कामना सेवाद्वारा लक्ष्मी नारायण मन्दिरलाई आर्थिक सहयोग
काठमाडौं । कामना सेवा विकास बैंकले पोखरा लामाचौर बगैंचास्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ । सहयोग रकम पोखरा महानगरपालिकाका वडा अध्यक्ष शोभामोहन पौडेल र कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । बैंकका सञ्चालक देवकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागत मन्तव्य राखेका थिए भने वडा अध्यक्ष शोभामोहन पौडेल तथा जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सदस्य काशीराज आचार्यले मन्तव्य राख्दै बैंकले समाजिक क्षेत्रमा समेत सराहनिय कार्य गरेको र बैकलाई सबै क्षेत्रले सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए । उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १९ का सदस्य कृष्णप्रसाद गौतम, अकला आधारभुत विद्यालय र अकला आमा समूहका अध्यक्ष श्रीमती पार्वती काफ्ले, अकला आधारभुत विद्यालयका प्रध्यानध्यापक श्रीमती सिता काफ्ले, अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर पुजारी ज्योतिस लक्ष्मण पौडेल लगायतको उपस्थिति रहेको थियो । उक्त बैंकले ११८ वटा शाखा कार्यालय, ६२ एटिएम, एबिबएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ भि फाइभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
चलचित्र निर्देशक राजु गिरी ‘राष्ट्रिय नागरिक सम्मान’ बाट सम्मानित
काठमाडौँ । चलचित्र निर्देशक राजु गिरी ‘राष्ट्रिय नागरिक सम्मान’ बाट सम्मानित भएका छन्। नागरिक समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मान गरेको हो। कार्यक्रमका प्रमूख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मान गरेका हुन् । बिगत दुई दशक देखि चलचित्र क्षेत्रको प्रबर्धन लागिपरेका चलचित्र निर्देशक राजु गिरि ट्वाक्क टुक्क हास्य टेलिचलचित्रबाट अभिनय सुरु गर्दै आफ्नै लगानीमा ५२ घुस्सा ५३ ठक्कर टेलिफिल्म समेत निर्माण गरे । तत्पश्चात चलचित्र ‘चन्द्रवती’ मार्फत उनले निर्देशन यात्रा तय गरे । उक्त हिट चलचित्रमा राजेश हमाल, मुना उप्रेती, आयुष रिजाल लगायतले अभिनय गरेका थिए । उक्त चलचित्र हिट भएपछि उनले चलचित्र ‘बिन्दास’ को सिव्कलको निर्देशन गरे । उनले विन्दास- २ विन्दास- ३, विन्दास लाइफ- ४, मखमली – मखमली, टाइगर, जिस्म जिम्म –२, द रियल हिरो, राजा निर्देशन गरेका थिए । उनले निर्देशन गरेको चलचित्र मखमली चलचित्र २०१६ मा अमेरिकन फिल्म मार्केटमा नेपाली चलचित्रबाट छनौट भएको थियो र निर्देशक राजु गिरीले भोजपुरी चलचित्र ‘दिले वालेू हिन्दी चलचित्र ‘म्याड लबू पनि निर्देशन गर्ने तयारीमा छन् अहिलेका व्यस्त निर्देशक राजु गिरी चलचित्र ‘किर्ती’ छायांकन सकेर चलचित्र ‘म्याड लव’ हिन्दी चलचित्र निर्देशन गर्ने तयारीमा छन् । उनले एक दर्जन भन्दा बढि नेपाली उत्कृष्ट चलचित्र निर्देशन गर्दै नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदान तथा चलचित्र सम्बन्धि विभिन्न संघ संस्ठामा आबद्ध रही चलचित्रकर्मीहरुको उत्थानमा लागि पर्दै देश सेवामा समर्पित रहदैं आएको हुनाले उनको कार्यमा उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियो । निर्देशक राजु गिरि दर्जनौ राष्ट्रिय अन्तराष्ट्रिय सम्मान तथा अवार्ड मार्फत सम्मानित भईसकेका छन् ।
गायक सुनिल गिरीको ‘रोगै पिरती’ गीतको भिडियो सार्वजनिक
काठमाडौं । गायक सुनिल गिरीको नयाँ गीत ‘रोगै पिरती’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । लाम क्यारे माया बोलको गीतले चर्चा बटुलिरहेकै बेला गायक गिरीले शनिबार आफ्नै च्यानलबाट रोगै पिरती बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । तनहुँ आसपासका स्थानमा गाउँले परिवेशमा तयार पारिएको भिडियो हेर्दा हरेक प्रेमी जोडीले आफ्नो वैशाँलु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरुलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ । गायक स्वयमको अभिनय रहेको गीतको भिडियोमा समिक्षा क्षेत्रीको अभिनय देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन तथा मोसन ग्राफिक रहेको भिडियोको निर्देशन अनिलकृष्ण मानन्धरले गरेका हुन् । निर्देशक मानन्धरकै छायांकन रहेको गीतको एजेन्ज, कम्पोज पनि गायक गिरीकै हो ।हेर्नुहाेस् भिडियाे