नेपाल लिकर्सद्वारा मोरङको बुढीगंगा गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण

काठमाडाैं । नेपाल लिकर्स प्रालिले मोरङको बुढीगंगा गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी नेपाल लिकर्स प्रालिले राहत सामग्री हस्तान्तरण गरेको हाे। कम्पनीका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर राजेश वीर सिंह तुलाधरले गाउँपालिकालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । नेकपा बुढीगंगा गाउँ कमिटीको संयोजनमा राहत सामाग्री हस्तान्तरण गरिएको हो । नेपाल लिकर्स प्रालिले ५० बोरा चामल, २ बोरा नुन, ३ कार्टुन तेल गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीलाई हस्तान्तरण गरिएको हो । राहत सामाग्री नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले गाउँपालिका अध्यक्ष माझीलाई हस्तान्तरण गरेको जनाइएको छ । साहत सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष माझीले संकटको अवस्थामा हस्तान्तरण गरिएको राहतका लागि नेपाल लिकर्स प्रालिका अध्यक्ष तुलाधर, जनेरल म्यानेजर कलमप्रसाद सिटौलालाई धन्यवाद व्यक्त गरे । राहत हस्तान्तरणमा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार लगायतका विभिन्न वडाका वडाध्यक्षहरुसहितका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

लकडाउनमा के गर्दै छन् नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोर ?

काठमाडौं । विश्वव्यापी महामारीकाे रूप लिइरहेकाे कोरोना भाइरसको माहामारी रोक्नका लागि नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनका कारण ठूला उद्योगीदेखि सर्वसाधारण मजदुरसम्म घरमै बसिरहेका छन् । सधैँ अति व्यस्त र सक्रिय रहने उद्योगीहरु लकडाउनको समयमा के गर्दैछन् ? कसरी दिन कटाउँदैछन् ? नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरकाे दिनचर्या लकडाउनले बदलिएको छ । लकडाउनभन्दा अगाडि दिनमा १०/१२ घन्टा व्यस्त हुने अध्यक्ष माेर आजभोलि घरपरिवारसँग नै दिन विताइरहेका छन् । उनलाई लकडाउनको समयमा उपभोक्तालाई अतिआवश्यक वस्तु कसरी पुर्याउने भन्ने चिन्ता छ । ‘परिसंघ आवश्यक वस्तुको कसरी व्यवस्थापन गर्ने भनेर लागिरहेको छ । परिसंघका सबैसगँ फोनमा नै सम्पर्कमा रहेर छलफल गरिरहने गरेका छन् । सबै साथीहरुलाई निजी क्षेत्रले सरकारलाई सक्ने सयोग गर्न भरिहेका छन्,’ अध्यक्ष माेरले विकासन्युजसँग भने । याे समयमा उनले उद्योगीहरुको गुनासा सुन्ने र उनीहरूका समस्याका विषयमा छलफल गर्ने गरेका छन् । बहिर हिड्न नमिले पनि उद्योगीहरुको समस्या बुझेर काम गरिहरका छन् । पहिले प्रत्यक्ष यस्ता कुराकानी हुन्थे भने अहिले फोनबाट हुने गरेको छ । मोर अत्यावश्यक अवस्थामा भने बाहिर पनि निस्कने गरेको बताउँछन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि सरकारले उद्योगीहरुसगँ बोलाएको छलफलमा भने जाने गरेका छन् । ‘फाेन आएको आएइ गर्छ । दिनमा नै ३/४ पटक फोन चार्ज गर्नु पर्छ । लकडाउनको समयमा सबैभन्दा धेरै फोन नै प्रयोग भइरहेकोले नै फोनको चार्ज चाडै सकिने गरेकाे छ,’ उनी भन्छन् । विश्वमा के भइरहेको छ भनेर बेलाबेलामा टिभी हेर्ने, अनलाइन पढ्ने पनि गर्ने गरेका छन् । यो बेला सेल्फ क्वारेन्टाइनमा बस्नु को विकल्प हुदैन । अहिले आत्मबल बढाउने बेला हो । कमजोर नबनौं । तर सरकारले यो बिपदका बेला गरेको आग्रहलाई पालना गरौं भन्ने उनकाे भनाइ छ ।

