काठमाडौं । विकास मिडियाद्वारा सञ्चालित विकासन्युज डटकममा मिति २०८३ असोज २१ गते प्रकाशित ‘चोलेन्द्रदेखि दीपक र वंशीराजसम्म फैलिएको लहरो’ शीर्षकको समाचारमा दीपक भ्टटका बुबा चर्तुभुज भट्टले खण्डन पठाएका छन् ।
यवसायी दीपक भट्टले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कारागारबाट फोन सम्पर्क गरी मुद्दामा चलखेल गरेको भन्ने समाचारमा प्रकाशित दाबीलाई चतुर्भुज भट्टले अस्वीकार गरेका हुन् ।
उनले अदालतबाट न्याय प्राप्त हुनेमा आफू पूर्ण विश्वस्त रहेको र आफूसँग जोडेर फैलाइएका अफवाह निराधार रहेको दाबी गरेका छन् ।
चतुर्भुज भट्टले आफ्नो खण्डन तथा प्रतिक्रियालाई सम्बन्धित सञ्चारमाध्यममा प्रमुखताका साथ प्रकाशित गर्न अनुरोध गरेका छन् । खण्डनपत्रको बोधार्थ प्रेस काउन्सिल नेपाललाई समेत दिइएको छ ।