साग पदक जित्ने छ खेलाडीलाई तारकेश्वर नगरपालिकाले गर्याे नगदसहित सम्मान

काठमाडाैं । तारकेश्वर नगरपालिकाले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने आफ्नो नगरपालिकाका खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो । नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी र सुनिता महर्जन तथा साइक्लिङकी निष्मा श्रेष्ठलाई जनही रु २५ हजारसहित सम्मान गरेको हो । यस्तै सागमा रजत पदक जित्ने फेन्सिङकी कमला श्रेष्ठ तथा उसुकी मीना ग्ल्यान र विश्व बुढामगरलाई रु २० हजारसहित सम्मान गरिएको थियो ।  

नेपाल भ्रमण वर्ष सचिवालयले संसारकै अग्लो स्थान गोक्योे तालमा स्केटिङ खेल गर्दै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवमलयले संसारकै अग्लो हिमाल सगरमाथाको गोक्यो तालमा स्केटिङ खेलको आयोजना गर्ने भएको छ । सभिवालयले बिहिबार पत्रकार सम्मेलन गर्दै १४ फेब्रअरी अर्थात फागुन २ गते पत्रकारस सम्मेलन गर्दै स्केटिङ खेलको आयोजना गर्ने बताएको हो । खेल खेल्नका लागि अमेरिका, क्यानडा, रसिया र भारतबाट खेलाडि आइसकेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा अनुसार पर्यटकहरु आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम आयोजना गरिरहेके सचिवालयले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुसार पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा नयाँ खेल गर्न लागिएकाे बताए । उनले सगरमाथा क्षेत्रको गोक्यो तालमा मैत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना हुने बताए । हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकहरुलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने विश्वास गरिएको छ। विश्वभरी खुला तालमा हुने यस्ता प्रतियोगिताहरु प्रसिद्ध भइरहेका बेला नेपालको हिमाली क्षेत्रमा रहेको ठूलो संभावनालाई नेपाल भ्रमण वर्षले एउटा नयाँ उत्पादनका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनसार यो खेल आयोजना गरेको हो। । गोक्यो ताल सोलखम्ब जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाईमा अवस्थित छ । यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता पनि हो। रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मुख्य रोजाइको क्षेत्र पनि हो। सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ । यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका उपयुक्त भएको निश्कर्ष निकालिएको हो । गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन ।

झुक्किएर बीमा क्षेत्रमा पसेका महालक्ष्मी लाइफका डीसीओ श्रेष्ठ भन्छन्ः मलाई धकेल्नेलाई धन्यवाद

