एनएमबि बैंकको कन्ट्याक्टलेस कार्डबाटै बस भाडा तिर्न सकिने
काठमाडौं । एनएमबि बैंकले बस भाडा तिर्नको लागी कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको हो । घरमै बसी ओम्नी च्यानल मार्फत खाता लगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक ईन्टरनेशनलसंग सहकार्य गर्ने गरी समझदारी गरेको छ । यससँगै उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भईरहेको पाइन्छ । हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भईरहेको र अरु विभिन्न बस ब्यवसायीहरुसंग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको छ । हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई प्रदान गर्न लागीएको यस सेवा डिजिटल भुक्तानीको क्षेत्रमा एक कोषेढुङ्गा हो । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
बिदुर गिरीको शब्दमा ‘राम हाे झुमा हाे’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । बिदुर गिरीको शब्दमा ‘राम हो झुमा हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै गाउँठाउँमा रमाउँदै गाउँमै काम गर्नुपर्छ भन्ने सन्देश रहेको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त गितमा गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वर रहेको छ । म्युजिक भिडियोमा गीता ढुङ्गाना र सुनील क्षेत्रीले अभिनय गरेका छन् जसलाई राम केसीले निर्देशन गरेका हुन् । बुधबार दिउँसो रिलिज भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
नेपाल सुपर लिगकाे जर्सी सार्वजनिक
काठमाडाैं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को टोली एफसि चितवनले शनिबार जर्सी सार्वजनिक गरेको छ । आइएमई ग्रुप अन्तर्गत संचालित गेम अनले एफसी चितवन टीमको जर्सी र प्रायोजकहरू सार्वजनिक गरेको हाे । शनिबार पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच एफसी चितवनका प्रबन्ध निर्देशक सचिन ढकाल र लि–निङ्गका प्रबन्धक कृतराज महर्जनले संयूक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् । अबदेखि एफसी चितवनका खेलाडी एवम् सम्बद्धले लि–निङ्ग ब्राण्डका पोशाक पहिरने छन् । डीस होम फाइबर नेट मूख्य प्रायोजक रहेको एफसी चितवनमा आइएमई लिमिटेड, आइएमई पे, आइएमई लाइफ, आइएमई जनरल इन्सोरेन्स, आइएमई ट्राभल, हिमालयज अन टप, अनकोर मिडियाले प्रायोजन गर्नेछन् । सार्वजिनक जर्सी दुई ओटा रहेका छन् । होम एण्ड अवे खेलका लागि जर्सी सार्वजनिक गरेको हो । राष्ट्रिय खेलाडी भरत खवास मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा शैलेश कर्माचार्यको प्रशिक्षणमा प्रतियोगिताको तयारी गरिरहेका छ । एफसि चितवनमा दुई इजिप्ट र एक सर्वियन खेलाडी रहेका छन् । जेठ १ सम्म सञ्चालन हुने प्रतियोगितामा एफसि चितवनले सोमबार ललितपुर सिटी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ । उपाधि दावेदारको रुपमा हेरिएको चितवनले उपाधि लक्ष्य राखेर अभ्यास गरिरहेको टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बताए । प्रतियोगितामा ७ टोलीले सहभागिता जनाउँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता राउन्ड रोविन लिग प्रणालिमा आयोजना हुँदै छ । कुल २५ खेल प्रतियोगिताको विजेताले ३५ र उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ ।