बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी एकता २३ गते

<p>काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबिच २३ गतेर एकता हुने भएको छ । नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराई र फोरमका अध्यक्ष यादवबीच २३ गते पार्टी एकिकरण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । २३ गते प्रज्ञा प्रतिष्ठानमा भेला गरेर दुबै पार्टीले एक भएको घोषणा गर्नेछन् [&hellip;]</p>

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबिच २३ गतेर एकता हुने भएको छ । नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराई र फोरमका अध्यक्ष यादवबीच २३ गते पार्टी एकिकरण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । २३ गते प्रज्ञा प्रतिष्ठानमा भेला गरेर दुबै पार्टीले एक भएको घोषणा गर्नेछन् । एकिकृत पार्टीको नाम समाजवादी पार्टी, नेपाल राखिनेछ ।

राजनीतिक क्रान्ति सम्पन्न भएकाले आर्थिक क्रान्तिका लागि नयाँ पार्टीको आवश्यकता पर्ने डा. भट्टराईले बताउँदै आएका थिए । संघीय समाजवादी फोरमले समेत आफुलाई मधेशी मात्रै नभएर समग्र देशको पार्टीका रुपमा स्थापित गराउने प्रयास गर्दै आएको थियो । हाल फोरम सरकारमा सामेल भएको छ भने डा. भट्टराईको पार्टी विपक्षमा छन् । पार्टी एकिकरणपछि भने सरकारमा सहभागीताबारे अन्यौल सिर्जना भएको छ ।

Share News