जबरजस्ती करणी गरी फरार हेमन सिंह बस्नेत पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरी फरार रहेका आरोपी हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले सोमबार पक्राउ गरेको छ । धादिङ्ग घर भएका हाल सोही स्थानमा बस्ने बस्नेतले गजुरीस्थित हलेदेखाेला बस्ने स्थानीय १६ वर्षे युवतीलाई आफ्नै घर कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी निजले बोल्न कराउन नसक्ने गरी मुख थुनी जबरजस्ती करणी गरी फरार भएका थिए । भारतमा लुकिछिपी बसी पछिल्लो समयमा नेपाल आएका बस्नेत सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारको लागि कुबेत जाने क्रममा निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निजलाई आवश्यक कानुनी कारबाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय धादिङ्ग पठाईएको छ ।
अमेरिका जान लालायित युवालाई सुझावः ३१ प्रकारका जागिर अत्यन्त जोखिमपूर्ण
काठमाडौं । अधिकांश नेपाली यूवाहरु अमेरिका पलायन हुन लालायित छन् । अमेरिकामा गएर जागिर खाने, डलरमा तलब बुझ्ने अनि त्यहाँको आधुनिक रहनसहनमा रमाउने चाहनाले धेरै यूवापिढीलाई गाँजेको छ । चाहे रेष्टुराँमा भुइँ पुछ्ने काम होस् वा सामान डेलिभरीको जागिर । काम जेसुकै होस्, मात्र अमेरिकी डलरमा पारिश्रमिक बुझ्न पाए पुग्यो । तर तितो सत्य के हो भने नेपाली लगायत अधिकांश आप्रवासीहरुले अमेरिका गएर गर्ने अधिकतम काम जोखिमयुक्त रहेका छन् । अमेरिकी ब्युरो अफ लेबर स्टाटिस्टीकले सन् २०१८ मा कति जना मानिसहरुले जागिर गर्ने क्रममा ज्यान गुमाए भनेर तथ्यांक सार्वजनिक गरेको छ । सो जागिर गर्ने प्रत्येक १ लाख जनामा कति जनाले ज्यान गुमाए भनेर निकालेको सूचनाको आधारमा एजेन्सीहरुले अमेरिकाको सबैभन्दा बढी खतरनाक ३१ वटा जागिरहरुको सूची तयार गरेका छन् । सबैभन्दा बढी जोखिमयुक्त जागिर भनेर यातायत क्षेत्रसँग सम्बन्धित जागिरलाई राखिएको छ । प्रत्येक १ लाख जागिरेमध्ये धेरै फेटालिटी रेट (घाउ, चोट वा गम्भिर दुर्घटनाको दर) को आधारमा सबैभन्दा जोखिमयुक्त ३१ जागिर अथवा कामहरुको प्रकृतिको सूची प्रस्तुत गरिएको छ । जुन काम गर्नुपूर्व जोखिमको बारेमा जानकारी लिन जरुरी छ । (१) लगिङ कामदार मुख्य काम – मेसिनरी प्रविधी तथा हाते औजारको प्रयोगद्धारा रुख काट्ने काम । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ९७.६ जना (२) फिसिङ तथा सोसम्बन्धी कार्य मुख्य काम – जाली, फिसि¨ रड तथा अन्य साधनको प्रयोगद्धारा माछा र अन्य जलचर प्राणीहरुको संकलन । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ७७.४ जना (३) विमान चालक तथा हवाई इञ्जिनियरहरु मुख्य काम – यात्री तथा कार्गोको ओसापसारका लागि तोकिएको रुटअन्तर्गत विमानको संचालन तथा विमान मर्मत । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५८.९ जना (४) घरको छानासम्बन्धी काम मुख्य काम – आवास तथा अन्य संरचनाहरुमा काठ, जस्ता, फलाम, आल्मुनियम लगायतका सामाग्रीको छाना लगाउने तथा आवश्यक मर्मतसंभार गर्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५१.५ जना (५) पुर्नप्रयोग हुने बस्तु वा फोहोरको संकलन मुख्य काम – पुर्नप्रयोग हुने फोहोर बस्तुको संकलन तथा नहुने बस्तुहरुको ब्यवस्थापन । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ४४.३ जना (६) सामाग्री वितरक (सेल्स वर्कस्) तथा ट्रक चालक मुख्य काम – बस्तु तथा सामाग्रीहरुको बिक्री तथा वितरणको लागि ट्रक तथा अन्य यातायात साधनको संचालन । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २६.० जना (७) कृषि ब्यवस्थापन मुख्य काम – कृषि फार्म तथा अन्य कृषिजन्य स्थापनाको योजना, निर्देशन, समन्वय तथा ब्यवस्थापन र संचालन । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २४.७ जना (८) संरचनागत फलाम तथा स्टिल कामदार मुख्य काम – फलामे वा स्टिलको प्रयोग गरी बन्ने संरचनामा ती सामाग्रीहरुको जडान, स्थापना तथा मर्मत । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २३.६ जना (९) निर्माण तथा उत्खननका सुपरिवेक्षण मुख्य काम – ठूला निर्माण तथा खानी वा उत्खनन क्षेत्रका कामदारहरुको प्रत्यक्ष सुपरिवेक्षण तथा समन्वय । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २१.० जना (१०) विद्युतीय तार जडान तथा मर्मत मुख्य काम – विद्युतीय गृह, परियोजना तथा वितरण केन्द्रको तारहरुको जडान तथा मर्मतसंभार । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १९.३ जना (११) विविध कृषिजन्य कामदारहरु मुख्य काम – खेती, कृषि तथा अन्य कृषिजन्य व्यवसायमा काम । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १८.० जना (१२) निर्माण सहयोगीहरु मुख्य काम – निर्माण क्षेत्रहरुमा निर्माणमा खटेका कामदारलाई सहायता । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १५.