काठमाडौं । २०५८ साल जेठ १ गतेबाट रामेश्वर श्रेष्ठ बीमा क्षेत्रमा प्रवेश गरे । उनले सो अवधिदेखि २०७४ सालसम्म नेपाल लाईफ इन्स्योरेन्समा काम गरे । सुरुका २ वर्ष नेपाल लाइफको शाखामा काम गरेका उनले त्यसपश्चात सोही कम्पनीको फाइनास्स चिफ भएर काम गर्ने अवसर पाए । हाल महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिइओ पद सम्हालेका श्रेष्ठ मास्टर्स गरेपछि झुक्किएर बीमा क्षेत्रमा प्रवेश गरेको बताउछन् । हाल भने उनी सो पेशामा सन्तुष्ट रहेका छन् । र, युवा पुस्ताको लागि बीमा क्षेत्र असाध्यै सम्भावनाको क्षेत्र हो भन्ने उनको बुझाई छ । आफूले जानेर गरेको कुरा मात्र भन्दापनि कहिलेकाँही नबुझेको कामले समेत आफूलाई राम्रो गर्ने उनको अनुभव छ । विदेशमा गएर पसिना बगाएका दाजुभाइले नेपालमा राम्रोसँग काम गरे प्रसस्त सम्भावना र अवसर रहेको उनले देखेका छन् । बीमा क्षेत्रलाई दुःखको बेलामा अर्काको आखाँको आशु पुछ्ने व्यवसायको रुपमा उनले बुझेका छन् । र, सबैले बीमा गर्नै पर्ने उनको सुझाव पनि छ । ‘बीमा गर्दा आफ्नै जीवनकालमा पनि फाइदा हुन्छ, र अर्काे कुरा, कुनै न कुनै दिन त हामी सबैजना पर्छाैं नै, बीमा भनेको यस्तो क्षेत्र हो, जसले बाँच्दा पनि फाइदा दिन्छ र मर्दा पनि आश्रित परिवारलाई आर्थिक क्षतिपूर्ति दिन्छ,’ श्रेष्ठले भने । बीमा क्षेत्रमा काम गर्दा आम्दानी पनि धेरै हुने उनले बताए । ‘विगत २/४ वर्षयता बीमा क्षेत्रमा लागेका मान्छेहरुले नसोचेको सम्पत्ति कमाएका छन्, इमान्दारीपूर्वक काम गर्ने हो भने यो क्षेत्रबाट कमाई धेरै हुन्छ,’ श्रेष्ठ अनुभव सुनाउँछन् । बीमा क्षेत्रको बारेमा जानकारी लिन यही क्षेत्रमा पस्नुपर्ने उनको तर्क छ । बाहिरबाट हेर्दा देखिने सम्भावना र भित्र पसेर अनुभव र उपयोग गर्न सकिने अवसरमा फरक हुन सक्ने श्रेष्ठले बताए । उनको प्राथमिकतामा महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीको बजार तथा व्यवसाय विस्तार छ । पछिल्लो चरणमा संचालनमा आएका १० वटा जीवन बीमा कम्पनीमध्ये पनि महालक्ष्मी सबैभन्दा कान्छो कम्पनी हो । तर, यो कम्पनीको व्यवसाय विस्तार अन्यको तुलनामा राम्रो रहेको श्रेष्ठको दाबी छ । गत वर्ष महालक्ष्मी लाइफले ४ महिनामा नै ११ करोड रुपैयाँ नाफा गर्यो । महालक्ष्मीलाई नयाँ १० वटा कम्पनीसँग प्रतिस्पर्धा मात्रै गर्ने छुट छैन । अहिले संचालनमा रहेका १९ वटा कम्पनीसँग नै प्रतिस्पर्धा गर्नुपर्नेछ । धेरै परिसूचक तुलना गर्दा पनि महालक्ष्मी इन्स्योरेन्स कम्पनी समग्रतामा १०औं स्थानमा रहेको श्रेष्ठले बताए । महालक्ष्मीको लक्ष्य नै बीमा बजारमा सबैभन्दा धेरै बोनस दिने कम्पनीको रुपमा पहिचान बनाउने । यसका लागि कम्पनीको सम्पूर्ण टीम दिनरात मेहेनत गरिरहेको उनले सुनाए । नियामक निकायले तोकेको मापदण्ड तथा बीमा बजारका मानकलाई आत्मसाथ गर्दै अगाडि बढेमा कम्पनीले राम्रो प्रगति गर्ने उनको बुझाइ छ । महालक्ष्मी लाइफका २ चुनौति महालक्ष्मी इन्स्योरेन्सको चुनौतिमा कान्छो कम्पनी भएकाले विश्वास दिलाउन गाह्रो एउटा चुनौति हो । आफूभन्दा अगाडि नै १८ वटा कम्पनीले बजारमा प्रतिस्पर्धा सुरु गरेकोले ढिलो आएको कम्पनीलाई स्थापित हुन संघर्ष गर्नुपर्ने देखिन्छ । कम्पनीको अर्को चुनौति भनेको प्रतिस्पर्धा हो । बीमा बजारमा केही हदसम्म अस्वस्थ्य प्रतिस्पर्धा पनि हुन थालेकोले त्यसको सामना गरेर अगाडि बढ्ने कम्पनी नै भविष्यमा अब्बल ठहरिन्छ । यसको लागि महालक्ष्मीले आफूलाई अब्बल