कर्णाली याक्सले टस जित्दै फिल्डिङ रोज्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार (आज) हुन लागेको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिला  फिल्डिङ रोजेको छ ।  

यससँगै अब विराटनगर किंग्सले पहिला ब्याटिङ गर्नेछ ।

कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । 

विराटनगर भने पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो । 

आजको खेल जित्दै कर्णाली आफ्नो विजयी यात्रा कायम राख्न चाहन्छ भने विराटनगर पहिलो हारपछि पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

Share News