सीमा नाका बन्द हुँदा महाकालीमा पाैडेर दार्चुला पुगेपछि…(भिडियाेसहित)

काठमाडाैं ।  कोरोनालाई मध्यजनर गर्दै सीमा नाका बन्द गरिएपछि एक युवक भारतसँग सीमा जोडिएको महाकाली नदी पौडले दार्चुला आएका छन् । कोरोनाका कारण सरकारले ‘लकडाउन’सँगै सीमा नाका बन्द गरेपछि उनीलगायत पाँच सय नेपाली भारतको धार्चुलामा अलपत्र थिए । उनी बैतडीको डिलासैनी गाउँपालिकाका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । सीमा बन्दका कारण दार्चुलाका सीमा नाकामा करिब पाँच सय नेपाली नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नारगरिरहेका छन् । सीमा बन्द हुँदा महाकाली नदि पौडेर दार्चुला पुगे नेपाली।।भिडियो : नरेन्द्र कार्की Posted by Bikashnews.com on Monday, 30 March 2020 भिडियाेः नरेन्द्र कार्की, दार्चुला । 

११३७ मा फोन आएपछि सामानसहित सरकारी टोली सुत्केरीको घरमा

काठमाडौं । सरकारले सामान सकिए घरघरमा आएर समान उपलब्ध गराउने भनेको थियो । त्यसै अनुरुप सरकारले ललितपुरको लेलेमा घर भएकी एक सुत्केरीलाई सामान पुर्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल फ्रि नम्बर ११३७ मा फोन आयो र लेलेकी सुत्केरी महिलाले म सुत्केरी भएको केही दिन भयो । मैले खाना पाकाउने ग्यास पाइन भनेर वाणिज्य विभागमा फोन आयो । टोल फ्रिमा आएको फोनलाई वाणिज्य विभागले गम्भिरतका साथ लियो । वाणिज्यको टोलि ललितपुरको सुत्केरी महिलाको घर नजिकै भएको ग्यास डिलरमा गएर ति महिलाको घरमा ग्यास लगिदियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशक तथा प्रवक्ता रविन्द्र आचार्यले सुत्केरीको घरमा ग्यास र्पुयाएको बताए । मानवियताका हिसाबले पनि सुत्केरीले खान पकाउन ग्यास भएन भने पनि विभागले ति महिलालाइ ग्यासको व्यावस्था मिलाइदिएको आचार्यले विकासन्यूजसगँ बताए । सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरपुर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकराले टोलटोलमा सामान पुर्याउने तयारी भइरहेको बताएका छन् । सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उनले जानकारी दिए । काठमाडौँ उपत्यकामा अत्यावश्यक वस्तु र्पुयाउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था उद्योग मन्त्रालयले गरेको छ । काठमाडौँ ललितपुर र भक्तपुरमा सात/सातवटा मिनीट्रक तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ । केही दिन अघि उद्योग मन्त्री लेखराज भट्टले पनि मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु र्पुयाइने बताएका थिए । जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यसका लागि मन्त्रालयले ११३७ टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याएको छ । कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा सामान र्पुयाउनु पर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको मन्त्रीको भनाइ थियो । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन भइरहेको अवस्थामा यस्तो तयारी गरेको हो । सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको मन्त्रालयले जनाएको छ ।

चलचित्र कलाकार संघले कोरोना नियन्त्रण कोषमा दियाे एक लाख रूपैयाँ

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख एक हजार रूपैयाँ सहयाेग गर्ने भएकाे छ । संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले सरकारले स्थापना गरेको उक्त कोषमा साे मात्राकाे रकम सहयाेग गर्ने  निर्णय गरेका हुन् । संघका अध्यक्ष रबिन्द्र खडकाको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहमतिमा कोषमा १ लाख एक हजार रूपैयाँ प्रदान गर्ने निर्णय भएको हाे । साथै, लक डाउनको अवधीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने दाजु भाई दिदीबहिनीहरूका साथै श्रमिक चलचित्रकर्मीहरू पनि समस्यामा पर्न आएकोले संघले यस सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएकाे छ ।