण्डारीद्वारा संघीय संसदमा नीति कार्यक्रम प्रस्तुत(पूर्णपाठ सहित) सम्बन्धित सामाग्री कर्मचारीको तलब ३० प्रतिशत बढाउनु पर्छ, यस्ता छन् १६ कारण
सुनकोशी मरिन डाईभर्सन आयोजनाको निर्माण थालिने, फेरिँदै २ नम्बर प्रदेशको मुहार
काठमाडौं । सरकारले सुनकोशी मरिन डाइभर्सन आयोजनालाई आगामी आर्थिक बर्षदेखि निर्माण आरम्भ गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्रै सुनकोशी मरिन डाइभर्सन आयोजनाको निर्माण आरम्भ गरिने उल्लेख गरिएको हो । यो परियोजनालाई २ नम्बर प्रदेशको मुहार फेर्ने आयोजनाका रुपमा हेरिएको छ । यो आयोजनाले सुनकोशी नदिको पानी मरिन खोलामा झारेर २ नम्बर प्रदेशमा सिँचाई र विद्युत उत्पादन गर्नेछ । सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाबाट दुई नम्बर प्रदेशको १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ सुबिधा उपलब्ध हुनेछ । त्यस्तै, आयोजनाबाट ४२.५ मेगावाट विजुली उत्पादन हुने प्रक्षेपण गरिएको छ । सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउनुपर्ने भन्दै २ नम्बर प्रदेशका सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र नै बुझाएका थिए । त्यसको नेतृत्व विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले गरेकी थिइन् । सुनकोशी र गोलन्जोर गाउँपालिकाकाको सिमाना नजिकै रहेको खुर्कोटबाट बाँध बाधी १३ दशमलव १०० किलोमिटर लामो सुरुङमार्फत् ६७ मिटर क्युसेक पानी मरिन खोलामा खसालिनेछ । सिन्धुलीको कमलामाई नगरपालिका २ मा निर्माण हुने विद्युत गृहबाट ४२ दशमलव पाँच मेगावाट विद्युत उत्पादन गर्ने र बारा, पर्सा, रौतहटका १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइने छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चालू आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न गर्ने तयारीमा सरकारको तयारी छ । वातावरणीय प्रभाव मूल्यांकन, जग्गा प्राप्ति तथा अन्य प्राविधिक काम अन्तिम चरणमा पुगिसकेको छ । आयोजनाको अनुमानित कूल लागत ८२ अर्ब रहेको छ । विद्युत गृह, सुरुङ निर्माणलगायतमा ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ ३२ अर्ब लागत रहने अनुमान छ ।सुनकोशीबाट मरिन उपत्यकामा झारिने पानीमध्ये रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ
केन्द्रमा ५ हजार जना अट्ने सम्मेलन केन्द्र निर्माण गरिने, हरेक प्रदेशमा २ हजार अट्ने सभा हल
काठमाडौं । सरकारले राजधानीमा ३ हजार र ५ हजार जना हट्ने दुई वटा सम्मेलन केन्द्र निर्माण गर्ने भएको छ । दुई वर्षभित्र ३ हजार जना सहभागि हुन सक्ने र ५ वर्षभित्र ५ हजार जना सहभागि हुन सक्ने अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने सरकारले घोषणा गरेको छ । त्यस्तै, हरेक प्रदेशमा २ हजार जना सहभागि हुने सम्मेलन केन्द्रहरु निर्माण गरिने भएको छ । सरकारले नयाँ संसद भवन र विशिष्ट अथिति कक्ष निर्माण गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताईन् । लगानी सम्मेलनमा विदेशी पाउना बस्ने हल नभएपछि सरकार ठूला हल निर्माणमा जाेड दिएकाे हाे । नेपालका हाेटलहरूमा बढीमा १ हजार मानिस मात्र अट्ने हलहरू छन् । एक मात्र अन्तराष्टिय सम्मेलन केन्द्रमा हाल संसद बसेकाे छ ।
मेरो सरकारले अतिक्रमित जग्गालाई एक वर्षभित्र सरकारी बनाउँछ : राष्ट्रपति
काठमाडौं । सरकारले एक वर्षभित्र देशैभर रहेका सरकारी अतिक्रमित जग्गाहरुलाई पुनः सरकारको मातहतमा ल्याउने भएको छ । संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यस्ता सम्पूर्ण सरकारी जग्गाहरु एक वर्षभित्र सरकारी बनाउने गरेकी हुन् । साथै उनले अब उप्रान्त सार्वजनिक जग्गा अपचलन हुन नदिने र अतिक्रमणमा लाग्ने दोषीलाई कारबाही गर्ने घोषणा गरिन् । भुमिहीनलाई भने आवास व्यवस्थाको व्यवस्था गरेर मात्रै सरकारी जग्गाबाट हटाउने सरकारी नीतिमा उल्लेख गरिएको छ ।