कर्पोरेट क्रिकेट च्याम्पियन बन्न सफल सेञ्चुरी बैंक
काठमाडौं । इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक विरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । सो जितसंगै सेञ्चुरी बैंकले लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गर्न सफल भएको हो । साथै,शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा पनि सेञ्चुरी बैंकले एनआईसी एसिया बैंकलाई पराजित गरी च्याम्पियन बन्न सफल भएको छ ।
महालक्ष्मी विकास बैंकले गर्यो बृक्षारोपण कार्यक्रम
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.को महाराजगञ्ज शाखा र तुलसीपुर शाखाले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यव्रmम सञ्चालन गरेको छ । महाराजगञ्ज शाखाले महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेका छ । यता, बंैकको तुलसीपुर शाखाले तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबारनै बृक्षारोपण गरेको हो । बैँकका दुई शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका विरुवा वृक्षारोपण गरेको जनाइएको छ ।
स्वालम्बन लघुवित्तले गर्यो महिला कर्मचारीको व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिम
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीहरुका लागि एक दिने महिला कर्मचारी व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिमको आयोजना गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न तालिममा वित्तीय संस्थाबाट संचालित लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी एवं गुणस्तरीय कायम गरी दीगो रुपमा कार्यक्रम संचालन गर्न महिला कर्मचारीको विशिष्ट भूमिका हुने भएको र कर्मचारीको व्यक्तिगत बृत्ति विकासमा समेत टेवा पुग्ने हेतुले तालिमको आयोजना गरिएको हो । तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदै प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाको अघिल्लो बर्षको प्रगति र आगामी बर्षको कार्ययोजना सम्बन्धमा जानकारी गराउँदै यस्ता किसिमका तालिमले संस्थाको लक्ष्य अनुरुप कार्यक्रमलाई अगाडि बढाउन सकारात्मक सोचको विकास हुने र उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । तालिममा आफ्नो मन्तव्य राख्दै सहभागीले तालिमबाट सिकेका कुराले कार्यक्षेत्रमा गई कार्यक्रमलाई अगाडि बढाउन थप हौसला मिलेको बताउँदै संस्थाको लक्ष्य अनुरुप कार्य गर्न यस किसिमका उत्प्रेरणामूलक तालिमले ठूलो सहयोग पुग्ने बताए । तालिममा व्यक्तित्व विकास, सकारात्मक सोचको विकास र उत्प्रेरणा सम्बन्धी सीप सम्बन्धमा विभिन्न श्रोत व्यक्तिहरुबाट कक्षा संचालन गरिएको थियो । तालिममा केन्द्रीय कार्यालय लगायत विभिन्न शाखा/उपशाखा कार्यालयका ७४ जना महिला कर्मचारीको सहभागिता रहेको थियो ।