विराटनगरले कर्णालीलाई दियो १८७ को लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्ससामु १८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन जोड्न सफल भएको हो ।

ओपनर लोकेश बमले ८७ रनको योगदान दिए । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरेका हुन् ।

यस्तै, एन्जेलो डेभिस म्याथ्युज ३१ तथा आन्द्रे रसेलले २७ रन जोडे ।

सोमपालले चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।

Share News