विकासन्युज

पुँजी बजारलाई सरकारको उपहारः समिश्रित वित्त, सामुहिक लगानी र भेञ्चर क्यापिटल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुँजी बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेको छ । सरकारले छरिएर रहेका साना पुँजीहरुलाई एकिकृत गरि लगानी योग्य बनाउने भनेको छ । ‘पुँजी बजारको विस्तार गर्दै छरिएर रहेका साना पुँजीहरु एकिकृत गरि लगानी योग्य बनाउन समिश्रित वित्त, सामुहिक लगानी र भेञ्चर क्यापिटल जस्ता संयन्त्र परिचालन गरिनेछ ’, सरकारको नीति तथा कार्यक्रममा लेखिएको छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा पुँजी बजारलार्इ प्रवर्द्धन गर्ने  विश्वास लगानीकर्तामा बढेकाे देखिएकाे छ । परिणाम बैशाखदेखि सेयर बजार करिब २०० अंकले बढेकाे थियाे ।

सबै नागरिकको स्वास्थ्य बीमा गरिने, जेष्ठ नागरिकलाइ निःशुल्क

काठमाडौ । सरकारले सबै नागरिककाे स्वास्थ्य बीमा गराउने नीति लिएकाे छ । दुर्इ वर्षभित्र सबै नागरिकलाइ स्वास्थ्य बीमाकाे दायरामा ल्याइने सरकारकाे नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, गत वर्ष घाेषणा भएकाे  ज्येष्ठ नागरिकले स्वास्थ्य लागू भएकाे छ ।  शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति र कार्यक्रम प्रस्तुत गर्दै ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएकाे बताएकी छिन् ।

निजगढ विमानस्थल र बुढिगण्डकी जलविद्युत आयोजना फेरी अनिश्चित

काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थल र बुढिगण्डकी जलविद्युत आयोजना फेरी अनिश्चित भएको छ । सरकारले यी दुबै आयोजनालाई कम प्राथमिकता दिएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपछि विद्यादेवी भण्डारीले विभिन्न ठूला परियोजनाको काम थालनी गर्ने र निर्माण सम्पन्न हुने परियोजनाको मिति नै तोकेकि छिन् । उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ मा निर्माण सम्पन्न गरिने बताईन । साथै पोखरा विमानस्थल सन् २०२१ को शुरुमा नै सम्पन्न गर्ने बताईन । त्यस्तै, मेलेम्ची आगामी आर्षिक वर्षभित्र निर्माण सम्पन्न गर्ने बताईन् छ । उनले पूर्वपश्चिम रेलमार्ग, उत्तर–काठमाडौं–दक्षिण रेलमार्ग निर्माण थालनी गरिने मिति नै तोकिकी छिन् । तर निजगढ अन्तराष्ट्रिय विमानस्थल र बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने सरकारी प्रतिवद्धता मात्र जनाइन् । अरु परियोजना निर्माण सम्पन्न गर्ने वा काम थालनी गर्ने मिति नै तोकिए पनि यी दुई ठूला परियोजनाको बारेमा सरकार मौन बस्नुले यी परियोजना सरकारको प्राथमिकता कम परेको जानकारहरुले बताएका छन् ।

वृद्ध भत्ता बढाउने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वृद्ध भत्ता बढाउने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको निती तथा कार्यक्रम मार्फत सरकारले वृद्ध भत्ता बढाउने घोषणा गरेको हो । हाल ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र एक हजार स्वास्थ्य उपचार शुल्क वापत कुल २ हजार पाउँदै आएका छन् । हाल दलित ज्येष्ठ नागरिकले ६० वर्षदेखि नै मासिक २ हजार रुपैंयाँ पाउँदै आएका छन् भने विधवा तथा एकल महिला, अपांग, लोपोन्मुख जातिले पनि त्यस्तो भत्ता पाउँदै आएका छन् । नेपालमा समाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेका छन् ।

जेठ १ गते देखि एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा आउने

काठमाडौं । सरकारले उद्योग विभाग अन्तरगतको एकल बिन्दु सेवा केन्द्र जेठ १ गतेबाट सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेको सरकारको नीति तथा कार्यक्रममा एकल एकल  बिन्दु सेवा केन्द्र जेठ देखी सञ्चालन गर्न लागेको बताईएकी हुन् । उद्योगी व्यवसायीलाई सहज ढंगले सेवा पुर्याउन केन्द्र  सञ्चालनमा ल्याउन लागिएको हो । एकल विन्दु सेवा केन्द्र सञ्चालनबाट व्यवसायीले एकै स्थानबाट उद्योग दर्ता, नविकरण लगायतका सम्पूर्ण काम गर्न सक्छन् । व्यवसायीहरुको काम सजिलोसँग गर्नका लागि सो केन्द्रमा राजश्व कार्यालय, अध्ययगमन विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, वातावरण कार्यालय, भूमि तथा व्यवस्थापन कार्यालय, उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिको कार्यालय हुने जनाइएको छ ।

आगामी वर्ष पूर्व पश्चिम रेलमार्ग निर्माण शुरु हुने

काठमाडौँ । सरकारले आगामी वर्ष पूर्वपश्चिम रेल मार्गको निर्माण कार्य शुरु गर्ने भएको छ । शुक्रबार आव २०७६/७७ को नीति कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रेल मार्गको निर्माण कार्य शुरु गर्ने बताएकी हुन् । निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य छिट्टै शुरु गर्ने र काठमाण्डौ–तराई मधेस द्रुत मार्ग ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ । ठूला आयोजनामा नागरिकको लगानी आह्वान गर्ने नीति सरकारले लिएको नीति कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले बताइन् ।

देशभरका ८० बढी पर्दामा “दाल भात तरकारी” रिलिज, भाबुक मुद्रामा फर्किदै दर्शक (भिडियो सहित)

काठमाडौँ । नेपाली चलचित्र ‘दाल भात तरकारी’ शुत्रबार देखि देशभर रिलिज भएको छ । देशभरका ८० बढी पर्दामा यो चलचित्र रिलिज भएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र ‘दाल भात तरकारी’ले विशेषगरि अमेरिका जानका लागि करोडौ खर्च गरेर डुबेको एक परिवारको कथा बस्तु बोकेको छ । श्रीमान् र श्रीमतीको झगडा, पारिवारिक सम्बन्ध, अमेरिकाको सपनालाई चलचित्रमा देखाइएको छ । चलचित्रले ‘दाल भात तरकारी’का लागि विदेश नै जानु भन्दा नेपालमा नै केही गर्न सकिन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ । मह संचारको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् । यस चलचित्र बारे निर्माण पक्ष् यसरी मिडिया सामु खुलेर उपस्थित भएको थिए ।

सिमेन्ट उद्योगलाई सरकारले टेको दियो, अब निर्यात थालिने

काठमाडौं । सरकारले सिमेन्ट उद्योगलाई निर्यात मुलक उद्योगको रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्र्रस्तुत गर्दै सिमेन्ट उद्योगको प्रवद्र्धन र निकासी वृद्धिमा सरकारले विशेष नीति लिने बताएकी हुन् । सिमेन्ट उद्योगमा निजी क्षेत्रको लगानी वृद्धि भईरहेको र यो उद्योग आत्मनिर्भर उद्योगको रुपमा विकास भईरहेको अवस्थामा सरकारले यस उद्योगलाई थप टेको दिदै निर्यात मुलक उद्योगको रुपमा विकास गर्न लागेको हो ।