अचम्मको व्यापार गर्छिन् पूजा: गधाको दूधबाट साबुन र फेसप्याक बनायो, मनग्य कमायो

साथीहरु, तपाईंले धेरै प्रकारका बिजनेस आइडियाहरुको बारेमा सुन्नुभएको होला । तर आज जुन तपाईं यस आर्टिकलमा पढ्नुहुन्छ त्यो किसिमको बिजनेसका बारेमा न कहिल्यै सुन्नुभएको होला न त कहिल्यै देख्नुनै भएको होला । हामी जीवनमा गधालाई कुनै महत्व दिँदैनौं र साथै त्यो मानिसलाई गधाको संज्ञा दिने गर्छौं जो कुनैपनि काम नगरिकन यत्तिकै बसिरहन्छ । अर्थात् गधा हाम्रो लागि यूजलेस जनावर हो । तर यो तपाईं र मेरा लागि युजलेस हुन सक्छ, पूजा कौलको लागि भने कदापी होइन । पूजा कौलले गधाको महत्व बुझिन् । उनले जानिन् की गधाको दूध धेरै नै फाइदाजनक हुन्छ । उनले यस क्षेत्रमा जानकारी जुटाइन् र खोलिन् आफ्नै विजनेस र त्यसलाई नाम दिइन् ‘अग्र्यानिको’ । अग्र्यानिकोले गधाको दूधबाट ब्यूटी प्रोडक्ट बनाउँछ र बेच्ने गर्दछ । को हुन् पूजा ? पूजा भारतको महाराष्ट्र राज्य अन्तर्गत्को सोलापुरकी स्थायी वासिन्दा हुन् । पूजाले जब आफ्नो पढाई पूरा गरिन् तब उनका सामू दुई अप्शन थिए । एउटा थियो सरकारी जागिर खाने र अर्को थियो आफ्नै कुनै बिजनेस गर्ने । पूजाले दोस्रो अप्शन रोजिन् र त्यही क्षेत्रमा अनुसन्धान गर्न थालिन् । उनले थाहा पाइन् की मिस्रको रानी धेरै सुन्दर थिइन् र त्यसको कारण थियो गधाको दूध प्रयोग गर्नु । यसैबाट पूजालाई उक्त बिजनेस आइडिया फुर्यो । पूजा यो दावा गर्छिन् की अग्र्यानिकोले शत प्रतिशत शुद्ध चीज मात्र बेचिरहेको छ । गधाको दूधको फाइदा पूजा भन्छिन् की, उनले जब अनुसन्धान गरिन् तब यो थाहा पाइन् की गधाको दूधमा भिटामिन सी, ए, बी र ओमेगा थ्री जस्ता महत्वपूर्ण तत्वहरु हुन्छन् र ती सवै तत्वहरु छालालाई कोमल र सुन्दर बनाउनका लागि धेरै नै आवश्यक मानिन्छ । अनुहारमा देखापर्ने दागहरु हटाउन पनि यसले मद्दत गर्दछ । कसरी हुन्छ काम ? पूजाले ती किसानहरुसँग सम्पर्क गरिन् जो गधा पाल्ने काम गर्थे । गधाको दूध भारतमा प्रतिलिटर ३ हजार रुपैयाँ पर्दथ्यो । तर पुजाले किसानहरुसँग कुरा गरेर २ हजार रुपैयाँ प्रतिलिटरको हिसाबले दूध किन्न सुरु गरिन् र ब्यूटी प्रोडक्ट उत्पादन गर्न थालिन् । पूजा त्यो दूधबाट तयार गरिएको साबुन, फेसप्याक र हनी सोप बेच्छिन् । उनी अनलाइन र अफलाइन दुवै तरिका अजमाउँछिन् र दुवै बाटनै ग्राहक उनिसम्म आइपुग्छन् । पूजाका अनुसार उनको टार्गेट भनेको २५ देखि ५० वर्ष सम्मका महिलाहरु हुन् । ती महिलाहरु जो आफैंलाई सुन्दर बनाउनका लागि धेरै पैसा खर्च गर्छन् तर सही उत्पादन चाहिँ भेटेका हुँदैनन् । पूजाको योजना छ की उनी आगामी वर्ष सम्म लगभग एक सय जना गधा पालक किसानहरुसँग सहकार्य गर्न सकुन् र अन्य धेरै उत्पादनहरु पनि बजारमा ल्याउँदै अग्र्यानिकको क्षेत्रमा केहि ठूलो काम गरुन् । सजिलो भने थिएन पूजा भन्छिन् की उनले गरेको काम सजिलो चाहिँ थिएन । किनकी एउटा महिलाको नाताले यस प्रकारको काम गर्दा समाजले सजिलै पचाउँदैनथ्यो । शुरुशुरुमा विहान जब उनी दूध लिन जान्थिन् तब उनलाई आफैं पनि एकदम असुरक्षित महसुस हुने गरेको थियो । पूजा अगाडि भन्छिन् की यदि उनी पुरुष हुन्थिन् भने उनलाई पक्कै पनि यस प्रकारको डर लाग्दैन थियो होला । तर विस्तारै उनको त्यो डर हराउन थाल्यो र उनी अगाडि बढ्दै जान थालिन् । जब उनी आफ्नो आइडिया कसैलाई बताउँथिन् तब मानिसहरु हाँस्ने गर्थे तर जब उनी यसको फाइदाको बारेमा बताउँथिन् तब जोसुकै पनि उनको कामको तारिफ गर्दथे । पूजाको साथ उनका क्लासमेट ऋषभ यश तोमर पनि छन् । पूजाको भनाइ छ की साना शहरहरुका उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्छ ताकि सकारात्मक सन्देश फैलन सकोस् । आज पूजा धेरै खुशी छिन् र उनको व्यापार राम्रोसँग चल्न थालिसकेको छ । भइरहेको आम्दानीलाई पूजाले फेरी पनि यहि व्यापारमै लगाउने गरेकी छिन् र कम्पनीलाई अझै अगाडि बढाउन कोशिस गरिरहेकी छिन् । (ज्ञानीपण्डितडटकमबाट भावानुवाद गरिएको) तस्विर साभारः फोब्र्सडटकम