टिकटक प्रयोगकर्तालाई अफरः उत्कृष्ट भिडियो बनाउनुहोस्, नगद पुरस्कार जित्नुहोस्
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश विदेशमा रहेका टिक-टक प्रयोगकर्ताहरुका लागी ‘सिटी एक्सप्रेस गल्बन्दी टिक-टक च्यालेन्ज’को आयोजना गरेको छ । लोकप्रिय गायक प्रकाश सपुतको “गलबन्दी” गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गल्बन्दी टिक-टक च्यालेन्जको आयोजना गरेको हो । सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम, द्वितिय तथा तृतिय उत्कृष्ट भिडियोले क्रमश १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । साथै, छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५ सय रुपैयाँ बराबरको मोबाईल टप अप प्रदान गरिनेछ । भिडियो यही असोज १४ गतेसम्म पोस्ट गरी सक्नु पर्नेछ जसकाे नतिजा असोज २० गते प्रकाशन गरिनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प (अपडेट)
काठमाडौं । आज (भदौ ३१ गते) विहान काठमाडौं उपत्यका लगायतमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान ५ बजेर १९ मिनेटको समयमा सिन्धुपाल्चोकको राम्चे वरिपरी केन्द्रविन्दु पारेर ६ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्प मापन केन्द्रका अनुसार विहान ५ बजेर १९ मिनेटको समयमा ६ म्याग्निच्युटको भूकम्प गएको हो । एकाविहानै भूकम्पको धक्का महसुस भएपछि काठमाडौंबासी आत्तिदै घरबाहिर निस्केका छन् । सो भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ ।
कुलमान प्राधिकरणको प्रमुखमा हुनुहुन्न भन्ने पक्षमा सुर्य थापा, लेखे यस्तो स्टाटस
काठमाडौँ । नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा दाेहाेरिनु हुन्न भन्ने पक्षमा देखिएका छन् । उनले सामाजिक सञजालमा एउटा स्टाटस राख्दै दाेहाेरिनु हुन्न भन्ने पक्षमा लागेका हुन् । आइतबार नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्षे कार्यकाल पूरा गरेर बिदाइ भएका घिसिङलाई पुन नियुक्ति दिनुपर्छ भनेर नेकपा प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमान घिसिङको पक्ष लिँदा पार्टीका श्रेष्ठले सामाजिक सञ्जालमार्फत लविङ गरेपछि थापाले सामाजिक सञ्जालबाटै त्यसप्रति आपत्ति जनाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार समेत रहेका थापाले प्रवक्ताको लविङ ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेर व्यंग्य गरेका छन्। उनले औपचारिक निर्णय सार्वजनिक गर्ने व्यक्ति नै कसैको लविङमा लागेको भन्दै विरोध जनाएका छन्। उनकाे स्टाटस यस्ताे छ: १। कुलमान घिसिङको पक्षरविपक्षका यतिबेला आआफ्ना मतरअभिमत होलान् । मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैन। तर एक अवधि पूरा गरेर हिजो विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै‘कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि रु ‘नेपाल आमाका सपूत’ को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छरु सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ रु पार्टीको हाल जिम्मेवारी यही हो र रु सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र रु सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको रु पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यको संस्थागत दायित्व पनि होइन, अनि यो तरिका किन रु के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित होला रु बुझ्नै पो कठीन भयो १ २। प्रवक्ताको व्यक्तिगत सचिवालयअन्तर्गत “‘अहिले आए आाँसु“जस्तो गरी निजी हिसाबमा “स्वयंसेवा दस्ता“ परिचालनको घोषणा अर्को उदेकलाग्दो कार्य जानकारीमा आयो । यो संगती र सरोकार नै नभएको कुरा भयो । चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म आइपुग्दा सिंगो देश कोरोनासँग जुध्न सक्रिय छ । जसको पार्टी जिम्मेवारी स्वयंसेवक परिचालन होइन र त्यस्तो कार्यविभाजन कहींकतै छैन । यसमा एकाएक किन रुचि बढेको होला रु जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएम्सी र राज्यका विभिन्न निकायहरू लागेर गरिरहेका छन्, अनि पार्टी प्रवक्ताले यसरी स्वयंसेवक परिचालन गर्ने, त्यो पनि आफ्नो सचिवालयअन्तर्गत व्यक्तिगत निर्णयबाट रु यसकामको लागि संस्थागत निर्णय, अख्तियारी र अनुमोदन पनि आवश्यक नै नपर्ने रु वितेका छ महिनासम्म केही गर्नुनपर्ने, सातौं महिना लाग्ने बेला यो के गर्न खोजिएको होला रु आपतविपद भनेको अहिले धून बजाउँदै आएको त होइन होला रु कि यी दुबै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएको हो रु म प्रचार विभागको उपप्रमुखको जिम्मेवारीमा रहेका कारण यसमा निकै खसखस लागेर आयो । सार्वजनिक रूपमा प्रचारित विषय हुनाले सार्वजनिक रूपमै यी दुई जिज्ञासा राख्न उपयुक्त सम्झेको सम्बद्घ सबैमा निवेदन गर्दछु।