८ जना (१३) पुलिस/सुरक्षाकर्मी मुख्य काम- स्थानीय तथा संघिय कानून तथा अन्य अध्यादेशको कार्यान्वयन गरी मानव जिवन र सम्पत्तिको सुरक्षाका साथसाथै शान्ति तथा सुरक्षा कायम । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १३.७ जना (१४) निर्माण क्षेत्रका कामदार मुख्य काम – निर्माण क्षेत्रहरुमा शारिरिक श्रममा आधारित कार्यहरु । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १३.० जना (१५) सामान्य मर्मत तथा संभार कार्य मुख्य काम – मेसिन, मेसिनका हिस्सा तथा अन्य औजारको सीपमा आधारित मर्मत तथा संभार । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १२.५ जना (१६) खानीको मेसिन अपरेटर मुख्य काम – बालुवा, कोइला, इन्धन तथा धातुका खानीमा सम्बन्धीत बस्तुको उत्खनन गर्नका लागि विभिन्न किसिमका मेसिनको प्रयोग । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ११.० जना (१७) इञ्जिनियर तथा निर्माणसम्बन्धी उपकरण तथा मेसिन अपरेटर मुख्य काम – निर्माण कार्यमा प्रयोग हुने विभिन्न प्रकारका उपकरण तथा मेसिनको संचालन । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १०.६ जना (१८) बस तथा ट्रकको मेकानिक र डिजेल इञ्जिन विशेषज्ञ मुख्य काम – बस, ट्रक तथा विभिन्न डिजेल इञ्जिनको चेकजाँच, परिक्षण, मर्मत । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ९.५ जना (१९) इलेक्ट्रिसियन मुख्य काम – तार तथा अन्य विद्युतीय सामाग्रीको जडान, रेखदेख तथा मर्मतसंभार गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ८.८ जना (२०) हिटर, यअर कन्डिसन र फ्रिज लगायतको जडान मुख्य काम – हिटर, यअर कन्डिसन र फ्रिज लगायतको जडान तथा मर्मत संभार । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ८.५ जना (२१) खेलाडी, धावक र एम्पायर मुख्य काम – विभिन्न खेलकुद प्रतियोगीताहरुमा प्रतिस्पर्धा गर्ने, प्रशिक्षण दिने लगायत । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ७.६ जना (२२) औद्योगीक ट्रक र ट्र्याक्टर अपरेटर मुख्य काम – वयर हाउस, गोदाम, फ्याक्ट्रि, निर्माण क्षेत्र लगायत अन्य विभिन्न स्थानमा कच्चा पदार्थको वसारपसार तथा उत्पादित सामानको ढुवानी । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.८ जना (२३) ट्याक्सी चालक र ब्यक्तिगत सवारी चालक मुख्य काम – अटोमोबाइल, भ्यान वा ब्यक्तिगत गाडी चलाउने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.७ जना (२४) सिकर्मी–डकर्मी मुख्य काम– काठको झ्यालढोका बनाउने, काठका अन्य सामाग्रीको निर्माण गर्ने, ठड्याउने वा स्थापना गर्ने, आवश्यक मर्मतसंभार गर्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.६ जना (२५) आकष्मिक चिकित्सकिय प्रावधिक तथा प्यारामेडिक्स मुख्य काम – थुनिएका, पुरिएका वा संकटमा परेका मानिसहरुको उद्धार गर्ने । आकष्मिक स्वास्थ्य सेवाको आँकलन गर्ने र सेवा प्रदान गर्ने । बिरामी वा घाइतेलाई तत्कालै स्वास्थ्य सुविधा केन्द्रसम्म पुर्याउने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.५ जना (२६) सुरक्षा गार्ड मुख्य काम – चोरी, हिंसा वा नियमको उल्लंघनलाई रोक्न पहरेदारी गर्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.४ (२७) वेल्डिङ मुख्य काम – फलामको सामाग्रीहरुलाई काट्ने, जोड्ने, फिटिङको लागि प्वाल पार्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.२ जना (२८) गाडीको मर्मत मुख्य काम – सवारीसाधनमा आएको समस्याको पहिचान तथा निराकरण । गाडीहरुको मर्मत गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.१ जना (२९) हाते श्रम तथ सामाग्रीको ओसारपसार मुख्य काम – भरिया, औजार वा मेसिनविना विभिन्न सामानहरुको बोकेर ओसारपसार गर्ने तथा अन्य सामान्य श्रम गर्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५.८ जना (३०) प्लम्बिङ मुख्य काम – पाइप लगाउने, पाइप काट्ने वा जोड्ने, पाइप तथा ढलको मर्मत गर्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५.६ जना (३१) रंगरोगन र मर्मत मुख्य काम –पर्खाल, घर, पुल, भवन तथा अन्य संरचनामा रंग पोत्ने । गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५.३ जना
कोरोना भाइरसबाट अस्तव्यस्त भएकाे चीनलाई नेपालले पठायाे १२ हजार थान मास्क
काठमाडौं । हालै मित्रराष्ट्र चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण जनजिवत अस्तव्यस्त भएको छ । हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसँगै चीनमा सुरक्षाका लागि माक्सको माग बढ्दो छ । विशेषगरी नेपालसँग सिमा जोडिएको चिनिया प्रान्त तिब्बतमा समेत भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको छ । तसर्थ यस संघले चाइना तिब्बत चेम्बर अफ बोर्डर टेनलाई सहयोग स्वरुप १२ हजार थान मास्क प्रदान गरेको छ । उक्त चेम्बरसँंग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।