पत्रकार ओली एआइपीएस स्पोर्ट्स मिडिया अवार्डबाट सम्मानित

काठमाडाैं । वरिष्ठ खेल पत्रकार प्रज्ज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशन (आइएसपीए)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड जितेका छन् । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै उनले ‘उत्कृष्ट स्तम्भ लेखन’ अवार्ड प्राप्त गरेका हुन् । हङ्गेरीको बुडापेस्टमा गए राति भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषित गरिएको हो । अर्जेन्टिना र स्पेनका खेल पत्रकारको समाचारलाई पछि पार्दै उनले रु नौ लाख राशिको सो पुरस्कार हात पारेका हुन् । उनी अङग्रजी दैनिक ‘दि काठमाडौँ पोष्ट’का खेलकूद व्यूरो प्रमुखका साथै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिवसमेत हुन् । एआइपीएसमा अवार्ड जित्ने उनी नेपालको पहिलो पत्रकार बने छन् । डेढ दशकदेखि खेलकूद पत्रकारितामा सक्रिय रहँदै आएका पत्रकार ओलीले गत असार १९ गते काठमाडौँ पोस्टमा मुस्किलले ५० खेल खेलिने ‘नेपालमा झण्डै २०० खेल सङ्घ पालिएका छन’् शीर्षकमा समाचार सम्प्रेषण गरेका थिए । त्यही समाचार विश्वभरका १८० देशका सयौँ पत्रकारले पठाएको समाचारमध्ये सर्वोत्कृष्ट बनेको हो । सो विधामा स्पेनका कार्लोस माटालान्स र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोक शीर्ष तीनमा पारेका थिए । ओलीले लेखेका समाचार शीर्ष ३०, शीर्ष १० हुँदै शीर्ष तीनमा परेको थियो । उक्त अवार्डले नयाँ पुस्तालाई अझ मेहनत गर्न प्रेरणा मिलेको उनले बताए । नेपालमा अनावश्यक रुपमा खेलकूद सङ्घहरु स्थापना गरिँदै आएको विषयवस्तुलाई पत्रकार ओलीले आलेखमा उजागर गरेका थिए । उनले उक्त समाचार १५ दिनभन्दा बढी समय खर्चेर तयार पारेका थिए । इन्टरनेशनल स्पोर्टस प्रेस एशोसिएशन (एआइपीएस) विश्वभरका खेलकूद पत्रकारको सर्वोच्च संस्था हो । एआइपीएसमा १६१ देशका खेलकूद पत्रकार सङ्घ आबद्ध छन् । नेपाल खेलकूद पत्रकार मञ्च उक्त एशोसिएशनमा आबद्ध छ । आइएसपीएले गत वर्षदेखि ‘एआइपीएस स्पोर्टस मिडिया अवार्ड’ प्रदान गर्दै आएको छ । उत्कृष्ट तीनभित्र परेका स्पेनका कार्लोसले टेनिस खेलाडी राफेल नाडालबारे उनका एक शुभचिन्तकले लेखेको भावुक पत्रलाई आधार बनाएर समाचार लेखेका थिए । यस्तै अर्जेन्टिनाका सबास्टिनले अर्जेन्टिनाको टेनिसमा हुने गरेको म्याच फिक्सिङबारे समाचार लेखेका थिए । रासस

बार्सिलोनाको अफिसियल पेजमा प्रियंका कार्की, लेखियाे-‘वि लभ नेपाल’

काठमाडौं । बार्सिलोनाको अधिकारिक फेसबुक पेजले कलाकार नायिका प्रियंका कार्कीको तस्विर  पोष्ट गरेकाे छ । बार्सिलोनाको अधिकारिक फेसबुक पेजले सोमबार ‘वि लभ नेपाल’ भन्दै कलाकार प्रियंका कार्कीको तस्विर पोष्ट गरेकाे हाे । कार्की आईतबार ब्वाईफ्रेण्ड आयुसमान देशराज जोशी र अन्तर्राष्ट्रिय युटुबर गबी गर्सियासँग गेम हेर्न बार्सिलोनाको होम स्टेडियम क्याम्प नोउ पुगेकी थिईन् । बार्सिलोना वा बार्साको नामले चिनिने यो क्लब स्पेनको एक व्यावसायिक फुटबल क्लब हो, जुन स्पेनको बार्सिलोनामा अवस्थित छ । यसको पुरा नाम एफसी बार्सिलोना अर्थात फुटबल क्लब बार्सिलोना हो ।

जबरजस्ती करणी गरी फरार हेमन सिंह बस्नेत पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरी फरार रहेका आरोपी हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले सोमबार पक्राउ गरेको छ । धादिङ्ग घर भएका हाल सोही स्थानमा बस्ने बस्नेतले गजुरीस्थित हलेदेखाेला बस्ने स्थानीय १६ वर्षे युवतीलाई आफ्नै घर कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी निजले बोल्न कराउन नसक्ने गरी मुख थुनी जबरजस्ती करणी गरी फरार भएका थिए । भारतमा लुकिछिपी बसी पछिल्लो समयमा नेपाल आएका बस्नेत सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारको लागि कुबेत जाने क्रममा निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निजलाई आवश्यक कानुनी कारबाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय धादिङ्ग पठाईएको छ ।