एसइई परीक्षाबारे चाँडै निर्णय हुने
काठमाडौं । कोरोना महामारीका कारण स्थगन भएको २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचा चाडैँ टुङगो लाग्ने भएकोे छ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले एसइईको ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने बताएका हुन् । गत वर्ष सम्बन्धित विद्यालयाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो । मन्त्री श्रेष्ठले आज सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने बताए । मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा वयावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरी बहाली गरेका हुन् । मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिवहरु रामप्रसाद थपलिया र डा सञ्जय शर्मालगायतले स्वागत गरेका थिए ।
रसुवामा अक्सिजन मौज्दात
काठमाडौं । जिल्लामा कोभिड –१९ का जटिल सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन विशेष व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला अस्पताल धुञ्चे तथा ग्रामीण अस्पताल जिवजिवेमा अक्सिजनको उचित प्रबन्ध गरिएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल सम्भावित जोखिमलाई ध्यानदिँदै अक्सिजनको मौज्दात गरिएको बताउँछन् । रसुवागढी, साञ्जेन र सालासुङ्गी जलविद्युुत आयोजनाले अक्सिजन सिलिण्डरको सहयोग गरेका थिए । ती जलविद्युत आयोजनाले वर्षायामको सडक सुचारू गराउन डोजर उपकरण समेत गराएका थिए । जिल्लामा सङ्क्रमितको सङ्ख्या एक सय ८९ रहेको र हालसम्म जटिल समस्या नआएको चिकित्सकले जनाएका छन् ।
बलिउड अभिनेता सलमान खान अभिनित ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा
काठमाडाैं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित फिल्म ‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ । बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हदसम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने कम्पनीले विश्वास लिएकाे जनाएकाे छ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ । ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ वा यस लिंक बाट फिल्म सम्बन्धी थप जानकारी लिन सक्नेछन् ।