पञ्चकन्याले मनायौ ४७औं वार्षिकोत्सव मनायो
काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८९औं जन्मोत्सव भदौ १५ गते एक कार्यक्रमको आयोजना गरी मनाएका छ । सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एसएस वाटर ट्याङ्क, एलजिएस, रेडिमिक्स कंक्रिट, बिटुमिन तथा हेभि इक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो । त्यसैगरी राम्रो कार्य गर्ने कर्मचारीहरुलाई प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरियो । उक्त कार्यक्रममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेकोबारे आफ्नो अनुभव सुनाए ।
सिन्धुपाल्चोकमा निर्माणधीन एकिकृत नमूना माझी बस्तीलाई माछापुछ्रे बैंकको ७ लाख सहयोग
काठमाडौँ । माछापुच्छ्रे बैंकले श्वेताश्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकिकृत नमूना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेताश्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई रु.७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । श्वेताश्री फाउण्डेशनले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, सागाँचोकमा माझी बस्तीको लागि ५३ वटा भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ । ५३ वटा भुकम्प प्रतिरोधात्मक आवास सहित अन्य पूर्वाधारको समुचित ब्यवस्थापन गरी एकिकृत नमुनाबस्तिको निर्माण गरिरहेको स्वेताश्री फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस् भन्ने उद्देश्यले माछापुच्छ्रे बैंकले रु.७ लाख आर्थिक सहयोग गरेको हो । अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएतापनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्यचौकी, रिटेनिङ्गवाल लगायत अन्य आवश्यक पूर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।
दशैमा सौगात र सलोनको ‘घनचक्कर’, असोज १७ गते रिलिज हुने
काठमाडौं। यसपालिको दशैंमा चलचित्र ‘घनचक्कर’ रिलिज हुने भएको छ । असोज १७ गतेअर्थात् फूलपातीको अघिल्लो दिन देशै भरिको हलहलमा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र घनचक्कर सार्बजानिक प्रदर्शनमा आउन लागेको हो । चलचित्र घनचक्कर मार्फत नवनायिका कास्मिरा लामाले नेपाली रजतपट मा डेब्यु गर्दै छिन । कास्मिरा , सौगात मल्ल र सलोन संगै सरोज खनाल, शिशिर भण्डारी, जेवी डिसी, इश्वोरी खड्का, दामोदर पौडेल, आशान्त शर्मा, कृष्णभक्त महर्जन, जनक घर्ति मगर, प्रवन भुसाल, ममता प्रधान लगायत चलचित्रमा अभिनय रहेको छ । डेब्यु निर्देशक जितेन्द्र राजोपाध्यायले चलचित्रलाई निर्देशनगरेका हुन् । चलचित्रमा मित्र गुरुङको सम्पादन, कथा अर्जुन सिंह, कागी लिम्बुको स्क्रिनप्ले र डाइलग, प्रदीप श्रेष्ठ र सिमोन राजबंशी कोरियोग्राफी रहेका छन् । भट्ट एण्ड सन्स ब्यानरबाट निर्माण भएको चलचित्रको यसअघि ‘हिरो हिरो’ र ‘दाइको सालो’ गरि २ ओटा गित रिलिज भैसकेका छन् । कमेडी बेसमा बनेको फिल्मले छुट्टै छाप दर्शकमा छाड्ने चलचित्र निर्माता हरि भट्ट सुर्यनाथले बताए। छिट्टै चलचित्रको ट्रेलर रिलिज हुने उनले जानकारी दिए ।