कर्णाली याक्स र विराटनगर किङ्सको खेल प्रभावित हुने सम्भावना

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार साँझ हुने कर्णाली याक्स र विराटनगर किङ्सबीचको खेल प्रभावित हुने सम्भावना देखिएको छ ।

वर्षा जारी रहे खेल सुरु हुन ढिलाइ हुने वा खेल नै रद्द हुन सक्ने सम्भावना देखिएको हाे ।

तेस्रो संस्करणको एनपीएलअन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा जनकपुर बोल्ट्सले जित हासिल गरिसकेको छ ।

यसअघि विराटनगर चितवन राइनोजसँग पराजित भएको थियो भने कर्णाली याक्स जनकपुर बोल्टससँग विजयी भएको थियो ।  

अब कर्णाली याक्स र विराटनगर किङ्सबीचको खेल वर्षाका कारण प्रभावित हुन्छ वा निर्धारित समयमै सुरु हुन्छ भन्ने विषय मौसममा निर्भर रहनेछ ।

Share News