स्थापित गर्नुपर्छ । अबको ५ वर्षभित्रमा सबैभन्दा राम्रो कम्पनी बनाउने अभियानमा महालक्ष्मी इन्स्यारेन्स छ । कम्पनीको व्यवसाय नयाँ बीमा कम्पनी आउँदा प्रतिस्पर्धा बढ्छ नै । भएको बजारलाई भागबण्डा गर्ने हो भने सबै कम्पनीको आम्दानी घट्छ भने बिमितले फाइदा पनि कम पाउँछन् । तर, बजार विस्तार गर्न सकेमा बीमा क्षेत्रलाई नै फाइदा हुन्छ । बिमितलाई पनि बढी लाभ प्राप्त हुन्छ । यसै कुरालाई केन्द्रमा राखेर महालक्ष्मीले बजारको दायरा नै बढाउने अभियान थालेको छ । अधिकांश परिसूचकको तुलना गर्दा महालक्ष्मी लाइफ इन्स्योरेन्स १०औं स्थानमा पर्नुले आफ्नो व्यवसाय बृद्धि राम्रो रहेको पुष्टी हुने श्रेष्ठ बताउँछन् । सोसल ड्रिङ्कर मदिराजन्य पदार्थको सेवनमा डेपुटी सीईओ श्रेष्ठको त्यति लगाव छैन । तर, साथीभाइ र अफिसकै केही जमघटमा भने कहिले काँही मदिराजन्य पदार्थको सेवन गर्नुपर्ने उनी बताउँछन् । ‘कहिले काँही पिउने गरेको छु, अफिसका सहकर्मी तथा साथीभाइहरुका बीचमा कहिले काँही पिउने भएकोले मलाई सोसल ड्रिङ्कर भन्दा उपयुक्त होला,’ उनले हास्दै भने । राम्रो बानी श्रेष्ठको स्वभाव सबैसँग मिल्नसक्ने खालको छ । नयाँ मान्छेहरुसँग पनि उनी सजिलै घुलमिल हुन्छन् । र, उनले काम गरेर छोडेका संस्थाका हाकिमदेखि तल्लो तहका कर्मचारी पनि उनलाई सम्झन्छन् । ‘प्रतिस्पर्धी कम्पनीका सीईओदेखि पियनसम्म केक बोकेर भेट्न आउँछन्, साथी सर्कल ठूलो छ, मेरो सबैभन्दा ठूलो सम्पत्ति नै यही हो,’ श्रेष्ठले भने । नराम्रो बानी उनी अलि हक्की स्वभावका छन् । त्यसैले कुनै बेला उनी अलि कडा रुपमा पनि प्रस्तुत हुने गर्छन् । यो बानी उनी आफैलाई पनि ठीक लाग्दैन । ‘कसैले नचाहिने काम गर्यो भने मलाई झनक्क रिस उठ्छ, रिस उठेको बेलामा त्यस्तै रुपमा प्रस्तुत हुन्छु, यो मेरो बानी ठीक होइन, त्यसरी रिसाएँ भने तत्काल पश्चाताप गर्ने गर्छु,’ श्रेष्ठले भने । बीमा व्यवसाय धर्म, बिमित भगवान बीमा प्रोफेसनलको रुपमा उनी बिमितलाई भगवान ठान्छन् । बिमितको कारणले नै बीमा कम्पनीको व्यवसाय बढेको, राज्यलाई ठूला परियोजना संचालन गर्ने स्रोत उपलब्ध भएको, सरकारले कर प्राप्त गरेको, सर्वसाधारणले रोजगारी पाएको जस्ता व्याख्या उनी सुनाउँछन् । र, बीमाकर्म उनको धर्म बनेको छ । बीमा धर्मबाट आफू कहिल्यै बिचलित नहुने उनले सुनाए । कुराकानीको बिट मार्ने बेलातिर उनले एउटा कथा सुनाए । त्यो कथाको सार यस्तो थियो– कुनै ठाउँमा स्वीमिङ प्रतिस्पर्धा चलिरहेको रहेछ । त्यहाँ एक जना स्वीमिङ गर्न जान्ने व्यक्ति पनि रहेछ । तर, उसलाई पोखरीमा हामफाल्ने आँट आइरहेको रहेनछ । यस्तैमा कसैले सो व्यक्तिलाई पोखरीमा धकेलिदिएछ । पोखरीमा परेपछि ऊ मज्जाले पौडन थालेछ र प्रतिस्पर्धामा सबैलाई जितेर प्रथम भएछ । र भनेछ– मलाई धकेलेर जसले पोखरीमा हालिदिनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद छ । यो कथाको प्रसंग उनले आफूलाई बीमा क्षेत्रमा धकेल्ने व्यक्तिका लागि सुनाएका थिए । बीमा क्षेत्रमा आउने उनको तीब्र इच्छा नभए पनि जागिरको खोजीकै क्रममा यो क्षेत्रमा आएका थिए ।